सन्दिप लामिछानेले बनाए विश्व किर्तिमान

काठमाडौं, ४ बैशाख । सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा विश्व किर्तिमान कायम गरेका छन्।

एक दिवसीय क्रिकेटमा सर्बाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान बनाएका हुन् ।

आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो किर्तिमान कायम गरेका हुन् ।

आजको खेलसँगै लामिछानेले ७३ म्याचमा १५० लिएका छन् ।

यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए ।

स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्‍याएका हुन् ।

सम्बन्धित खबर