राप्रपा मकवानपुर क्षेत्र नं. १ मा पदाधिकारी बाँडफाँड, अध्यक्ष थापाद्वारा हिन्दू राज्य–राजसंस्थाको माग

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी चयन गर्दै कार्यसमितिको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड गरेको छ । राप्रपा जिल्ला पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकले अध्यक्ष उमेश थापाको नेतृत्वमा क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको हो। बैठकमा पार्टीभित्र संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा क्षेत्रीय नीतिगत तयारीसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो । बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का पदाधिकारीहरू यसप्रकार छन्, अध्यक्षमा उमेश थापा, वरिष्ठ उपाध्यक्षमा मुरारी पौडेल, उपाध्यक्षमा भीमाकुमारी स्याङ्बो, सचिवमा संगीन श्रेष्ठ, कोषाध्यक्षमा विकास दुलाल र सह–सचिवमा मनोज मोक्तान जिम्मेवारीमा चयन गरिएको छ।…

Read More

नेपाली कांग्रेस मकवानपुरद्वारा महाधिवेशन समयमै गराउन माग

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले पार्टीको विधानअनुसार महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गर्न माग गरेको छ । शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला नेतृत्वले पार्टी केन्द्रीय समितिसमक्ष  मङ्सिर भित्र महाधिवेशन गर्न आवश्यक तयारी तत्काल अघि बढाउन आग्रह गरेको हो । जिल्लास्तरका पदाधिकारी र कार्यकर्ताको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नेतृत्वले हालको ढिलाइले संगठनात्मक गतिशीलता कमजोर हुने जनाउँदै समयमै महाधिवेशन सम्पन्न हुनु लोकतान्त्रिक संस्कारको अनिवार्य प्रक्रिया भएको टिप्पणी गरियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाले पार्टीको आन्तरिक लोकतान्त्रिक परम्परा जोगाउन, नेतृत्वको स्वाभाविक हस्तान्तरण सुनिश्चित गर्न र संगठनलाई व्यवस्थित रूपमा…

Read More

हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति

हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ । हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत छलफल पछि शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले दिएको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौंडाले सडक सीमा खाली गराउने सूचना जारी गर्ने अन्तिम तयारी पूरा गरेको छ । छलफलमा सहभागी प्रतिनिधिहरूले दशकौँदेखि थन्किएको सडक विस्तार, अव्यवस्थित संरचना र त्यसका कारण स्थानीयले भोग्दै आएका कठिनाइबारे विस्तृतरूपमा चिन्ता व्यक्त गरेका थिए । बैठकमा मन्त्री घिसिङले हेटौंडाको मुख्य व्यापारिक मार्गलाई…

Read More

कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बिरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा अचानक ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रमुख प्रहरी निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटिएको थियो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेका बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ४० वर्षीय चालक विनोद माझी सकुशल प्रहरी…

Read More

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । स्थानीयहरुले उपलब्ध गराएको तस्बिर तथा विवरण अनुसार मोटरसाइकल पुलबाट तल खोल्सातिर खसेको देखिन्छ । भीरालो भूभाग भएको खोल्सामा दुई जना व्यक्ति मोटरसाइकल दुर्घटनामा परेर मृत अवस्थामा भेटिएका छन घटनापछि आसपासका स्थानीय उद्धारका लागि खोल्सामा झरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार मोटरसाइकल नियन्त्रण…

Read More

रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

रामेछाप । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Read More

अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक

रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो । निर्णयअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लका मुख्य र सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने…

Read More

आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।   दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा…

Read More