काठमाडौं, ८ जेठ । विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध ३१७ रनको कीर्तिमानी योगफल तयार गरेको छ । लिग २ को १८औं राउण्डको अन्तिम खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेको पछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको कीर्तिमानी योगफल तयार गरेको हो । यो नेपालले ओडिआई क्रिकेटको पहिलो इनिङमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि सन् २०२३ मा नेपालमा नै भएको एसिसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले ३१० रनको योगफल तयार गरेको थियो । नेपालका लागि इशान पाण्डेले ८३ बलमा ८ चौका र १…
Read MoreCategory: क्रिकेट
एसियाली खेलकुद महिला छनोट: मुख्य प्रतियोगितामा स्थान बनाउने दाउमा नेपाल, यस्तो छ खेल तालिका
काठमाडौँ, ६ जेठ २०८३ (१९ मे २०२६) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुद (Asian Games) को मुख्य प्रतियोगितामा छनोट हुने लक्ष्यका साथ मलेसिया प्रस्थान गरिसकेको छ। मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा मे २६ देखि मे ३१ सम्म मलेसियामा ‘एसियाली खेलकुद महिला छनोट २०२६’ (Asian Games Women’s Qualifier 2026) सञ्चालन हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार मात्रै टोलीलाई बिदाइ गरेको थियो। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्ने बलियो विश्वासका साथ मैदान उत्रनेछ। प्रतियोगिताको संरचना र नेपालको समूह…
Read Moreसन्दिप लामिछानेले बनाए विश्व किर्तिमान
काठमाडौं, ४ बैशाख । सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा विश्व किर्तिमान कायम गरेका छन्। एक दिवसीय क्रिकेटमा सर्बाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान बनाएका हुन् । आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो किर्तिमान कायम गरेका हुन् । आजको खेलसँगै लामिछानेले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए । स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्याएका हुन् ।
Read Moreआईसीसी लिग–२: स्कटल्यान्डमाथि ६ विकेटको सानदार जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लियो
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा शीर्ष स्थानको स्कटल्यान्डविरुद्ध ६ विकेटको सानदार जित निकालेको छ। यो जितसँगै नेपाल अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले समान २२ अंक भएको नामिबियालाई नेट रनरेटमा पछाडि पार्दै पाँचौँ स्थान सुरक्षित गरेको हो। २२ अंक जोडेको नेपालले हालसम्म २७ खेलमध्ये १० मा जित र १५ मा हार व्यहोरेको छ भने टोलीको दुई खेल रद्द भएको थियो। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ…
Read Moreस्कटल्याण्डकाे बिरूद्दकाे खेलमा नेपाल पहिला बलिङमा
काठमाडौं, ४ बैशाख । विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डका कप्तान रिची बेरिग्टंनले टस जितेर ब्याटिङ रोजे पछि नेपालले बलिङको निम्तो पाएको हो । नेपालले शनिकार अमेरिकासँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । नेपालको प्लेइङः ११ कुशल भुर्तेल, आसिफ शेख , इशान पाण्डे, रोहित पौडेल९कप्तान०, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी
Read Moreआइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित
काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ । कुशल भुर्तेलको सानदार शतकमा नेपालले अमेरिकालाई हराएको हो । जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको हो । नेपालको जितमा कुशलको शतकमा आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो । ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए । अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे । २६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठुलो साझेदारी तोडे…
Read Moreटी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल…
Read Moreआइपिएल : राजस्थानसँग मुम्बई २७ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ । मंगलबार गुवाहाटीमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनको पराजित गरेको हो । राजस्थानको यो लगातार तेस्रो जित हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरेका थिए । जैसवालले ३२ बलमा ७७ रन बनायो । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए । १५१…
Read Moreआइपिएल : राजस्थानसँग गुजरात ६ रनले पराजित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हातल पारेको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो । राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो । टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाए । यसैगरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका…
Read Moreमुम्बईसँग कोलकाता ६ विकेटल पराजित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएरको थियो । मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे । रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहितले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट…
Read More