काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एम्बुलेन्स संचालनमा ल्याएको छ ।महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मेयर महर्जनले ललितपुरको पार्टन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगाएतका क्षेत्रमा ‘नो स्मोकिङ जोन’ व्यवस्थापन गरेको बताए । उनले पाटन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगायतका क्षेत्रमा ‘नो स्मोकिङ जोन’ व्यवस्थापन गरेकाले यस क्षेत्रमा कसैले धुम्रपान गर्यो भने बातावरण प्रहरीले कारवाही गर्ने बताए । उले भने, ‘ललितपुर महानगरको धेरै ठाउँमा जस्तै–पाटन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेललगायतका क्षेत्रमा ‘नो स्मोकिङ जोन व्यवस्थापन गर्यौं । त्यसको…
Read MoreCategory: बागमती
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । ‘बेलुका ८…
Read Moreरोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग पुन सञ्चालनमा
रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझबाट रोकिएका बिपी राजमार्गमा आज बिहानबाट पुन सञ्चालनमा आएको छ । साँझदेखि अनिश्चित कालीन रूपमा यातायात सञ्चालन रोकिएको लगाइएको सडक बिहानबाट खोलिएको प्रहरीले जनाएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले हिजो साँझ ७ बजेदेखि राजमार्ग बन्द गरेको थियो । प्रहरीका अनुसार राजमार्गअन्तर्गत भकुन्डे–नेपाल थोक खण्डमा भारी वर्षाका कारण रोशी खोलामा जलस्तर बढेको कारण सडक बन्द गरिएको हो । तर खोलामा पानीको सतह घटेपछि पुन यातायात साधन छाडिएको छ। प्रहरीले खोलामा पानीको सतह बढ्ने बित्तिकै सडक बन्द हुने भएकोले राजमार्गको…
Read Moreमन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् । चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, ‘आज चितवन क्षेत्र नं. ३ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुग्ने सौभाग्य मिल्यो। विक्रम बाबा मेला, थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्परा, आज सबैको साझा धार्मिक उत्सव बनेको छ ।’ उनले विक्रम…
Read Moreहेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गुम्बाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । आज बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम सडकखण्डमा एकापसमा ठक्कर खाएका थिए । ठक्कर लगत्तै ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ की १८ वर्षीया एकता बैद्य अनियन्त्रित भई सोही…
Read Moreललितपुर जिल्ला अदालतमा खाजा समयमा समेत सेवा प्रवाह सुरू
ललितपुर । ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ । अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार, आइतबारदेखि बिहीबारसम्म खाजा समय १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबारका दिन १ बजेदेखि २ बजेसम्म तोकिएको भए तापनि, यस अवधिमा पनि अदालतको सेवा नियमित रूपमा जारी रहने भएको हो । अदालतले सम्पूर्ण सेवाग्राहीलाई सो जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।
Read Moreअसई भरत खड्कालाई फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक (असई) भरत कुमार खड्कालाई २०८२ फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालयको मूल्याङ्कनअनुसार असई खड्काले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पु¥याएका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो । उनी हाल मकवानपुर जिल्लाको प्रहरी चौकी भैँसेमा कार्यरत छन् । प्राप्त विवरणअनुसार उनले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, ऋऋत्ख् तथा प्रविधिको प्रयोगमार्फत अनुसन्धानलाई प्रभावकारी बनाउने तथा समुदायमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन…
Read Moreव्यवसायी वेदबहादुर उद्योग वाणिज्य सङ्घ बागमती प्रदेशका लागि अध्यक्ष उम्मेदवार
काठमाडौं । आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि सिन्धुपाल्चोकका एक व्यवसायीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ । उनले बागमती प्रदेशभित्रका जिल्ला÷नगर, वस्तुगत तथा एसोसिएसन तर्फका सम्पूर्ण सदस्यहरूबाट साथ, सहयोग तथा मतको अपेक्षा गरेका छन् । प्रदेशको कार्यालय भवन निर्माण गर्ने उनको प्रमुख एजेन्डा छ । त्यो बाहेक उद्योगी व्यवसायीको हितका लागि विशेष योजना उनले सार्वजनिक गर्नेछन् । उनको…
Read Moreरोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालन भएको छ । शुक्रबार साँझको वर्षाका कारण आएको बाढीले बगाएको डाइभर्सन मर्मत पछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ । बाढीले रोशी क्षेत्रमा अस्थायी सडक बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध थियो। खोलामा पानीको सतह शनिबार राति अबेरसम्म सडक मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको बिपी राजमार्ग सडक खण्ड अन्तर्गत रोशी गाउँपालिका-७ घुमाउने डाँडा,रोशी…
Read Moreरोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार
रामेछाप । रोशी खोलामा गए राति आएको बाढीका कारण बिपी राजमार्गमा काम गर्दै आएका एक श्रमिकको मृत्यु भएको छ भने ७ जनाको सकुशल उद्धार गरिएको छ । काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् । यसैबिच, रोशी खोलाको बाढीमा फसेका ७ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले स्काइभेटरको सहयोगमा गए राति उद्धार गरेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रे प्रहरीले दिएको जानकारीअनुसार रोशी…
Read More