‘कुलिङ पिरियड’ छेडखानीमा संसदीय छानबिन समितिले को–कोसँग लियो बयान ?

‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले राजनीतिक दलका नेता तथा कर्मचारी गरेर दर्जनभन्दा बढीसँग बयान लिएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार सभापति रहेको छानबिन समितिले छेडखानीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिन सक्ने नेता र कर्मचारीसँग बयान लिएको हो ।

समिति सदस्यहरूका अनुसार समितिले अहिलेसम्म नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारसँग पनि छेडखानी के कति कारणले भयो भनेर बयान लिएको छ ।

सम्बन्धित खबर