गौरवको योजनाको रूपमा गाउँपालिकाको मध्यमार्गी सडक बन्दै

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ । जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो सो सडकको ट्र्याक खोलेपछि गाउँपालिकाले स्तरोन्नतिको काम सुरु गरेको छ । गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन् । एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ । गाउँपालिकाको केन्द्र रहेको वडाबाट नै…

Read More

फोटोपत्रकार प्रदीपराज वन्तद्वारा चितवन जनजीवन माविका विद्यार्थीलाई फोटोग्राफी प्रशिक्षण

खैरहनी, चितवन | खैरहनी नगरपालिका वडा नं. २ को आयोजनामा जनजीवन माध्यमिक विद्यालयमा सात दिने सीपमा आधारित फोटोग्राफी तथा ड्रोन सीप विकास तालिम सुरु भएको छ। उक्त कार्यक्रम खैरहनी नगरपालिका वडा नं. २ ले आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँ ले आजको शिक्षामा व्यवहारिक तथा सीपमूलक शिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो। उहाँले वडा कार्यालयले विद्यालयलाई लक्षित गरी विद्यार्थीहरूका लागि यस्ता तालिम सञ्चालन गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूको भविष्यलाई सहज बनाउनुका साथै उनीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा…

Read More

दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

रामेछाप । रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाका स्थानीयले एकै पटक विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । वाग्मती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियाना कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको हो । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका उमाकुण्डको प्रीति आधारभूत अस्पताल र बाम्ती स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा करिब ८ सय जनाले सेवा लिएका जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिए । शिविरमा सबै उमेर समूहका स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एकीकृत स्वास्थ्य परीक्षण, निदान, उपचार, परामर्श र प्रेषण गरिएको थियो । जसमा…

Read More

रामेछापको उमाकुण्ड गाउँपालिका बन्यो पूर्णखोपयुक्त गाउँपालिका

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सो गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षता तथा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा मन्त्री थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुने । कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध प्रदेश निर्माणको लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार हरेक क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए । यसको लागि तीन वटै तहका सरकारले सहकार्य गरेर…

Read More

सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना र संस्थागततर्फ ११६ जनालाई तालिम प्रदान गरिएको छ । यी विधामा क्रमशः १२८ जना, १४० जना, १७२ जना र १२०…

Read More

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको सडक स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटर सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका हुन् । उनले भने, ‘हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटरको सडक स्तरउन्नतिको लागि यसै सदनमार्फत विशेष ध्यानाकर्षण गराउन चाहन्छु । चुनावी प्रचारप्रसारका क्रममा देखेका ती कलिला भाइबहिनीको आँखामा छाएको अन्योल, युवाजमातमा छाएको परिवर्तनको हुटहुटी र सम्पूर्ण जनमानसमा देखिएको उत्साह तथा नयाँ पार्टीप्रतिको आशालाई शिरोधार्य गर्ने प्रतिबद्धता यसै सदनमार्फत गराउन चाहन्छु ।’ उनले परिवर्तनका लागि जीवन आहुती…

Read More

काठमाडौंमा गीतामैत्री मिलन कार्यक्रम : कठिन परिस्थितिमा गीता स्मरणले जीवन सहज हुने विश्वास

काठमाडौं । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आयोजना गरेको गीतामैत्री मिलन कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा करिब २ हजारभन्दा बढी प्रत्यक्ष सहभागी तथा देश–विदेशमा रहेका लाखौँ साधकहरूको अप्रत्यक्ष सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रम ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नारासहित कमलादी गणेशस्थानबाट शोभायात्रा गर्दै प्रज्ञा भवनसम्म पुगेको थियो । कार्यक्रममा गीता परिवारका संस्थापक तथा श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास, अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेव…

Read More

हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

हेटौँडा । मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो । प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो । गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ (७२.५९ क्युफिट) बरामद…

Read More

चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो, प्रहरीद्वारा नियन्त्रणमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो चलिरहेको कारमा अचानक आगलागी भएको छ । आज दिउँसो करिब ३ः१५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कारमाथि सडकको माथिबाट ढुङ्गा खसेपछि पेट्रोल ट्याङ्कीमा आगलागी भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको तीव्र सक्रियता र तत्परताका कारण कारमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा आउदा थप ठूलो क्षति हुनबाट जोगिएको प्रहरी उपरीक्षक रबिन्द्र खनालले बताए।

Read More

बीपी राजमार्ग निरन्तर जोखिममा, रोशी खोलामा पानी बढेपछि सवारी ‘होल्ड’

रामेछाप। आज (विहीबार) बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ । विहीबार रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो । प्रहरीले दिउँसो १ः१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ । यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । तीनदिनदेिख बन्द भएको राजमार्गमा बिहीबार बिहान ७ बजेदेखि डाइभर्सन निर्माण…

Read More