काठमाडौं । काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो । उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट उत्पादनको लक्ष्य राखेको जानकारी दिए ।
Read MoreCategory: समाचार
स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले भने,‘सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।’ यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको ऐक्यवद्धताका रुपमा सम्मान गरिने भएको छ । यसैगरी उनले देशैभरीका दलित बालबालिकालाई उपलब्ध गराएको बालपोषण भत्तालाई दोब्बर गरेको बताए । उनले भने, ‘देशभरीका…
Read More‘सोभरिन वेल्थ फन्ड’ परिचालन गरिने, १५ नेपालीलाई प्रतिष्ठित फेलोसिपको घोषणा
काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिएको छ । सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । उनले भने,‘हाल वैदेशिक मुद्राको सुविदाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम ‘सोभरिन वेल्थ फन्ड’का रुपमा परिचालन गर्ने नीति लिएको छौं ।’ अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा एआई क्षेत्रमा ख्याति कमाएका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने घोषणा पनि गरे ।
Read Moreनेपाललाई ग्रे–लिस्टबाट हटाउने छौं : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे–लिस्टबाट हटाउने बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाललाई यथाशीघ्र ग्रेलिस्टबाट हटाउने बताएका हुन् । त्यस्तै उनले दुई करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने पनि जानकारी दिए । सरकारले न्यूनतम दुई करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषकलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो । सरकारले कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषसम्म पुर्याउने लक्ष्य राखेको छ ।
Read Moreटेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाइ बेच्ने घोषणा
काठमाडौं, १५ जेठ । सरकारले नेपाल टेलिकमको ४४ प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बताए । त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।
Read Moreनिजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने भएको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च राख्न निजामती, जंगी, प्रहरी र शिक्षकको तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने बताएका हुन् । साथै, सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनले सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने पनि जानकारी दिए ।…
Read Moreबजेट : भन्सार दर सात तहमा सीमित
काठमाडौँ । सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन् । त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ । त्यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे । बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले जानकारी दिए ।
Read Moreनेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।’ यसैगरी सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेको छ । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने अर्थमन्त्रीले बताए ।
Read Moreकरको बोझ घटाउँदै बजेट : आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरिरहेका छन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै उद्यम व्यवसायलाई राहत दिने घोषणा गरेका छन् । वाग्लेले मध्यम वर्गको विस्तार र समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले करका दर तथा भन्सार प्रणालीमा पुनरावलोकन गरिएको बताएका हुन् । उनले करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर बनाइएको जानकारी दिए । अब व्यक्तिका लागि आयकर छुटको सीमा १०…
Read Moreगणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्। उनले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु । किनकी अहिलेसम्मको अभ्यास यो भएको छैन् । उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य…
Read More