कृत्रिम हीराले चीनको औद्योगिक क्षमतामा नयाँ धार

काठमाडौं । चीनमा कृत्रिम हीराले सेमिकन्डक्टर र फोटोभोल्टाइकजस्ता उच्च–प्रविधि क्षेत्रमा तीव्र रूपमा स्थान बनाउँदै गएको छ । अत्यधिक कडापन, उच्च शुद्धता र सूक्ष्म स्तरको परिशुद्धताका कारण यी हीराले परम्परागत सामग्रीलाई विस्थापित गर्दै चिनियाँ उद्योगलाई प्रतिस्पर्धात्मक लाभ दिलाइरहेका छन् । केन्द्रीय चीनको हेनान प्रान्तस्थित फाङचेंग काउन्टीमा रहेको एक कारखानामा माइक्रोन स्तरका सिंगल–क्रिस्टल हीराको उत्पादन तीव्र रूपमा भइरहेको छ । यी हीरा सौर्य वेफर काट्न प्रयोग हुने उच्चस्तरीय घर्षण सामग्रीका रूपमा प्रयोग हुँदै आएका छन् । कम्पनीका अनुसार आधुनिक चिप र सौर्य ऊर्जा उत्पादकहरूका लागि आवश्यक कडापन र शुद्धता यी उत्पादनले सुनिश्चित…

Read More

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको बताएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझंै काम गर्नुपर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने,‘आज राष्ट्रपति ट्रम्पका दूतहरूसँग छलफल गरेका विषयहरूलाई व्यवस्थित गर्न सफल भयौँ भने यो निकै महत्वपूर्ण हुनेछ । मेरो बुझाइमा केही कागजातहरू लगभग तयार छन् र केही त पूर्ण रूपमा तयार भइसकेका छन् । यद्यपि, संवेदनशील विषयहरूमा अझै काम बाँकी छ । तर…

Read More

बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । स्थिति नियन्त्रणमा राख्न उच्च आयोग क्षेत्र वरिपरि ठूलो मात्रामा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन् । उनीहरूले “भारत माता…

Read More

चीनमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानोल परियोजना सञ्चालनमा

काठमाडौं । चीनको जिलिन प्रान्तस्थित सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन, एमोनिया र मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ । यस परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन चीनको हालको कुल हाइड्रोजन उत्पादनको करिब पाँचौँ भाग बराबर हो । परियोजनाको पहिलो चरणले मात्र वार्षिक ७ लाख ४० हजार टन कार्बन उत्सर्जन घटाउने अनुमान गरिएको छ । चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन (सीइइसी) द्वारा विकास गरिएको यस परियोजनाले ठूलो मात्रामा हाइड्रोजन उत्पादन र हरित हाइड्रोजन, एमोनिया तथा मेथानोलको एकीकृत संश्लेषणमा महत्वपूर्ण प्राविधिक उपलब्धि…

Read More

चीनमा एआई खेलौनाहरूको लोकप्रियता

एजेन्सी । चीनमा एआई खेलौनाहरूले उपभोक्ताको मन जित्न थालेको छ । ति खेलौनाहरुले सबै उमेर समूहको मन जित्न थालेको हो । आकारमा सानो, तर कम्प्युटिङ पावरमा ठूलो, एआई प्रविधि भएका स्मार्ट खेलौनाहरूले चीनका सबै उमेरका ग्राहकहरूको मन जितिरहेको हो । दक्षिणी चिनियाँ शहर शान्टाउमा, एआई खेलौनाहरूको लोकप्रियता पनि बढ्दै गएको छ । एक स्थानीय खेलौना निर्माताका अनुसार अक्टोबरदेखि १०,००० भन्दा बढी एआई खेलौनाहरू बेचेका छन्, नयाँ अर्डरहरू अर्को वर्षको मार्चसम्ममा हुने तालिका छ। खेलौना कम्पनीका महाप्रबन्धक शेन रनन भन्छन्,‘ एआई ठूला मोडेलहरूको लागि धन्यवाद, हामी उत्पादन विकासबाट बजार प्रवेशमा छिटो…

Read More

युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पु¥याउन सक्ने चेतावनी दिइन् । एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् । आफूलाई आत्मरक्षा गर्ने अवसर नदिइएको र अवामी लिगविरुद्ध योजनाबद्ध राजनीतिक दमन गरिएको उनको आरोप छ । आगामी फेब्रुअरीमा तय गरिएको निर्वाचनप्रति पनि उनले गम्भीर प्रश्न उठाइन् । प्रतिबन्धित अवामी…

Read More

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त रणनीतिक साझेदारी’ लाई अझ सुदृढ बनाउँदै व्यापार, आणविक ऊर्जा, रक्षा, विज्ञान तथा प्रविधिसहितका धेरै क्षेत्रलाई समेट्ने महत्वपूर्ण समझदारीमा हस्ताक्षर गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्पन्न २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा यी सहमतिहरू प्रमुख रहेका छन् । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले भारतमा दोस्रो आणविक ऊर्जा केन्द्र (एनपीपी) निर्माण स्थलबारे छलफललाई तीव्र बनाउने र तमिलनाडुस्थित कुदनकुलम आणविक ऊर्जा परियोजना पूर्णरूपमा सञ्चालनमा ल्याउन रूसले पूरा सहयोग गर्ने आश्वासन दोहो¥याए । रूसले…

Read More

दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

एजेन्सी । दुबई एयर शोमा प्रदर्शनको क्रममा शुक्रबार एक भारतीय विमान दुर्घटनाग्रस्त बनेको छ । जसमा पाइलटको मृत्यु भएको छ । भारतीय एचएएल तेजस लडाकु विमान स्थानीय समय अनुसार दिउँसो २ः१० बजे प्रदर्शन उडान गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको थियो । भारतीय वायुसेनाले एक विज्ञप्ति जारी गर्दै घट्ना पुष्टि गरेको छ । ‘जीवनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दछ र शोकको यस समयमा शोकसन्तप्त परिवारसँग दृढतापूर्वक उभिएका छौं, विज्ञप्तिमा भनिएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अदालत अफ इन्क्वायरी गठन गरिएको छ, विज्ञप्तिमा थपिएको छ।(सीसीटीभीप्लस)

Read More

युक्रेन–रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच शान्ति कायम गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गरेका छन् । तर उनले उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्ने स्पष्ट पारेका छन् । “हामीले शान्ति ल्याउने एउटा तरिका फेला पारेका छौँ भन्ने लाग्छ । तर उनलाई ९जेलिन्स्कीलाई० यसको अनुमोदन गर्नुपर्छ । उनीहरू केही नजिकिँदै छन् जस्तो लाग्छ, तर म अड्कल गर्न चाहन्न,” ट्रम्पले व्हाइट हाउसस्थित ओवल अफिसमा पत्रकारहरूसँग भने । यसअघि, अमेरिकी पक्षबाट तयार पारिँदै गरेको नयाँ शान्ति प्रस्ताव अहिले किभले अध्ययन गरिरहेको…

Read More

प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ । १७ नोभेम्बरदेखि सञ्चालन गरिएको अपरेसनअन्तर्गत १८ तारिख बिहान भएको भिडन्तमा केन्द्रीय समिति सदस्य हिड्मासहित पाँच माओवादी मारिएका थिए । यता, प्रहरीले गत केही दिनमा एलुरु, काकिनाडा र कोनसेमा जिल्लाबाट कुल ५० जनालाई…

Read More