सिरहा ३ जेठ । सिरहाको पूर्वी(दक्षिणी भारतीय सीमा क्षेत्र नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बलले भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शनिबार राति स १ ख ५३५ नम्बरको ट्रकसहित ओखर, क्लोजअप टुथपेस्ट, फेरेनलब्ली लगायतका सामान बरामद गरेको हो। प्रहरीले ट्रकको मूल्य करिब २० लाख रुपैयाँ र ट्रकमा रहेको सामानको मूल्य पनि करिब २० लाख रुपैयाँ बराबर रहेको जनाएको छ। प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा सामान तस्करी गर्न लागेको आशंकामा ट्रक नियन्त्रणमा…
Read MoreCategory: प्रदेश
सिरहाका ९५ वडामा एकैसाथ रास्वपाको वडा अधिवेशन
सिरहा ३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सिरहाका ९५ वटा वडामा एकै समयमा वडा अधिवेशन सञ्चालन गरेको छ। बिहान ११ बजेदेखि सुरु हुने अधिवेशन जिल्लाभरका विभिन्न नगरपालिका तथा गाउँपालिकामा जारी रहेको जनाइएको हो। सिरहामा १७ वटा नगरपालिका तथा गाउँपालिका अन्तर्गत कुल १ सय ६४ वटा वडा रहेका छन्। तीमध्ये आज ९५ वटा वडामा अधिवेशन भइरहेको र बाँकी वडाको अधिवेशन पनि छिट्टै सम्पन्न गरिने रास्वपाले जनाएको छ। रास्वपाका गोलबजार नगर सभापति धनेश्वर यादवका अनुसार केन्द्रिय सर्कुलर अनुसार नै जिल्लाभर वडा अधिवेशन सञ्चालन गरिएको हो। उनले भने, झआज एकै समयमा…
Read Moreइन्स्पेक्टर भरत केसी बने बैशाख महिनाको उत्कृष्ट प्रहरी
रौतहट, ३ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसी लाई बैशाख महिनाको उत्कृष्ट ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार एक कार्यक्रमको आयोजना गरी एसपी सिताराम रिजालले इन्स्पेक्टर केसीलाई उत्कृष्ट घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेका छन्। इन्स्पेक्टर केसीले ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा शान्ति सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई २०८३ साल बैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो । उनले ट्राफिकसहितको संयुक्त चेकजाँच अभियान सञ्चालन गर्दै हेल्मेट नलगाई सवारी चलाउने, चालक अनुमति…
Read Moreरौतहटमा बोक्सीको आरोप लगाउने र बैंकिङ्ग कसुरका दुई फरार प्रतिवादी पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन् । स्थानीय गौरी साह कलवारसहितका व्यक्तिहरूले ‘मेरो आफन्तलाई बिरामी बनाई दिएको’ भन्दै ती महिलालाई गालीगलौज, लछारपछार, कुटपिट गर्नुका साथै मलमूत्र समेत खुवाएर अपमानित गरेका थिए । उक्त घटनापछि फरार रहेका स्थानीय राजेन्द्र माझीलाई…
Read Moreबौधिमाईका मेयरमाथी शिक्षकलाई ‘थुनेर कुटपिट’ गरेको आरोप
रौतहट २ जेठ । रौतहटको दक्षिणी भेग भारतीय सिमाना सँग जोडिएको बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादव माथि फेरि गम्भीर दुर्व्यवहारको आरोप लागेको छ। एक शिक्षकले आफूलाई नगरपालिकाभित्रै घण्टौँ नियन्त्रणमा राखेर कुटपिट गरिएको दाबी गरेका छन्। शंकर गुदर माबी सरमुजावामा कार्यरत शिक्षक रामबाबु यादवका अनुसार नगरपालिकाका लेखापाल तथा शिक्षा संयोजक रमेश यादवले शुक्रवार छलफलको बहानामा उनलाई कार्यालयमा बोलाएका थिए। त्यसपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एउटा कोठाभित्र नियन्त्रणमा राखेर कुटपिट गरेको आरोप उनले लगाएका छन्। शिक्षक यादवका अनुसार दिउँसो करिब २ः३० बजेदेखि राति ९…
Read Moreरुपन्देहीमा इभि सवारीसाधान बढे
रुपन्देही, २ जेठ । विद्युतीय सवारी (इभि) प्रयोग बढ्दै जाँदा रुपन्देहीका चार्जिङ स्टेसनमा दैनिक चहलपहल बढ्न थालेको छ। भैरहवास्थित चार्जिङ स्टेसनहरूमा बिहानैदेखि गाडीहरू चार्जका लागि पालो कुर्दै देखिन थालेका छन्, जसले बढ्दो माग र पूर्वाधार विस्तारको आवश्यकता औंल्याएको छ। चार्ज गरिरहेका सेवाग्राही नविन खड्का ले इभि प्रयोग खर्चका हिसाबले किफायती भएको बताए। “पेट्रोलभन्दा धेरै सस्तो पर्छ, तर कहिलेकाही पालो कुर्नुपर्छ,” उनले भने, “चार्जिङ स्टेसन थपिए अझ सहज हुन्थ्यो।” स्टेसन सञ्चालक भुपेन्द्र कार्की का अनुसार दैनिक ३०–३५ वटा इभि सवारीले सेवा लिइरहेका छन्। “विद्युतीय सवारी प्रयोगकर्ता बढिरहेका छन्। चार्जिङको माग पनि त्यही अनुसार बढेको…
Read Moreमन्दिर बनाइदिन पासबानहरुको आग्रह
माेरङ, २ जेठ । पथरीशनिश्चरे ४ को पासवानटोलमा ५ वर्ष अघि निर्माण सुरु भएको सलहेस महाराजको मन्दिर आर्थिक अभावकै कारण निर्माण पुरा नभएकाले सो मन्दिर निमार्ण पुरा गरिदिन स्थानिय पासवान समुदायले आग्रह गरेका छन् । बजेट अभाव मै महाराज मन्दिर निर्माण कार्य अलपत्र भएको हो । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७७ ÷ ७८ मा सहयोग गरेको र त्यसपछि कुनै सहयोग नभएकाले पनि मन्दिर निर्माण कार्य अलपत्र भएको हो । मन्दिर निर्माण समितीका सचिव संजय पासवानका अनुसार आर्थिक अभाव भएपछि अहिले मन्दिरको निर्माण कार्य रोकिएको छ । स्थानिय पासवान समुदायले आफै…
Read Moreश्रम संस्कृति पार्टी मोरङ जिल्ला नेतृत्व चयन
माेरङ, २ जेठ । श्रम संस्कृति पार्टी मोरङ जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयन गरिएको छ। समितिको अध्यक्षमा कुल बहादुर लिम्बू चयन भएका छन् भने उपाध्यक्षमा शान्ति बस्नेत र सन्जय क्रान्तिकारी रहेका छन्। त्यसैगरी सचिवमा धर्मराज राई, कोषाध्यक्षमा मोहम्मद जविउल्ला तथा सहसचिवमा मोहन मादेन लिम्बू चयन भएका छन्। समितिमा अशोक राई लगायत विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी ३५ जना नेतृत्वसहितको टिम गठन गरिएको जनाइएको छ। नवगठित कार्य समितिले श्रमिक अधिकार, सांस्कृतिक संरक्षण तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Read Moreमिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
सर्लाही । मिथिलाञ्चलमा आज मैथिली महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक धुमधाम साथ मनाउँदै छन् । यो पर्वलाई मिथिला क्षेत्रमा ‘‘वसराइत पावइन’ नामले पनि चिनिन्छ । हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा महिलाहरू निराहार व्रत बसेर वर र पीपलको रुखमुनि सामूहिक रूपमा पूजा अर्चना गर्ने गरिन्छ । पान, सुपारी, केरा, फलफूल, धुप, अगरबत्तीलगायतका सामग्री चढाएर महिलाहरूले वरको रुखमा रातो र पहेँलो धागो बेरी पूजा गर्ने गरिन्छ । बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई…
Read Moreरामेछापको उमाकुण्ड गाउँपालिका बन्यो पूर्णखोपयुक्त गाउँपालिका
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सो गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षता तथा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा मन्त्री थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुने । कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध प्रदेश निर्माणको लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार हरेक क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए । यसको लागि तीन वटै तहका सरकारले सहकार्य गरेर…
Read More