युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

काठमाडौं । युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो । रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार रूसी सेनाले युक्रेनको रक्षा उद्योगलाई सहयोग गर्ने ऊर्जा संरचना, सैन्य विमानस्थल तथा युक्रेनको रक्षा खुफिया निकायको सञ्चार केन्द्रमा प्रहार गरेको बताइएको छ । सोही क्रममा जापोरिज्झियाको एक बस्ती आफ्नो नियन्त्रणमा ल्याइएको दाबी गरिएको छ । उता युक्रेनी सशस्त्र फौजले भने रूसको रियाजन आयल प्रशोधनमा प्रहार गरिरहेको दाबी…

Read More

बिहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त

काठमाडौं । बिहार विधानसभा चुनाव–२०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रचण्ड बहुमत हासिल गर्दै महागठबन्धनलाई भारी पराजय दिएको छ । भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ भने जनता दल (युनाइटेड) ८५ सिटसहित दोस्रो स्थानमा रह्यो । एनडीएको अन्य घटक—लोक जनशक्ति पार्टी, हिन्दुस्तानी आवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाले पनि उच्च सफलता प्राप्त गरे । विपक्षी महागठबन्धनका आरजेडी र कांग्रेसलाई ठूलो क्षति पुगेको छ भने प्रशान्त किशोरको जन सुराज पार्टीले अपेक्षा अनुसार एक सिट पनि जित्न नसकी निराशाजनक प्रदर्शन ग¥यो । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा…

Read More

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार

काठमाडौं । ब्रिटिश प्रसारक बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी ६, २०२१ को भाषणका केही अंशहरू सम्पादन गरेर भ्रामक रूपमा प्रस्तुत गरिएकोमा माफी मागेको छ । तर, ट्रम्पले मागेको क्षतिपूर्ति दिन भने बीबीसीले अस्वीकार गरेको छ । बीबीसीका अनुसार उक्त सम्पादनले यस्तो गलत धारणा दिएको थियो कि ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक गतिविधि गर्न आह्वान गरेको जस्तो देखिएको थियो । बीबीसीले उक्त कार्यक्रम २०२४ को वृत्तचित्र पुनःप्रसारण नगर्ने निर्णय पनि गरेको छ । ट्रम्पले भनेका छन, ‘बीबीसीले अक्टोबर २०२४ को वृत्तचित्र फिर्ता लिएर मसँगमाफी माग्नुकासाथै एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्छ…

Read More

हडतालमा उत्रिए इङ्गल्याण्डका ‘जुनियर डाक्टर’हरु

एजेन्सी । इङ्गल्याण्डमा ‘जुनियर डाक्टर’ भनेर चिनिने रेसिडेन्ट डाक्टरहरूले आम्दानीमा कमी आएको भन्दै पाँच दिने हड्ताल सुरु गरेका छन् । बढ्दो जीवनयापनका कारण लागत बढेको र आम्दानीमा आएको कमीको विरोधमा हड्ताल सुरु गरेका हुन् । यो विगत दुई वर्षमा इङ्गल्याण्डमा डाक्टरहरूले गरेको १३ औं यस्तो हडताल हो। हडतालका कारण बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा क्षेत्रको शल्यक्रिया र नियुक्तिहरू स्थगित हुने ठूलो जोखिम बढेको छ । ब्रिटिश मेडिकल एसोसिएसनद्वारा आयोजना गरिएको हडताल लामो समयदेखिको समस्या र कर्मचारीको गम्भीर अभावले सडकमा उत्रन बाध्य पारेको हो । मेडिकल विद्यार्थीहरू कार्यक्षेत्रमा प्रवेश गर्ने पहिलो चरण…

Read More

मलेसिया-थाइल्यान्ड सीमामा डुबल जहाजका घटनामा थप ६ अप्रवासीको शव फेला

अलोर स्टार, मलेसिया, नोभेम्बर ९ – मलेसिया-थाइल्यान्ड समुद्री सीमामा डुबल जहाजबाट झण्डै १०० अप्रवासी लिएर गएको बोट पल्टिएपछि थप ६ अप्रवासीको शव लाङकावी पानीमा फेला परेको छ। फेला परेकोमध्ये एक बच्ची रहेको बताइएको छ। केडाह र पर्लिस मलेसिया समुद्री प्रवर्तन एजेन्सीका निर्देशक फर्स्ट एडमिरल रोमली मुस्तफाले दिएको जानकारीअनुसार, यस घटनामा हालसम्म ७ जनाको मृत्यु भएको छ भने १३ जना सुरक्षित छन्, जसमा आज फेला परेका तीनजनालाई पनि समावेश गरिएको छ। “आज दिउँसो ३:११ बजे कुला मुडा टेरियाङ क्षेत्रमा दुई पुरुष समुद्रमा तैरिरहेको देखिए, जसलाई स्थानीय माछापालकले उद्धार गरे,” उनले बताए।…

Read More

गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु, अस्पतालहरूको अवस्था भयावह

एजेन्सी । हमास–इजरायली द्वन्द्वका कारण विगत दुई वर्षमा गाजा पट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अधिकारीहरूले गाजाका अस्पतालहरूको अवस्था भयावह रहेको चेतावनी दिए। जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे । ‘नयाँ आमाहरू र कमजोर नवजात शिशुहरू छन् । जो भुइँमा, अस्पतालको करिडोरमा सुतिरहेका छन्। म तीन जन्मेका शिशुहरूसँग बसेको थिएँ जसले एउटै अक्सिजन…

Read More

अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो ‘ओरासोनिक हाइपरसोनिक मिसाइल

मस्को, १८ साउन । अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना रहेको पनि बताएका छन् । यो घोषणाले युरोपको लागि सुरक्षा जोखिम बढाउँने भन्दै चिन्ता ब्यक्त गरिएको छ । ओरेसनिक मध्यम दुरीको ब्यालेस्टिक मिसाइल आधिकारिक रूपमा रुसी सेनामा सामेल भएको छ, पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भलाम टापुमा भने। उनले पुष्टि गरे कि बेलारुसमा यसको तैनाथी साइटहरू पहिले नै चयन गरिएको छ। बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको उपस्थितिमा…

Read More

अब लेखेको भरमा भिडियो बन्ने, मस्कको ‘इम्याजिन’ले देखाउँदै छ जादु

काठमाडौं, १८ साउन । एलन मस्क चाँडै ग्रोकमा टेक्स्ट–टू– भिडियो सुविधा ल्याउन गइरहेका छन् । हालै कम्पनीले यो सुविधाको घोषणा गरेको थियो ।   टेक्स्ट–टू–भिडियो सुविधामा जब प्रयोगकर्ताहरूले ग्रोकलाई टेक्स्ट दिन्छन्, यसले त्यसै आधारमा भिडियो सिर्जना गरिदिनेछ ।   केही रिपोर्टमा यो फिचरमा स्पाइसी मोड हुने दाबी गरिएको छ, जसमा प्रयोगकर्ताहरूले ६ सेकेन्डको भिडियो क्लिप बनाउन सक्नेछन्। यो फिचर यस वर्षको अन्त्यसम्ममा लन्च हुनसक्छ ।   एलन मस्कको एक्सएआइ कम्पनीले ग्रोकमा नयाँ सुविधा ल्याउनेछ। यो टेक्स्ट–टू–भिडियो सुविधालाई ‘इम्याजिन’ नाम दिइएको छ। यसलाई प्रयोग गर्न, प्रयोगकर्ताहरूले टेक्स्ट प्रम्प्टहरू दिनुपर्छ, त्यसैको आधारमा…

Read More

कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर

सियोल, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको बताएका छन् ।   ट्रम्पको यो भनाइ अमेरिका र दक्षिण कोरियाबीचको नयाँ व्यापार सम्झौताको बीचमा आएको हो । केही महिनादेखि चलेको महसुल वार्ता पछि यो नयाँ सम्झौता भएको हो ।   एक पत्रकारको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । पत्रकारले उनलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटबारे सोधेका थिए । ट्रम्पले यो बैठक दुई साताभित्र ह्वाइट हाउसमा हुने बताए ।   योनहाप समाचार एजेन्सीका अनुसार ट्रम्पले भनेका छन कि  ‘दक्षिण…

Read More

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस

ढाका, १८ साउन । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन्  । अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको मतलब बंगलादेशले ४ महिनामा अमेरिकाबाट १७ प्रतिशत ट्यारिफ घटाउन सफल भएको थियो । युनुसले यसको श्रेय अमेरिकासँग ट्यारिफका बारेमा वार्ता गर्ने अधिकारीहरूलाई दिएका छन्। उनले यसलाई कूटनीतिक विजय भने र यसले बंगलादेशको कपडा उद्योगलाई बलियो…

Read More