कलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका बारा कलैया उपमहानगरपालिका वडा नं. ०६ बस्ने खुस्बु भन्ने अफजल मियाँलाई बिनासर्त छाड्न माग गर्दै एक समूह जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा पुगेको थियो। उक्त समूहले सडक अवरोध गरी सवारी साधन चल्न नदिने, हो–हल्ला गर्ने र अशान्ति मच्चाउने कार्य गरेपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाई गर्न खोजेको थियो। सम्झाउने क्रममा उल्टै आवेशमा आई प्रहरी टोलीमाथि नै गालीगलौज, अभद्र व्यवहार तथा सडकमा नग्नता प्रदर्शन…

Read More

धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ बाट ठूलो परिमाणमा लागु औषधसहित एक जना युवक पक्राउ परेको छ । आईतबार (हिजो) बेलुका जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केवर र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीबाट खटिएको संयुक्तटोलीले छापा मारेर विभिन्न लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका १का ३४ वर्षिय सन्तोष कुमार विश्वकर्मालाई पक्राउ गरेको धनुषा प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले धनुषाधामस्थित समिक्षा हेल्थ केयर प्रा.लिमा खानतलासी गरेको थियो । सो क्रममा उक्त हेल्थ केयर प्रा.लि सञ्चालित घरको भुई तलाको पछाडि तर्फको कोठाभीत्र…

Read More

शिक्षक माथीको `दुर्ब्यबहार´ पछि बौदीमाईका मेयर बिबादमा, कारबाहीको माग

रौतहट, ४ जेठ । रौतहटको बौधीमाई नगरपालिका–८ स्थित श्री शंकर माध्यमिक विद्यालय सरमुजवा ले आफ्ना एक शिक्षक माथि मेयरबाट दुव्र्यवहार तथा हातपात भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कारबाही गर्न माग गरेको छ । विद्यालयले सोमवार लेटरप्याडमार्फत जारी गरेको विज्ञप्तिमा प्राथमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक रामबाबु यादवमाथि नगरपालिकामा गालीगलौज, दुव्र्यवहार तथा हातपात भएको घटना अत्यन्त दुःखद र निन्दनीय रहेको उल्लेख गरेको हो । विद्यालयका प्रधानाध्यापक संजय जयसवालद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार शिक्षक यादवले गत वैशाख ३० गते नै घटनाबारे विद्यालय प्रशासनलाई मौखिक जानकारी गराएका थिए । घटनापछि विद्यालयका शिक्षक–कर्मचारी,…

Read More

भैरहवामा लामिनारको नयाँ एम्पिरियो शो रूम सञ्चालनमा

भैरहवा, ४ जेठ । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लामिनारले भैरहवामा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । लामिनारले भैरहवाको सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रा.लि.सँगको सहकार्यमा शोरुम सञ्चालन गरेको हो । प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबिचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिया टायलको विक्रीवितरण सुरु गरेको हो । लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुन्छन् र नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाईड टायल) अन्तर्गत पर्छन्। यस्तो टायल कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने…

Read More

रौतहट प्रहरीको ‘एक्सन मोड’ : १ महिनामै ४६ लाखभन्दा बढी राजश्व संकलन, ५७ फरार प्रतिवादी पक्राउ

रौतहट, ४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनामा अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरीको सक्रियताले बैशाख महिनाभर जिल्लाभर सुरक्षा निगरानी थप कडा बनेको देखिएको छ। प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत बैशाख १ गतेदेखि ३१ गतेसम्म भन्सार छलि अवैध रूपमा भित्र्याइएका सामान बरामद गरी ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सदरमुकाम गौरसहित विभिन्न नाकाबाट तस्करी गरी ल्याइएका सामान नियन्त्रणमा लिनुका साथै तस्करीमा प्रयोग भएका १३ वटा…

Read More

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ।

Read More

दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

रामेछाप । रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाका स्थानीयले एकै पटक विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । वाग्मती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियाना कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको हो । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका उमाकुण्डको प्रीति आधारभूत अस्पताल र बाम्ती स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा करिब ८ सय जनाले सेवा लिएका जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिए । शिविरमा सबै उमेर समूहका स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एकीकृत स्वास्थ्य परीक्षण, निदान, उपचार, परामर्श र प्रेषण गरिएको थियो । जसमा…

Read More

कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु

सुर्खेत । कर्णाली प्रदेश सरकारको बेरुजु बर्सेनी घट्नु भन्दा बढ्दै गएको छ । शुक्रबार सार्वजनिक महालेखापरीक्षककोे ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको बेरुजु रकम चार अर्ब १२ करोड पाँच लाख ८४ हजार रहेको थियो । त्यसमध्ये १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र फस्र्योट भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै थप ७७ करोड ३५ लाख ६२ हजार रुपैयाँ बेरुजु थपिँदा यही आर्थिक वर्षमा एक करोड ७९ लाख १९ हजार थप भएको छ । महालेखाले उक्त वर्ष प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी…

Read More

एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू सम्मानित

भैरहवा, ०४ जेठ । सिद्धार्थनगरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सनले सम्मान गरेको छ। १८ विद्यालयका करिब ३०० विद्यार्थी सम्मानित हुँदा २ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेर विशेष सफलता हासिल गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० सिद्धार्थनगरद्वारा आयोजित कार्यक्रममा प्याब्सनमा आबद्ध २६ विद्यालयमध्ये १८ विद्यालयका ७८५ विद्यार्थीमध्ये ६७५ जना उत्तीर्ण भएको जानकारी दिइयो। ३।२ जीपीएभन्दा माथि ल्याउने विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विद्यार्थीलाई अनावश्यक दबाब नदिन आग्रह गर्दै शिक्षा केवल अंकका लागि नभई असल र सफल व्यक्ति बन्ने माध्यम…

Read More

सिद्धार्थ भिलासा भैरहवामा जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एण्ड फन’

भैरहवा । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ । भैरहवास्थित सिद्धार्थ भिलासामा आयोजना हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका सिईओ कृष्ण न्यौपानेले बताए । महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानासहित कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका स्टल रहनेछन् । महोत्सवमार्फत नेपाली रैथाने खानाको प्रवद्रर्धनसँगै विभिन्न क्षेत्रका मौलिक स्वादलाई एउटै स्थानमा ल्याउने प्रयास गरिएको बताइएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको…

Read More