जनकपुर । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेश प्रेदका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस वर्ष ‘मेड इन मधेस, समृद्ध प्रदेश’नारामा केन्द्रित रहेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार सृजना गर्ने उद्देश्यका साथ यस वर्षको नीति तथा कार्यक्रममा बुंदाहरु उल्लेख गरिएको छ । नत-तथ-करयकरम-२०८३-८४-शसधन-१५_smallpdf_73654eb7
Read MoreCategory: प्रदेश
भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित
इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवालीगोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ । करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन, स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ । वर्षौंदेखि विस्तार हुँदै गएको यो गम्भीर समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ । स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो । सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का…
Read Moreगौरवको योजनाको रूपमा गाउँपालिकाको मध्यमार्गी सडक बन्दै
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ । जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो सो सडकको ट्र्याक खोलेपछि गाउँपालिकाले स्तरोन्नतिको काम सुरु गरेको छ । गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन् । एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ । गाउँपालिकाको केन्द्र रहेको वडाबाट नै…
Read Moreचर्को घाममा शीतलताको छहारी : रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम
रौतहट । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो कस्टकर मौसममा पनि सर्वसाधारण नागरिक आफ्नो अत्यावश्यक प्रशासनिक कामका लागि घरबाहिर निस्कनै पर्ने बाध्यता छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा सामान्य सिफारिस बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट आइपुग्ने वृद्धवृद्धा, नाबालक बोकेका आमाहरू र सर्वसाधारण नागरिक घण्टौँसम्म लाममा उभिन विवश थिए । चर्को घाम र पसिनाले निथ्रुक्क भिजेका सेवाग्राहीहरूलाई कार्यालय परिसरमा पालो पर्खेर बस्नु निकै कष्ट भइरहेको थियो । नागरिकको यही सास्ती र छटपटीलाई नजिकबाट…
Read Moreलाम्पाटा क्षेत्र विवाद : घटनामा संलग्न अराजक समूहमाथि कारबाहीको माग
बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेत्रमा भएको अमानवीय व्यवहारको सत्य,तथ्य छानबिन गरी घटना संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । उक्त क्षेत्रको भएको विवादपछि नेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालय बाजुराले शनिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरिएको हो । हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका २ थाली गाउँका करिब तीन सय स्थानीयहरू संलग्न भई लाम्पाटा क्षेत्रमा अराजक तवरले गरिएको अमानवीय व्यवहारको घोर निन्दा गरिएको छ । हुम्ली जनताले पु¥याएको क्षतिको निष्पक्ष रूपमा छानबिन…
Read Moreफोटोपत्रकार प्रदीपराज वन्तद्वारा चितवन जनजीवन माविका विद्यार्थीलाई फोटोग्राफी प्रशिक्षण
खैरहनी, चितवन | खैरहनी नगरपालिका वडा नं. २ को आयोजनामा जनजीवन माध्यमिक विद्यालयमा सात दिने सीपमा आधारित फोटोग्राफी तथा ड्रोन सीप विकास तालिम सुरु भएको छ। उक्त कार्यक्रम खैरहनी नगरपालिका वडा नं. २ ले आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँ ले आजको शिक्षामा व्यवहारिक तथा सीपमूलक शिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो। उहाँले वडा कार्यालयले विद्यालयलाई लक्षित गरी विद्यार्थीहरूका लागि यस्ता तालिम सञ्चालन गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूको भविष्यलाई सहज बनाउनुका साथै उनीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा…
Read Moreव्यवस्थापन बिना हटाउन खोजिएको भन्दै लहानमा मुसहर सुकुम्बासीको प्रदर्शन
लहान । सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरू आइतबार आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले आफूहरूलाई हाल बसोबास गर्दै आएको स्थानमै लालपुर्जा उपलब्ध गराउनुपर्ने, अन्यथा वैकल्पिक सुरक्षित व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गरेका छन् । उनीहरूले “व्यवस्था बिना हटाउने निर्णय अन्यायपूर्ण हुने” बताएका छन् । प्रदर्शनमा सहभागी महिलाहरूले सरकारको कदमले आफूहरू डर र त्रासमा बाँच्न बाध्य भएको गुनासो गरेका छन् । एक महिलाले भनिन्, “हामीलाई स्पष्ट सूचना…
Read Moreचन्द्रपुर अस्पतालमा पहिलो पटक नवजात शिशुको फोक्सोको जटिल उपचार सफल
रौतहट । रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक सफलता मिलेको छ । जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रा.ली. मा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । समय अगावै (प्रि-म्योचर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफलतापूर्वक गरिएको हो । अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा। श्याम बाबु साह को प्रत्यक्ष नेतृत्वमा यो उपचार प्रक्रिया सम्पन्न…
Read More‘चन्दा नदिए गाडी फुटाइदिन्छौँ’— उद्योगीलाई धम्की, रुपन्देहीको लगानी वातावरणमाथि प्रश्न
रुपन्देही, ०५ जेठ । रुपन्देहीका उद्योगी व्यवसायीमा पछिल्लो समय सुरक्षा चिन्ता बढिरहेका बेला चैतन्य आरएमसी तथा निर्माण सेवा प्रालिका अध्यक्ष भरतकुमार पोखरेल ले आफूलाई चन्दा माग्दै धम्की आएको सार्वजनिक गरेका छन्। भैरहवामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको नाममा उद्योगमा चन्दा मागिएको र रकम नदिए उद्योगका गाडी तोडफोड गर्ने चेतावनी दिइएको बताएका हुन्। पोखरेलका अनुसार “चैतन्य रेडिमिक्स कङ्क्रिट प्रालि” को नाममा आर्थिक सहयोग माग गर्दै पत्र पठाइएको थियो। त्यसपछि विभिन्न नम्बरबाट पटक–पटक फोन गरी रकम उपलब्ध गराउन दबाब दिइएको उनले बताए। आफूलाई सुरेन्द्र क्षेत्री बताउने…
Read Moreरौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
रौतहट । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कोप्वाबाट फतुवातर्फ जाँदै गरेको म.प्र.०५–००१प ०१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक बारागढी गाउँपालिका–३ मुर्कीपालियाका २२ वर्षीय मुकेश मुखियाको उपचारका क्रममा मृत्यु भएको छ । अनुहार र टाउकोमा गम्भीर चोट लागेका मुखियालाई उपचारका लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पताल लगिएकोमा सोमबार अपराह्न करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला…
Read More