रामेछाप । रामेछापमा स्थानीय पत्रकारिताका चुनौती र सम्भावनाको विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा मन्थलीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले पत्रकारिता क्षेत्र थप चुनौतीपूर्ण हुँदै गएको बताए । अन्तरष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने नेपालको पत्रकारिता क्षेत्र संकटमा रहेको बताउँदै यसलाई बचाउन स्थानीय तहले सक्दो सहयोग गर्नु बताए । उनले प्रेस स्वतन्त्र हुनु पर्ने बताउँदै प्रेस स्वतन्त्रताको नाममा छाडा हुन नहुने कुरा भने नबिर्सन पत्रकारहरूलाई आग्रह गरे । रामेछापको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालका पत्रकारहरुले…
Read MoreCategory: बागमती
हेटौँडा सडक डिभिजनको अल्टिमेटमस् सडक सीमाभित्रका अवैध संरचना हटाउन वैशाख १० सम्मको समय
रौतहट । सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको छ । कार्यालयले सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै वैशाख १० गतेभित्र ती संरचनाहरू हटाउन सम्बन्धित सबैलाई सूचित गरेको छ । यसअघि पनि २०७३/०९/१८ र २०८०/०३/०९ लगायतका विभिन्न मितिहरूमा सूचना जारी गर्दा समेत संरचनाहरू नहटाएपछि डिभिजनले पुनः यो ताकेता गरेको हो । विशेष गरी बाराको पथलैयादेखि चुरिया माई मन्दिरसम्मको क्षेत्रमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने संरचनाहरू अझै हटाइएको छैन । यद्यपि तोकिएको समयभित्र…
Read Moreबिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । प्रत्यक्षदर्शी सुनिल वाइबाका अनुसार बिदाको दिन बागमती प्रदेश ०१–००२ झ ७१८४, बा २ भ १३९१ र प्रदेश ३–०३–००१ झ ००२८ नम्बरका सरकारी सवारीसाधनहरू होटल, भट्टी तथा मनोरञ्जनस्थलअगाडि लामो समयसम्म रोकिएका देखिएका थिए । ती सवारीमा आएका व्यक्तिहरू मदिरा सेवन तथा खानपिनमा संलग्न रहेको र कतिपय अवस्थामा परिवारका सदस्यसँगै घुमघाममा निस्किएको समेत देखिएको…
Read Moreसडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ : कार्यवाहक प्रमुख डंगोल
काठमाडौं । ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौंका सडकमा मानिसहरू किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरूको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौंलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान पशुपति क्षेत्रमा सहयोगापेक्षीको अवस्थाको स्थलगत अवलोकन गरिसकेपछि यस्तो योजना सुनाइन् । अवलोकनका क्रममा पशुपति क्षेत्रका सुरक्षाकर्मीले माग्नका लागि मोटरसाइकल चढेर व्यक्तिहरू आउने गरेको अनुभव सुनाएकी थिइन् । यस क्रममा मानव सेवा आश्रमका…
Read Moreसडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने
काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो । भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले भनिन् ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त…
Read Moreसंविधान विपरित स्थानीय तहमा निर्वाचित महिला हटाउन मिल्दैन : उर्मिला थपलिया
काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया(सीता)ले धादिङ जिल्लामा विकास निर्माणका कामलाई प्राथमिकता दिन माग गरेकी छिन् । वुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा उनले राष्ट्रिय एवम क्षेत्रीय विषयहरुसहितको माग अघि सारेकी हुन् । उनले समाजमा व्याप्त चरम वेथिति र कुशासनका कारण जनताले स्थायित्वसहित समृद्धिको अपेक्षा गरेकाले जनताको विश्वास र भरोसा माथि खेलवाड गर्ने छुट कसैलाई नहुनेमा जोड दिइन । अबको कार्यभार आर्थिक समृद्धिको ढोका उघार्ने भएकाले सरकारले आम जनतामाथि वास्तविक अभिभाकत्व प्रदान गर्नुपर्ने बताइन् । थपलियाले आग्रह पूर्वाग्रहबाट माथि उठेर विगदमुखी भन्दा भविष्यदर्शी हुन आग्रह गरिन् ।…
Read Moreकाठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ले नवयुवाको सीप अभिवृद्धि तथा रोजगारी उन्मुख बनाउने उद्देश्यले विभिन्न प्रविधिमैत्री तालिम सञ्चालन गरेको थियो । ‘ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, डेभप्स र एआइ फर एभ्रिवन’ विषयमा सञ्चालन गरिएको उक्त तालिमका सहभागीलाई शनिबार आयोजित समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले वर्तमान समय प्रविधिको युग भएकाले युवालाई सोहीअनुसारको सीप प्रदान गर्न आवश्यक रहेको बताए । उनले वडाले तालिम प्रदान गरेर मात्रै नछाड्ने, तालिमप्राप्त युवाहरूलाई पुनः समेट्दै तालिमको प्रभावकारिता, व्यवहारिक उपयोगिता तथा आगामी आवश्यकताबारे छलफल गर्ने योजना…
Read Moreरामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर, २०० जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा
रामेछाप । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा दोरम्बा सैलुङ गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो गाउँपालिकाका विभिन्न वडाका २ सय जानले स्वास्थ्य सेवा लिएका चिकित्सालयका प्रमुख दीपक कार्कीले जनकारी दिए । कार्कीका अनुसार शिविरमा बिरामीको जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न औषधि कम्पनीहरूले उपलब्ध गराएका औषधीहरू वितरण गरिएको हो । शिविरमा हाड–जोड्नीको दुखाई, पुरानो खोकी, छाला सम्बन्धी रोग, शरीर पोल्ने, झमझमाउने, युरिक एसिड, पायल्स,…
Read Moreवित्तीय सुशासनका आधारमा सहकारीको गुण दोष हेर्नु पर्नेमा कार्यवाहक प्रमुख डंगोलको जोड
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन पारदर्शिता, उत्तरदायित्व र जबाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । ६९औँ सहकारी दिवसको अवसरमा काठमाडौं महानगरका सहकारी विभाग र जिल्ला सहकारी सङ्घ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको ‘सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरिन् । सहकारीका कारण व्यक्तिहरू घरविहीन भएको, छोराछोरीको विवाहका लागि राखेको बचत नपाएको, औषधि उपचारका लागि रकम अभाव भएको जस्ता गुनासा लिएर बचतकर्ताहरू महानगरमा आउने गरेको र उनीहरूलाई स्थानीय सरकारको…
Read Moreबागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको छ । साथै निजी क्षेत्रसँग सहकार्य बढाएर उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, उद्यमशीलता विकास र…
Read More