इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

काठमाडौं । इजरायलले शनिबार इरानविरुद्ध पूर्वसावधानीस्वरूप क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । टीपीएसको रिपोर्टअनुसार सम्भावित प्रतिआक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सायरन बजाइएको र नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न निर्देशन दिइएको छ । इजरायली रक्षामन्त्री इस्रायल काट्जले इरानबाट आउन सक्ने खतरा हटाउन पूर्वआक्रमण गरिएको बताएका छन् । इजरायली रक्षा बल (आईडीएफ) ले सर्वसाधारणलाई सुरक्षात्मक स्थान नजिकै रहन आग्रह गरेको छ । जेरुसेलम पोस्टका अनुसार एक सुरक्षा स्रोतले दिएको जानकारीमा अमेरिकाको पनि आक्रमणमा संलग्नता रहेको उल्लेख छ । यसैबीच, इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी तेहरानमा नरही सुरक्षित…

Read More

काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार

काठमाडौं । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग “खुला युद्ध” सुरु भएको घोषणा गरेका छन् । अल जजीराको रिपोर्टअनुसार शुक्रबार पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल तालिबानको प्रभाव क्षेत्र कन्दहर तथा अन्य सहरहरूमा हवाई आक्रमण गरेको हो । सीमाक्षेत्रमा पनि झडप जारी रहेको र दुवै पक्षले ठूलो मानवीय क्षति भएको दाबी गरेका छन् । यसैबीच, अफगानिस्तानले भने वार्तामार्फत समाधान खोज्न आफू तयार रहेको जनाएको छ । पछिल्ला केही महिनादेखि दुवै देशबीच सीमाक्षेत्रमा आक्रमण–प्रत्याक्रमण भइरहेका थिए । जसले…

Read More

सीएमजीको ‘स्प्रिङ फेस्टिभल गाला’ को विश्वव्यापी पहुँच विस्तार, १३.५ अर्ब भ्युज

काठमाडौं । चाइना मिडिया ग्रुप एनल ट्रेडिसन (सीएमजी) द्वारा हरेक वर्ष आयोजना गरिने ‘स्प्रिङ फेस्टिभल गाला’ ले यस वर्ष नयाँ मिडिया प्लेटफर्ममार्फत विश्वव्यापी पहुँच र दर्शक संख्या उल्लेखनीय रूपमा विस्तार गरेको छ । यस मनोरञ्जनात्मक कार्यक्रमलाई विश्वकै सबैभन्दा धेरै हेरिने राष्ट्रिय टेलिभिजन कार्यक्रमका रूपमा चिनिन्छ । यस वर्ष उक्त कार्यक्रमले मोबाइल एप्स र सामाजिक सञ्जाल प्लेटफर्ममार्फत कूल ६७ करोड ७० लाख प्रयोगकर्तासम्म पहुँच बनाउँदै १३ अर्ब ५० करोडभन्दा बढी भ्युज प्राप्त गरेको जनाएको छ । बेइजिङसहित चीनका चार अन्य सहरबाट प्रत्यक्ष प्रसारण गरिएको गाला कार्यक्रम विश्वभर करिब ४ हजार मिडिया…

Read More

पाकिस्तान द्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

काठमाडौं । पाकिस्तान र अफगानिस्तान बीच सीमा पारको द्वन्द्व शुक्रबार तीव्र बनेको छ । अफगानस्तानले काबुल, कन्दहार र उबअतय क्षेत्रमा हवाई हमला गरेपछि इस्लामाबादले काबुलविरुद्ध “खुला युद्ध” घोषणा गरेको जनाएको छ । पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफ ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको बयानमा अफगानिस्तानमाथि पलायनवादी कट्टरपन्थी समूह र आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै “हाम्रो धैर्य टुट्यो, अब खुला युद्ध छ” भनेका छन् । उनले भनेका छन,“नाटो फौजको वापसीपछि अफगानिस्तानमा शान्ति हुने अपेक्षा थियो । तर त्यहाँ विश्वभरका आतंकवादीहरू जम्मा भए, आतंक निर्यात हुन थाल्यो । महिला–मानवअधिकारबाट वञ्चित गरियो,…

Read More

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ । सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन । अधिकारीहरूले समुद्री किनार र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाएका छन् । मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिएर आफ्नो…

Read More

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने

काठमाडौं । अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने भएको छ । ओमानका विदेशमन्त्री बदर अल बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताको पुष्टि गर्दै सम्झौता टुंग्याउन सकारात्मक पहल भइरहेको बताएका छन् । यसैबीच, क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति मजबुत बनाइरहेको छ । पेन्टागन अधिकारीहरूको सूचनाका आधारमा कतारस्थित अल उदेइद आधारबाट सयौं सैनिक सारिएका छन् । साथै बहराइन, इराक, सिरिया, कुवेत, साउदी अरेबिया, जोर्डन र यूएईस्थित अमेरिकी सैन्य संरचनामा समेत रणनीतिक हेरफेर गरिएको जनाइएको छ । द जेरुसेलम पोष्टले इरानको संयुक्त राष्ट्रसंघस्थित नियोगले दिएको चेतावनी उद्धृत…

Read More

चिनियाँ नयाँवर्षमा ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य वृद्धि

काठमाडौं । चीनको परम्परागत स्प्रिङ फेस्टिभल (चन्द्र नववर्ष) यात्राको चाप बढेसँगै ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य रूपमा बढेको छ । विशेषगरी साङघाइ र वरपरका तटीय गन्तव्यबीच हेलिकोप्टरमार्फत हुने छोटो दूरीका उडानहरू लोकप्रिय बन्दै गएका छन् । सडक र फेरीबाट घण्टौं लाग्ने यात्रा अब करिब आधा घण्टामै पूरा हुन थालेपछि यात्रुहरू समय बचतका लागि हवाई विकल्प रोज्न थालेका हुन् । सांघाइबाट शेङ्सी टापुसम्मको करिब ३० मिनेटको उडानमा यात्रुले पुडोङ, लिङ्गाङ, डोङहाइ पुल हुँदै खुला समुद्र पार गर्ने दृश्य अवलोकन गर्न सक्छन् । सांघाइ न्यूस्काइ हेलिकोप्टर क्याप्टेन स्यु जियानजुनका अनुसार ‘सांघाइबाट शेङ्सी…

Read More

चीनमा उत्पादित अर्किडको निर्यात बढ्यो

एजेन्सी । चीनको अर्किड फुलको माग बढेको छ । विदेशी बजारमा चीनिया अर्किडको माग बढेसँगै निर्यात पनि बढेको हो । दक्षिण चीनको फोशान शहरमा रहेको एक हरितगृह र प्याकेजिङ सेन्टरमा निर्यातका लागि तयारी भइरहेको देख्न सकिन्छ । आगामी वसन्त महोत्सवले सिंगापुर, मलेसिया, थाइल्याण्ड र भियतनामबाट माग बढाइरहेको छ। थोक बिक्रेता ली हाइलीका अनुसार केही ग्राहकहरूले सोधपुछ गर्ने बित्तिकै अर्डर दिन थालेका छन् । यस वर्ष निर्यातको मात्रा बढी देखिन्छ । केन्द्रको कुशल प्याकेजिङ र रसद पूर्वाधारको कारण घरेलु रूपमा खेती गरिएको अर्किडको ढुवानी लगभग २४ घण्टामा भियतनाम जस्ता ठाउँहरूमा पुग्न…

Read More

दार्जिलिङका नेताद्वारा भुटानका राजासमक्ष नेपालीभाषी राजबन्दीहरूलाई क्षमादान गर्न अपिल

काठमाडौँ । दार्जिलिङका एक निर्वाचित नेताले भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकलाई सम्बोधन गर्दै नेपालीभाषी ‘राजनीतिक बन्दी’ हरूलाई क्षमादान गर्न अपिल गरेका छन्। वर्षौँदेखि कारागारमा रहेका ती बन्दीहरूको रिहाइका लागि पुनः माग उठाइएको हो। गोरखाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) सभाका निर्वाचित सदस्य तथा इन्डियन गोर्खा जनशक्ति फ्रन्टका अध्यक्ष अजय एडवड्र्सले बुधबार सामाजिक सञ्जालमार्फत खुला पत्र सार्वजनिक गरेका हुन्। द टेलिग्राफ इन्डिया पत्रिकाका अनुसार हालै हिरासतमा श बहादुर गुरुङको मृत्यु भएको समाचारसँगै उक्त पत्र सार्वजनिक गरिएको हो। श बहादुर गुरुङलाई भुटानमा नेपालीभाषी अल्पसंख्यक समुदायका अधिकारको माग गर्दै गरिएको प्रदर्शनमा सहभागी भएको आरोपमा…

Read More

ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’

काठमाडौं । ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् । शुक्रबार संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीले नै तय गर्नुपर्ने उल्लेख गरिएको छ । डेनमार्कको सरकारी प्रसारक डीआरका अनुसार संयुक्त वक्तव्यमा ग्रीनल्याण्डका दल नेताहरूले अमेरिकाले आफ्नो देशप्रति देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य हुनुपर्ने माग गरेका छन् । “हामी, ग्रीनल्याण्डका राजनीतिक दलका नेताहरू, संयुक्त राज्य अमेरिकाले हाम्रो देशप्रति देखाउँदै आएको बेवास्ता अब अन्त्य हुनुपर्छ भन्ने चाहना पुनः व्यक्त गर्दछौं,” वक्तव्यमा भनिएको छ । दल नेताहरूले ग्रीनल्याण्डले आगामी दिनमा पनि अमेरिका…

Read More