काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी तथा ऊर्जा उद्यमी उत्तम भ्लोन लामाले सरकारको बजेटमा ऊर्जा क्षेत्रसँग सम्बन्धित केही प्रावधानहरू सकारात्मक भए पनि केही महत्वपूर्ण विषयहरू अझै अस्पष्ट रहेको टिप्पणी गरेका छन्। उनले विशेषगरी विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारसम्बन्धी संरचनागत सुधारका प्रस्तावलाई सकारात्मक रूपमा लिँदै थप स्पष्ट नीति आवश्यक रहेको बताएका छन्। उनका अनुसार नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण तथा व्यापारका छुट्टाछुट्टै कम्पनीमा पुनःसंरचना गर्ने प्रस्ताव, निर्माण सुरु नभएका आयोजनाको अनुमति खारेज गर्ने व्यवस्था तथा ‘टेक अर पे’ मोडेलमा नयाँ…
Read MoreCategory: समाचार
अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती
काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता प्रल्हाद दाहालले आगामी आर्थिक वर्षको बजेटले कृषि, पशुपालन तथा दुग्ध क्षेत्रलाई केही हदसम्म प्राथमिकतामा राखेको देखिए पनि अपेक्षित विस्तार भने अझै हुन नसकेको बताएका छन्। उनका अनुसार व्यवसायिक कृषि, ठूला डेरी फार्म, पशुपालन तथा दुग्ध प्रशोधन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएका कार्यक्रमहरू सकारात्मक भए पनि बजेटको संरचना र आकारसँग तुलना गर्दा कृषि क्षेत्रको हिस्सा अझै सीमित रहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको भए पनि करिब ३२ अर्ब रुपैयाँ रासायनिक मल खरिदमै खर्च…
Read Moreश्रमिकहरुलाई मुर्त रुपले लाभहुने प्रकारको बजेट आएन, केही कार्यक्रम स्वागतयोग्य : महासचिव राई
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयूसी)का महासचिव अजय कुमार राईले शुक्रबार सरकारले प्रश्तुत गरेको आर्थिक बर्ष २०८३।०८४ को बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले घोषणा गरेका कतिपय बजेटका कार्यक्रमको कार्यान्वयनबारे शंका पनि व्यक्ति गरे । उनले तीन वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि सकारात्मक भएतापनि वर्तमान महंगीलाई दृष्टिगत गर्दा न्यायोचित नभएको उनको प्रतिक्रिया छ । श्रम तथा रोजगार क्षेत्रमा विनियोजन गरिएको बजेट रकम अत्यन्त न्यून भएको बताउँदै उनले अन्य क्षेत्रको तुलनामा विनियोजित रकम मात्र तीन अर्ब ६३ करोड हुनुलाई अस्वभाविक मानेका छन् । श्रम शोषणलाइ आर्थिक अपराध सरह मानेर…
Read Moreऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन निर्माणमा ८५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १०४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने जानकारी दिए । यससँगै देशको कुल जडित विद्युत क्षमता ५५३५ मेगावाट पुग्ने सरकारको लक्ष्य रहेको छ । सरकारले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ ।…
Read Moreयस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा शिक्षा, संस्कृति, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्यार्थी आदानप्रदानदेखि हिमाल नामकरण र विमानस्थल स्तरोन्नतिसम्मका योजना सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक–विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस्तै मानव विकास सूचकांकमा पछाडि परेका समुदायका बालबालिकाको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गरिनेछ। उक्त कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गरिने…
Read Moreनिजीलाई औषधि उद्योगलाई प्रोत्साहन नगर्दा निराश बनायो : अध्यक्ष आचार्य
काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ(मियान)का अध्यक्ष पवन आचार्यले सरकारले ल्याएको आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । त्यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको गरेप्रति आचार्यले स्वास्थ्य बीमालाई परिमार्जित गर्ने भनिएतापनि चालु आर्थिक बर्षकै दायित्व चुक्ता नहुने गरि १५ अर्ब बजेट विनियोजन गर्नाले औषधि आयातकर्ताहरुको…
Read Moreआगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको जानकारी दिए । चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी उनको अनुसार चालु खर्च १२ खर्ब ७० अर्ब…
Read Moreकर्मचारीको तलबभत्ता गरी समग्रमा २१ प्रतिशत बढयो
काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब समग्रमा करिब २१ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरेका हुन् । आजको बजेट भाषणअनुसार महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको हो । साथै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । महंगी भत्तालाई कायम राखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम हुने गरी तलबभत्ता बृद्दी गरिएको हो ।
Read Moreपूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताएका हुन् । अर्थमन्त्री वाग्लेले १ हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य सरकारको रहेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमै कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति सम्पन्न गरिनेछ । यस्तै, आगामी वर्ष कांकडभिट्टा–लोकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे तथा धानखोला–लमही सडकखण्डअन्तर्गत ८० किलोमिटर सडक…
Read Moreइन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’स्थापना गरिने
काठमाडौं । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने जानकारी दिएका हुन् । उनले भने,‘इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने नीति लिएका छौं ।’ उनले राष्ट्रिय वाणिज्य बैंकमा राज्यको पूँजी वृद्धि गर्ने प्रस्ताव समेत सरकारले अघि सारेको बताए । त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण…
Read More