रुपन्देही, ०५ जेठ । रुपन्देहीका उद्योगी व्यवसायीमा पछिल्लो समय सुरक्षा चिन्ता बढिरहेका बेला चैतन्य आरएमसी तथा निर्माण सेवा प्रालिका अध्यक्ष भरतकुमार पोखरेल ले आफूलाई चन्दा माग्दै धम्की आएको सार्वजनिक गरेका छन्। भैरहवामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको नाममा उद्योगमा चन्दा मागिएको र रकम नदिए उद्योगका गाडी तोडफोड गर्ने चेतावनी दिइएको बताएका हुन्। पोखरेलका अनुसार “चैतन्य रेडिमिक्स कङ्क्रिट प्रालि” को नाममा आर्थिक सहयोग माग गर्दै पत्र पठाइएको थियो। त्यसपछि विभिन्न नम्बरबाट पटक–पटक फोन गरी रकम उपलब्ध गराउन दबाब दिइएको उनले बताए। आफूलाई सुरेन्द्र क्षेत्री बताउने…
Read MoreCategory: लुम्बिनी
भैरहवामा लामिनारको नयाँ एम्पिरियो शो रूम सञ्चालनमा
भैरहवा, ४ जेठ । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लामिनारले भैरहवामा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । लामिनारले भैरहवाको सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रा.लि.सँगको सहकार्यमा शोरुम सञ्चालन गरेको हो । प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबिचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिया टायलको विक्रीवितरण सुरु गरेको हो । लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुन्छन् र नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाईड टायल) अन्तर्गत पर्छन्। यस्तो टायल कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने…
Read Moreएसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू सम्मानित
भैरहवा, ०४ जेठ । सिद्धार्थनगरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सनले सम्मान गरेको छ। १८ विद्यालयका करिब ३०० विद्यार्थी सम्मानित हुँदा २ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेर विशेष सफलता हासिल गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० सिद्धार्थनगरद्वारा आयोजित कार्यक्रममा प्याब्सनमा आबद्ध २६ विद्यालयमध्ये १८ विद्यालयका ७८५ विद्यार्थीमध्ये ६७५ जना उत्तीर्ण भएको जानकारी दिइयो। ३।२ जीपीएभन्दा माथि ल्याउने विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विद्यार्थीलाई अनावश्यक दबाब नदिन आग्रह गर्दै शिक्षा केवल अंकका लागि नभई असल र सफल व्यक्ति बन्ने माध्यम…
Read Moreसिद्धार्थ भिलासा भैरहवामा जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एण्ड फन’
भैरहवा । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ । भैरहवास्थित सिद्धार्थ भिलासामा आयोजना हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका सिईओ कृष्ण न्यौपानेले बताए । महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानासहित कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका स्टल रहनेछन् । महोत्सवमार्फत नेपाली रैथाने खानाको प्रवद्रर्धनसँगै विभिन्न क्षेत्रका मौलिक स्वादलाई एउटै स्थानमा ल्याउने प्रयास गरिएको बताइएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको…
Read Moreरुपन्देहीमा इभि सवारीसाधान बढे
रुपन्देही, २ जेठ । विद्युतीय सवारी (इभि) प्रयोग बढ्दै जाँदा रुपन्देहीका चार्जिङ स्टेसनमा दैनिक चहलपहल बढ्न थालेको छ। भैरहवास्थित चार्जिङ स्टेसनहरूमा बिहानैदेखि गाडीहरू चार्जका लागि पालो कुर्दै देखिन थालेका छन्, जसले बढ्दो माग र पूर्वाधार विस्तारको आवश्यकता औंल्याएको छ। चार्ज गरिरहेका सेवाग्राही नविन खड्का ले इभि प्रयोग खर्चका हिसाबले किफायती भएको बताए। “पेट्रोलभन्दा धेरै सस्तो पर्छ, तर कहिलेकाही पालो कुर्नुपर्छ,” उनले भने, “चार्जिङ स्टेसन थपिए अझ सहज हुन्थ्यो।” स्टेसन सञ्चालक भुपेन्द्र कार्की का अनुसार दैनिक ३०–३५ वटा इभि सवारीले सेवा लिइरहेका छन्। “विद्युतीय सवारी प्रयोगकर्ता बढिरहेका छन्। चार्जिङको माग पनि त्यही अनुसार बढेको…
Read Moreभृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानी गर्न प्रधानमन्त्रीलाई ज्ञापन
काठमाडौं । नवलपुर गैंडाकोट नगरपालिका स्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ । सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ले सोमबार नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापन पठाइएको हो । अभियानका संयोजक गणेश सापकोटाका अनुसार भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक (करिब ४० करोड रुपैयाँ) तत्काल राज्यको पहलमा भुक्तानी गर्न, करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमूना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्न माग गर्दै ज्ञापन…
Read Moreलागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ
काठमाडौं । बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read Moreलुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै
काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको छोटो अवधिमै उल्लेख्य वित्तीय प्रगति गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालित यस केवलकारले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मे २९ देखि सञ्चालनमा आएको यस केवलकारले लुम्बिनी प्रदेशको धार्मिक र पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । लुम्बीनी केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष…
Read Moreरुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने कुसुमदेवी थापाले (नेपाली कांग्रेस) ले ४१७ मत ल्याएकी छन् । सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय अन्तरसहित अग्रता बनाएका छन् भने मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Read Moreरूपन्देही–२ मा रास्वपा अगाडि
काठमाडौं । रुपन्देही–२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ । रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा एमालेका बिष्णु पौडेलले पौडेलले ८४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मत सहित तेस्रो स्थानमा छन् । रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।
Read More