निर्वासित तिब्बती समुदायभित्र फेरि एकपटक राजनीतिक विवाद चर्किएको छ । निर्वासित तिब्बती प्रशासन (सीटीए) का प्रमुख पेन्पा छिरिङ पुनः निर्वाचित भएर सपथ ग्रहणको तयारीमा रहेका बेला केही निर्वासित तिब्बती नागरिक तथा गेसाङ दोर्जे समर्थक समूहले उनको विगतको नेतृत्वशैली, नैतिकता र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् । ‘राजनीतिक क्षति नियन्त्रण र सुधार’ शीर्षकमा सार्वजनिक गरिएको अपीलमार्फत उनीहरूले पेन्पा छिरिङको पाँच वर्षे कार्यकाललाई “असफल” र “अराजक” भएको आरोप लगाएका छन् । उक्त अपीलमा पेन्पा छिरिङले कूटनीतिक रूपमा चीनसँगको संवाद कमजोर बनाएको, अमेरिकी राजनीतिक रणनीतिमा अत्यधिक निर्भर भएको तथा तिब्बती मुद्दालाई प्रभावकारी ढंगले…
Read MoreCategory: अन्तर्राष्ट्रिय
होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती जहाजहरूले आइआरजीसीको समन्वय र अनुमति लिएर सुरक्षित रूपमा मार्ग प्रयोग गरेको बताइएको छ । आइआरजीसीको आधिकारिक समाचार माध्यममार्फत जारी वक्तव्यमा तेल ट्यांकर, व्यापारिक तथा कन्टेनर जहाजहरू जलमार्ग पार गरेको उल्लेख गरिएको छ । ती जहाजहरूको सुरक्षाको जिम्मा आइआरजीसी नौसेनाले लिएको पनि जनाइएको छ । आइआरजीसी नौसेनाले अमेरिका विरुद्धको आक्रमण पछि क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै होर्मुज जलमार्ग स्मार्ट नियन्त्रण कायम गरिएको दाबी गरेको…
Read Moreइबोला भाइरसबाट कंगाेमा २० दिनमा २०० काे मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं, ११ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कंगो, युगान्डा र सुडानको यात्रा गर्नेहरूलाई विशेष रूपमा सतर्क रहन सल्लाहसमेत दिइएको छ। यी देशहरूबाट फर्केका मानिसहरूलाई ज्वरो, कमजोरी, बान्ता, पखाला, घाँटी दुख्ने वा शरीर दुख्ने जस्ता लक्षणहरू तुरुन्तै डाक्टरलाई रिपोर्ट गर्न सल्लाह दिएको छ। कंगोमा विगत २० दिनमा लगभग २०० जनाको मृत्यु भइसकेको छ। इबोलाको डर यति बढेको छ कि ह्यान्ड सेनिटाइजर र मास्कको मूल्य ह्वात्तै बढेको छ। अस्पतालहरू पनि बढ्दो दबाबमा छन्। संयुक्त राज्य अमेरिकाले कंगो, युगान्डा र रुवान्डाबाट आउने यात्रुहरूको…
Read Moreचीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३ वटा भवन भत्किएका छन् भने सात हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पमा परी तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएर अस्पतालमा उपचाररत रहेका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार राति १२ः२१ बजे लिउनान जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको गहिराइ आठ किलोमिटर रहेको बताइएको छ । मुख्य भूकम्पअघि र पछि २.२…
Read Moreभारतसँगको भविश्यको सम्बन्ध गंगा जल बाँडफाँड सम्झौतामा निर्भर हुनेछः बंगलादेश
ढाका, ४ जेठ । बंगलादेशको सत्तारुढ दल बीएनपीले भारतसँगको भविश्यको सम्बन्ध गंगा नदीको पानी बाँडफाँड सम्झौतामा निर्भर रहेको बताएको छ। सो पार्टीका महासचिव तथा ग्रामीण विकास मन्त्री मिर्जा फखरुल इस्लाम आलमगीरले नयाँ सन्धिका लागि चाँडो वार्ता गर्न आह्वानसमेत गरेका छन्। भारत र बंगलादेशबीच १९९६ मा भएको गंगा नदीको पानी बाँडफाँड सम्झौता यस वर्षको डिसेम्बरमा समाप्त हुँदैछ। ढाकामा आयोजित एक कार्यक्रममा बोल्दै आलमगीरले भने कि बंगलादेशले भारतलाई स्पष्ट सन्देश पठाउन चाहन्छ कि नयाँ सन्धि बंगलादेशी जनताको आवश्यकता र हित अनुरूप हुनु पर्छ र पानीको न्यायोचित बितरण हुनु पर्छ । आलमगीरले नयाँ…
Read Moreअमेरिकाले क्युबा माथी हमला गर्न सक्ने, क्युबेली जनता छापामार तालिम लिदैँ
काठमाडौं, ४ बैशाख । सीआईए प्रमुख जोन रेटक्लिफको हवाना भ्रमण पछि क्युबामा अमेरिकी आक्रमणको डर बढेको छ। क्युबाली सरकारले सम्भावित सैन्य टकरावको लागि युद्धको तयारीलाई भित्र भित्रै तीव्र बनाएको छ। क्युवाले आफ्नो नागरिकलाई छापामार युद्धको तालिम दिइरहेको छ र आपतकालीन अवस्थाको लागि तयार रहनसमेत आग्रह गरिसकेको छ। हवानाका धेरै सरकारी भवनहरूलाई सम्भावित अमेरिकी आक्रमणको लागि तयारी गर्न निर्देशन दिइएको सिएनएनले उल्लेख गरेको छ। उता, क्युबाले लामो समयदेखि अमेरिकी तेल नाकाबन्दी र आर्थिक दबाबको सामना गरिरहेको छ, जसमा धेरै क्षेत्रहरूमा बिजुली कटौती, इन्धन अभाव र आवश्यक सामानको अभाव अहिले पनि कायमै…
Read Moreकंगो र युगान्डामा इबोला फैलिँयो, डब्लुएचओद्वारा ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’घोषणा गरेको छ। डब्लुएचओका अनुसार हालको प्रकोप इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि अहिलेसम्म प्रमाणित औषधि वा खोप उपलब्ध छैन। अधिकारीहरूका अनुसार हालसम्म ८ जनामा संक्रमण पुष्टि, करिब २४६ सम्भावित संक्रमित र ८० जनाको मृत्यु भएको छ। संक्रमण छिमेकी युगान्डासम्म फैलिएको छ, जहाँ २ जनामा इबोला पुष्टि भइसकेको छ। डब्लुएचओले संक्रमण नियन्त्रणका लागि आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र कडा निगरानी प्रणाली लागू गर्न आग्रह गरेको छ। साथै,…
Read Moreचीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत : ट्रम्प–सी भेटले सहकार्य र संवाद विस्तारको अपेक्षा
काठमाडौं । बेइजिङमा सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको भेटवार्ताले चीन–अमेरिका सम्बन्धको भविष्यका लागि सकारात्मक आधार तयार गरेको चिनियाँ अन्तर्राष्ट्रिय राजनीति विज्ञहरूले बताएका छन् । तीनदिने चीन भ्रमण पूरा गरेर ट्रम्प शुक्रबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा दुवै नेताबीच आर्थिक, व्यापारिक तथा कूटनीतिक सहकार्य विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको चिनियाँ पक्षले जनाएको छ । राष्ट्रपति सी जिनपिङले दुई देशबीच स्थिर आर्थिक तथा व्यापारिक सम्बन्ध कायम राख्ने, विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने र एकअर्काका चासोलाई उचित रूपमा सम्बोधन गर्ने विषयमा महत्वपूर्ण समझदारी बनेको बताएका…
Read Moreविदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो
काठमाडौं । भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा लाग्ने भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको छ । पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्रमा बढ्दो दबाबबीच विदेशी मुद्रा सञ्चिति जोगाउन र अर्थतन्त्रलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । नयाँ व्यवस्थाअनुसार सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ । त्यस्तै, प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ । यो व्यवस्था सुन–चाँदीका डोरा, सिक्का तथा सम्बन्धित सामग्रीमा समेत लागू हुने बताइएको छ । भारतीय अर्थ मन्त्रालयका स्रोतका अनुसार…
Read Moreयुद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी
काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ । उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो । रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावको समीक्षा भइरहेका बेला दुवै पक्ष सम्भावित सहमतिनजिक पुगेका छन् । पश्चिमी मुलुकहरू र इरानबीच पछिल्ला वार्ताहरूले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको आधार तयार गरिरहेको बताइएको छ । अमेरिकी…
Read More