रामेछाप । खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो। स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही आपत पर्यो भने खाँडादेवीलाई नै सम्झिन्छौँ । वर्षभरि समस्या परेमा खाँडादेवीलाई पुकार्ने र कम्तीमा एकपटक पूजा लिएर मन्दिर पुग्ने परम्परा छ ।’ दर्शनार्थीहरू आफूसँगको माग पूरा भएपछि पूजा र बलि लिएर मन्दिर आउने गर्दछन्। सर्लाहीको हरिऔनका पिताम्बर ढुंगानाले भने, ‘मागेको कुरा पूरा भएकाले खाँडादेवी दर्शनमा आएको ।’ खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ अप्ठेरो पर्दा सबैले खाँडादेवी सम्झने बताउँछन् । उनले भने, ‘ठेस लाग्दा आइया आमा भनेर सम्झिएजस्तै…
Read MoreCategory: बागमती
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
रामेछाप । सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्। सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे । भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका…
Read Moreरामेछापका ग्रामीण बस्तीमा मौन स्वास्थ्य संकट, जाँचबाट टाढिँदा नसर्ने रोग बढ्दै
रामेछाप । पहिला सहरी र आर्थिक रूपमा सम्पन्न वर्गमा मात्र देखिने भनिएका नसर्ने रोग अहिले रामेछापका ग्रामीण बस्तीमा पनि मौन स्वास्थ्य संकटका रूपमा फैलिँदै गएका छन् । तर, रोग पहिचानका लागि नियमित जाँचप्रति स्थानीयको चासो न्यून देखिएको छ । जिल्लाका ग्रामीण भेगमा सुगर र उच्च रक्तचाप (प्रेसर) का बिरामी उल्लेख्य रूपमा बढ्दै गएका छन् । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सुरु गरेको नसर्ने रोगको घरदैलो परीक्षण कार्यक्रमका क्रममा अपेक्षा गरेभन्दा धेरै नागरिकमा यस्ता रोग देखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए । ‘घरदैलो परीक्षण गर्दा अकल्पनीय संख्यामा सुगर र प्रेसरका…
Read Moreपेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ
रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीमा परी दुर्गामान बम्जनको खुट्टा र ढाड जलेको अवस्थामा उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक…
Read Moreमुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् । आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि घर निर्माण सुरु गरिएको थियो । करिब आठ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घरसहित शौचालय…
Read Moreसिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते
रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन् । घटना आइतबार अपरान्ह् भएको हो । धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ । भान्सामा प्रयोग भएको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटनामा दुर्गामान बम्जनसमेत घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको प्रहरीले जनाएको छ ।…
Read Moreराष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको अध्यक्षसहित ११ सदस्यीय समिति चयन
हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको जिल्ला अधिवेशनबाट अध्यक्षसहित ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनबाट प्रविन (प्रबिन) राजलामा अध्यक्षमा चयन भएका छन् । यस्तै, उपाध्यक्ष : दिलिप देवकोटा ८८, उपाध्यक्ष (महिला) : सुस्मिता राई, सचिव : मनोज देवकोटा,कोषाध्यक्ष (महिला) : सम्झना भण्डारी,सह–सचिव : जनार्दन ढकाल रहेका छन् । यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा वीरमान वाइबा, उमाशंकर थिङ, बाबुराम थापामगर, मोहन बि.क., सञ्जय (प.) लामा र सरोज ४० श्रेणी चयन भएका छन् । अधिवेशन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र…
Read Moreसिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य
सिन्धुली । सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो । मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो । पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीको जुनारलाई…
Read Moreहेटौंडामा इन्टरनेट केवल जथाभावी विच्छ्याउँदा दुर्घटनाको जोखिम
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा इन्टरनेटको लापरवाहीपूर्ण गतिविधिले सडक सुरक्षा गम्भीर जोखिममा परेको छ । फाइबर अप्टिकल केबल मनपरी रूपमा सडकमै बिछ्याइएका कारण सवारीसाधनहरुले यात्रा गर्ने क्रममा केबल तानेर अगाडि बढ्दा दुर्घटना हुने खतरा बढेको स्थानीयको भनाइ छ । स्थानीय राजकुमार सापकोटाका अनुसार सडकको छेउछाउ वा खम्बामा व्यवस्थित रूपमा झुण्ड्याउनुपर्ने इन्टरनेटको फाइबर केबल धेरै ठाउँमा ग्राउन्डमै फालिएको देखिन्छ । यो अवस्था लामो समयदेखि निरन्तर रहे पनि सम्बन्धित कम्पनीले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ । सवारी चालकले विशेषतः बिहान–साँझ कम दृश्यता हुने समयमा सडकको बीचमा देखिने यस्तो ढिलो केबल नदेख्ने…
Read Moreहेटौँडा बजार सडक विस्तारः व्यवसायी र घरधनीको विरोध, न्यायपूर्ण मुआब्जाको माग
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार सडक विस्तारको योजना पछिल्लो दिनहरूमा विवादको केन्द्रविन्दु बनेको छ । नगरपालिकाले हालै १५ दिने सूचना जारी गरेपछि स्थानीय व्यवसायी, घरधनी र बासिन्दा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै छन्। उनीहरूले विकासका नाममा घर–जग्गा उचित मुआब्जा बिना अधिग्रहण गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बजार क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागीहरूले पारदर्शी प्रक्रिया, वैकल्पिक बसोबास र न्यायपूर्ण मुआब्जा सुनिश्चित नगरी कुनै पनि संरचना भत्काउन नदिने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरूले दशकौंदेखि सञ्चालन हुँदै आएका व्यवसायलाई सुरक्षा दिनुपर्ने, नागरिकको अधिकारलाई संरक्षण गर्नुपर्ने माग राखेका…
Read More