जनक परियारको स्पष्टिकरण : आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो

काठमाडौं । दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि धार्मीक आस्थामाथि चोट पुग्न गएको भन्दै क्षामासमेत मागेका छन् । ‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित अन्तरक्रियामा अभियान्ता जनकले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचनापछि जनकले सो बारे स्पष्टिकरण दिदै भने, ‘मैले दलित समुदायका सायौं अन्यायपूर्ण मृत्युबरण गर्नुपरेका श्रीकृष्ण विक लगायतका साथिहरुको न्यायको गुहार माग्नेक्रममा बोलेको…

Read More

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् । प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा तिन चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सो क्रममा…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, भन्टा…

Read More

सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भयो । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए । सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली…

Read More

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै छ । बैठक सिंहदरबारमा बिहान ८ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने को कार्यसूची छ ।

Read More

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरूको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा साेमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैर आवासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो । युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खास गरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएका…

Read More

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमल ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूचि छ । यस्तै, बैठकमा ‘प्रतिनिधि सभा सदस्य…

Read More

हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध

रौतहट । रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो । टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् । घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।…

Read More

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन…

Read More

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

जनकपुर । जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । आज (बिहीबार) जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । २० वर्ष पहिला वडाले जग्गा उपलब्ध गराएपछि घर निर्माण गरेर बसिरहेकोमा दुई हप्ता अघि वडा कार्यालयले जग्गा खाली गर्न सूचना टाँसेपछि आफूहरूको विचल्ली भएको सुकुमबासी सीता देवी मुखियाले जानकारी दिइन ।…

Read More