काठमाडौँ, पुस ४ गते । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन् । तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ । आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । शनिबार प्रतियोगिताको समापन हुनेछ । प्रतियोगताका अन्तर्राष्ट्रय संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट…
Read MoreCategory: अन्य
रेनु र लामा सम्मानित
काठमाडौं, पुस ४ गते । काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार नगद १५ हजारसहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि प्रशंसा पत्रबाट सम्मानित भए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलस्थित नेपाली घरमा आयोजित कार्यक्रममा सम्मान गरे । रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन्…
Read Moreदोश्रो मातृभूमि कप : इनोभेटिभ सेमिफाइनलमा
काठमाडौं, पुस ४ गते । इनोभेटिभ इङलिस स्कुल दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । इनाभेटिभले जेम्सलाई ३३–३१ को साँघुरोअन्तरले पराजित ग¥यो । इनोभेटिभका रिजन खनालले १० अंक जोडे । ब्वाइजकै अर्को खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको आयोजक मातृभूमि स्कुल ‘ए’ ले प्यारागनलाई ४६–२४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । मातृभूमिका सक्षम महर्जनले १६ स्कोर गरे । सेमिफाइनलमा मातृभूमि ‘ए’ को भेट इनोभेटिभसंग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुलसंग प्रतिस्पर्धा गर्ने छ । गल्र्समा बिहीबारै सेमिफाइनल समीकरण…
Read Moreललितपुर १६ लाई भेट्रान टिम उपाधि
काठमाडौं, पुस ४ गते । ललितपुर महानगरपालिका वडा १६ ले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टको उपाधि शुक्रबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रकाश धाक्वा, राजेन्द्र श्रेष्ठ, रितम शाक्य, सुरज वज्राचार्य र राजु शाक्यको टोलीले ललितपुर २० का राजिप महर्जन, संघरत्न डंगोल, सुरेश वज्राचार्य, सञ्जय शाक्य र धनबहादुर महर्जनको टोलीलाई ३–० ले पराजित ग¥यो । ललितपुर ९ र ललितपुर ११ तेश्रो बने । स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार ५ स्पर्धाको…
Read Moreराष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
काठमाडौं, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् । नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघ मार्फत नेपालले…
Read Moreएनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान
काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान गरेको छ । वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ जानुअघि नेपाली टिमलाई केबी साम एनकेएलले ट्रयाकसुट, ब्याग, सुजलगायत खेल सामाग्री प्रदान गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले टिम कप्तान मानमती विष्टसहित सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनालाई हस्तान्तरण गरेका हुन् । नेपाली टिममा कप्तान मानमती, उपकप्तान जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रबिना चौधरी, मीना नेपाली, गंगा घिमिरे,…
Read Moreसुनमायालाई एडभेन्चर रनिङ महासंघको सम्मान
काठमाडौं, कात्तिक ३० गते । नेपाली अल्ट्रा धाविक सुनमाया बुढा आइतबार नगदसहित सम्मानित भएकी छिन् । नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान ग¥यो । सुनमायाले केही समयअघि स्पेनमा भएको वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी थिइन् । उनले महिला लङ डिस्ट्यान्सको ८२ किलोमिटर दूरीमा रजत जितेकी हुन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कार्यकारी समितिका सदस्य समेत रहेका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीले एक कार्यक्रमबीच सुनमायालाई नगद र प्रशंसा पत्र प्रदान गरे । अध्यक्ष…
Read Moreपुष्पसदन दोहोरो उपाधिनजिक
काठमाडौं, कात्तिक ३० गते । आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दुई उपाधिनजिक पुगेको छ । पुष्पसदन सिनियर ब्वाइज र गल्र्सको थ्री बाइ थ्रीमा फाइनलमा पुगेका हुन् । सिनियर ब्वाइजमा पुष्पसदनले निःसर्ग वाटिकालाई ६०–४४ ले पराजित ग¥यो । पुष्पसदनको जितमा सुशान श्रेष्ठले १५ अंक योगदान गरे । फाइनलमा पुष्पसदनको भेट राराहिलसंग हुनेछ । अर्को सेमिफाइनलमा नोजा महर्जनको १४ अंक सहयोगमा राराहिलले रेडियन्ट पब्लिकलाई ४३–२८ ले हराएको थियो । गल्र्समा पुष्पसदनले द एक्सेल्सियरलाई १३–११ ले हरायो । उपाधिका लागि पुष्पसदनले स्वर्णिमको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा…
Read Moreरेडियन्ट कप बास्केटबलमा ४९ टिम
काठमाडौं, कात्तिक ३० गते । रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४९ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले विभिन्न ३ विधामा ४९ टिमको सहभागिता निश्चित भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्सलाई ४ समूहमा विभाजन गरिने छ । सिनियर ब्वाइजमा प्रत्येक समूहको विजेता र…
Read Moreटीआईए र भ्याली पब्लिक च्याम्पियन
काठमाडौं, कात्तिक ३० गते । आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । टीआईए ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने । हात्तीगौडास्थित घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०–३७ ले पराजित ग¥यो । टीआईएका सुमन नगरकोटीले १५ अंक जोडे । विल्सन एकेडेमी तेश्रो भयो । गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वल्र्ड स्कुललाई २५–१५ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन् । ग्रिनल्यान्ड तेश्रो बन्यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा…
Read More