एजेन्सी । शनिबार राति पूर्वी र उत्तरपूर्वी तेहरानमा धेरै विस्फोटहरू भएका छन् । तर इरानले देशको पूर्वाधारमा कुनै पनि आक्रमण भएमा अमेरिका र इजरायल विरुद्ध बदला लिने चेतावनी दिंदै आएको छ । चाइना मिडिया ग्रुप (सीएमजी)द्वारा खिचिएको भिडियो फुटेजले राजधानीको रातको आकाशमा लगातार विस्फोटहरू भएको देखाएको छ । ‘म हाल इरानको राजधानी तेहरानमा छु । मार्च २८ मा स्थानीय समय अनुसार राति २१ः३० बजेको छ र मार्च २९ मा बेइजिङ समय अनुसार ०२ः०० बजेको छ । लगभग २० मिनेट अघि तेहरानको पूर्व र उत्तरपूर्वमा विस्फोटहरू भएका थिए । शनिबार बिहान…
Read MoreCategory: अन्तर्राष्ट्रिय
कोलम्बियामा विमान दुर्घटनाः ६६ जनाको मृत्यु, उद्धार कार्य जारी
काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानले सैनिक जवानहरू ओसारपसार गरिरहेको थियो । रक्षामन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सैन्य टोलीहरू घटनास्थलमा पुगिसकेको जानकारी दिएका छन् । दुर्घटनामा परेकाहरूको यकिन सङ्ख्याबारे फरक–फरक विवरणहरू बाहिर आएका छन् ।…
Read Moreहर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
काठमाडौं । अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो । इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य बजेट लगानी गर्ने वित्तीय संस्थाहरू र पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन,‘हाम्रो ऊर्जा केन्द्रमा प्रहार भएमा यस…
Read Moreलेबनान–इजरायल तनाव : मृत्यु हुनेको संख्या १,०२९ पुग्यो, २७ सय बढी घाइते
एजेन्सी । लेबनानले मार्च २ देखि इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको बताएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयले आइतबार बताएअनुसार मार्च २ देखि देशमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको छ भने २,७८६ जना घाइते भएका छन्। आइतबारको आक्रमणमा लेबनानमा पाँच जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच, देशभरि आक्रमणहरू बढ्दै गएका छन्। इजरायली युद्धक विमानहरूले आइतबार दक्षिणी लेबनानको लिटानी नदीमा रहेको कास्मिया पुलमा प्रहार गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ कि उनीहरूले हिज्बुल्लाहका स्थानहरूलाई…
Read Moreमध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी रुपमै प्राकृतिक ग्यास आपूर्ति शृंखलामा अवरोध आएपछि भारतका होटल तथा रेस्टुरेन्ट व्यवसाय पनि प्रभावित हुन थालेका छन् । कम आपूर्ति भएपछि होटल तथा रेष्टुरेण्टहरुले केन्द्र सरकारसँग उद्योगका लागि निरन्तर ग्यास आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् । कर्नाटकमा होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक सञ्चालनमै समस्या भइरहेको बताएका छन् । होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गर्दा होटल उद्योग ठूलो संकटमा परेको छ । उनले भने,‘सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै तेल कम्पनीहरूलाई व्यावसायिक…
Read Moreइरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा अमेरिकाका शहरहरुमा प्रदर्शन
एजेन्सी । इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा र युद्धविरामको आह्वान गर्न न्यूयोर्क र अमेरिकाका अन्य शहरहरूमा प्रदर्शन गरिएको छ । म्यानहट्टनको युनियन स्क्वायरमा, हजारौं प्रदर्शनकारीहरूले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीहरुले सरकारलाई देश विरुद्ध सैन्य कारबाही बन्द गर्न आग्रह गरेका थिए। ‘मलाई आशा छ कि सबै देशहरू र अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न इजरायल र संयुक्त राज्य अमेरिकालाई दबाब दिनेछन्,’ एक प्रदर्शनकारी एड्रिनाले भनिन्। उनले द्वन्द्वले आर्थिक क्षति भएको पनि बताइन् । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरान विरुद्ध आक्रमण सुरु गरेको थियो…
Read Moreखामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राख्ने तयारी
काठमाडौं । अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ला राजधानीका सबैभन्दा ठूला राज्य तथा धार्मिक समारोह आयोजना हुने विशाल प्रार्थना स्थल हो । खामेनीको निधनपछि आयोजना गरिएको तीन दिने श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत हजारौँ शोकाकुल नागरिक उक्त स्थलमा उपस्थित हुने अपेक्षा गरिएको छ । इरानमा सर्वोच्च नेताको निधनपछि “विदाइ समारोह” तथा त्यसपछि “अन्त्येष्टि जुलुस” आयोजना गर्ने प्रोटोकल रहेको बताइएको छ । यता, इरानले बिहीबार इजरायल र अमेरिकाले इस्लामिक गणतन्त्रको…
Read Moreइरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ । इरानको इस्लामिक प्रचार परिषद्का प्रमुख हुज्जतोलइस्लाम महमुदीलाई उद्धृत गर्दै फ्रान्स २४ ले जनाएको छ कि श्रद्धाञ्जली कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ भने अन्तिम संस्कारको जुलुसबारे जानकारी पछि सार्वजनिक गरिनेछ । श्रद्धाञ्जली कार्यक्रम बुधबार राति तेहरानस्थित इमाम खोमेनी प्रार्थना हलमा सुरु गर्ने तयारी भए पनि कारण नखुलाइ स्थगित गरिएको राज्य सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, मुम्बईस्थित इरानी महावाणिज्य दूतावासले नयाँ नेतृत्वका सम्भावित उम्मेदवारबारे सञ्चारमाध्यममा आएका खबर अस्वीकार गरेको छ । दूतावासले…
Read Moreसाउदी तेल केन्द्र र बहराइन बन्दरगाहमा आक्रमण, क्षेत्रीय युद्धको जोखिम बढ्यो
काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरमाको रस तनुरा रिफाइनिङ केन्द्रमा ड्रोन आक्रमण भएको दाबी गरिएको छ । रस तनुरा विश्वकै ठूलो तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ, जसले अन्तर्राष्ट्रिय कच्चा तेल आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्छ । रस तनुरा रिफाइनरीमा देखिएको सानो आगलागी नियन्त्रणमा आइसकेको जनाएको एएनआईले…
Read Moreअमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो
एजेन्सी । इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ । शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा शनिबार स्कूलमा आक्रमण गरिएको थियो। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले शनिबार पीडित परिवार र मिनाबका बासिन्दाहरूप्रति समवेदना व्यक्त गरेका छन्। उनले एक विज्ञप्तिमा हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘अमानवीय’ र इरान विरुद्ध आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको इतिहासमा अर्को कालो पाना थप्ने बर्बर कार्य भनेका छन्।…
Read More