ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन निर्माणमा ८५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १०४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने जानकारी दिए । यससँगै देशको कुल जडित विद्युत क्षमता ५५३५ मेगावाट पुग्ने सरकारको लक्ष्य रहेको छ । सरकारले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ ।…

Read More

यस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा शिक्षा, संस्कृति, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्यार्थी आदानप्रदानदेखि हिमाल नामकरण र विमानस्थल स्तरोन्नतिसम्मका योजना सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक–विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस्तै मानव विकास सूचकांकमा पछाडि परेका समुदायका बालबालिकाको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गरिनेछ। उक्त कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गरिने…

Read More

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको जानकारी दिए । चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी उनको अनुसार चालु खर्च १२ खर्ब ७० अर्ब…

Read More

कर्मचारीको तलबभत्ता गरी समग्रमा २१ प्रतिशत बढयो

काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब समग्रमा करिब २१ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरेका हुन् । आजको बजेट भाषणअनुसार महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको हो । साथै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । महंगी भत्तालाई कायम राखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम हुने गरी तलबभत्ता बृद्दी गरिएको हो ।

Read More

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताएका हुन् । अर्थमन्त्री वाग्लेले १ हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य सरकारको रहेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमै कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति सम्पन्न गरिनेछ । यस्तै, आगामी वर्ष कांकडभिट्टा–लोकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही सडकखण्डअन्तर्गत ८० किलोमिटर सडक…

Read More

इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’स्थापना गरिने

काठमाडौं । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने जानकारी दिएका हुन् । उनले भने,‘इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने नीति लिएका छौं ।’ उनले राष्ट्रिय वाणिज्य बैंकमा राज्यको पूँजी वृद्धि गर्ने प्रस्ताव समेत सरकारले अघि सारेको बताए । त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण…

Read More

द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट, एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

काठमाडौं । काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो । उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट उत्पादनको लक्ष्य राखेको जानकारी दिए ।

Read More

‘सोभरिन वेल्थ फन्ड’ परिचालन गरिने, १५ नेपालीलाई प्रतिष्ठित फेलोसिपको घोषणा

काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिएको छ । सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । उनले भने,‘हाल वैदेशिक मुद्राको सुविदाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम ‘सोभरिन वेल्थ फन्ड’का रुपमा परिचालन गर्ने नीति लिएको छौं ।’ अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा एआई क्षेत्रमा ख्याति कमाएका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने घोषणा पनि गरे ।

Read More

नेपाललाई ग्रे–लिस्टबाट हटाउने छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे–लिस्टबाट हटाउने बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाललाई यथाशीघ्र ग्रेलिस्टबाट हटाउने बताएका हुन् । त्यस्तै उनले दुई करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने पनि जानकारी दिए । सरकारले न्यूनतम दुई करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषकलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो । सरकारले कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषसम्म पुर्याउने लक्ष्य राखेको छ ।

Read More

टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाइ बेच्ने घोषणा

काठमाडौं, १५ जेठ । सरकारले नेपाल टेलिकमको ४४ प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बताए । त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

Read More