काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।’ त्यसैगरी उनले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजीवन स्वास्थ्य उपचारको व्यवस्था गरिने जानकारी दिए ।
Read MoreCategory: अन्य
मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु
जनकपुर । मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा आयोजित उक्त प्रतियोगिताको खेलहरु सोमबार (आज)बाट मधेश प्रदेशका प्रत्येक जिल्लामा सुरु भएको छ । प्रतियोगितको उद्घाटन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशभर खेलकुदको विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । प्रतियोगितामार्फत प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने, युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने तथा अनुशासित, स्वास्थ्य र प्रतिस्पर्धी समाज…
Read Moreकान्तिपुर हाफ म्याराथन बैशाखमा
काठमाडौं। कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ । कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । ग्लोबल आईएमई बैंकको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वा“रले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा…
Read Moreफेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने
काठमाडौं, चैत २३ गते । फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन् । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोहण मिति तय हुने अनिताले बताइन् । अनिताले आरोहण क्रममा ओलम्पियन संघ, खेलाडी संघ, नेपाल फेन्सिङ संघलगायतको झण्डा लिएर जाने बताइन् । नेपालमा भएको १३ औं दक्षिण एसियालीकी रजत विजेता…
Read Moreजुम्ला–रारा सातौँ अल्ट्रा म्याराथन वैशाख २६ गते हुने
मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गते बाट सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजार बाट सुरु हुने भएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथुनमा प्रतियोगितामा सहभागी हुनका लागि एक सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित जुम्लामा रहेको पर्यटकीय र मुगु जिल्लामा रहेको रारा ताल लगायत अन्य पर्यटकीय क्षेत्रहरूको अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रचार गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको…
Read Moreआईओसीको नयाँ निर्णय: महिला क्याटेगोरीमा ट्रान्सजेन्डर र डिएसडी एथ्लिटमाथि प्रतिबन्ध
काठमाडौं। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)ले ओलम्पिक खेलमा महिला क्याटेगोरीमा ट्रान्सजेन्डर महिला र “डिफरेन्सेस इन सेक्स डेभलपमेन्ट (डिएसडी)” भएका एथ्लिटहरूको सहभागितामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। आईओसीकी अध्यक्ष कर्स्टी कभेन्ट्रीले यो निर्णय सार्वजनिक गर्दै जैविक रूपमा पुरुष एथ्लिटहरूले महिला क्याटेगोरीमा प्रतिस्पर्धा गर्नु उपयुक्त नहुने बताइन्। आईओसीले अब महिला क्याटेगोरीमा खेल्न चाहने सबै एथ्लिटका लागि एसआरवाई जीन स्क्रिनिङ अनिवार्य गरेको छ। यो परीक्षण जैविक महिलामा समेत लागू हुनेछ। स्क्रिनिङ लार, गालाको स्वाब वा रगतको नमूनामार्फत गरिने बताइएको छ। आईओसीले अन्तर्राष्ट्रिय खेल महासंघ, राष्ट्रिय ओलम्पिक कमिटी तथा महादेशीय संघहरूले पनि यो नीति अपनाउने अपेक्षा…
Read Moreआठौँ नेपाल राइडर मिट आयोजना हुँदै
काठमाडौं । नेपालमा पर्यटन प्रवर्दधन गर्ने उद्देश्यले आठौँ नेपाल राइडर मिट आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलनगरी फोर नेपाल र द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको आयोजनामा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म नेपाल राइडर मिट आयोजना गर्न लागेको जानकारी दिएको हो । नेपाललाई साहसिक र सुरक्षित मोटरसाइकल यात्राको गन्तव्यको लागि विश्वभरी चिनाउने उद्देश्य आफुहरुको रहेको आयोजकले जनाएको छ । ललितपुरको गोदावारी २ चापखर्कमा आयोजना हुने राइडर मिटमा ५०० भन्दा बढी रोयल इन्फिल्ड राइडरहरु सहभागि हुने छन् । नेपालसहित भुटान, भारत लगायत विभिन्न देशबाट राइडरहरु सहभागि हुनेछन । आयोजकका अनुसार…
Read Moreफुटसलमा ब्लु वर्ड कलेज च्याम्पियन
काठमाडौँ, पुस ७ गते जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सञ्चालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत सोमबार सम्पन्न यु–१८ फुटसल छात्रतर्फको फाइनलमा ब्लु वर्ड कलेजले रिब्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा जेम्स स्कुललाई ५–१ ले पराजित गरी तेस्रो स्थान हासिल ग¥यो । व्यक्तिगत विधातर्फ जेम्स स्कुलका स्वयम् श्रेष्ठ सर्वाधिक गोलकर्ता बने भने ब्लु वर्ड कलेजका निशान विष्ट उत्कृष्ट गोलरक्षक र सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सोमवार नै भएको बास्केटबलको यु–१६ छात्रतर्फको सेमिफाइनलमा रातो बङ्गला…
Read Moreविष्ट खेलकुद सद्भावना दूत नियुक्त
काठमाडौं, पुस ७ गते । कृष्णपुर नगरपालिका, कञ्चनपुरले नेपाली तेक्वान्दोका सफल खेलाडी दीपक विष्टलाई सोमबार खेलकुद सद्भावना दूतमा नियुक्त गरेको छ । विष्टलाई खेल क्षेत्रमा कृष्णपुर नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश एवं राष्ट्रकै गौरव बढाउन पु¥याएको योगदानको कदर गर्दै दूतमा नियुक्त गरिएको हो । १६ औं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताको समापनका अवसरमा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझोले विष्टलाई पत्र हस्तान्तरण गरे । विष्टले दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण र एसियाली खेलकुदमा २ कांस्य जितेका छन् । छनोट चरण पार गरी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने विष्ट पहिलो नेपाली पुरुष…
Read Moreइलिसकालाई स्वर्ण
काठमाडौं, पुस ७ गते । इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् । च्यासल तेक्वान्दो दोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् । भारतको कोलकातामा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।
Read More