पछिल्लो समय राजनीतिमा सक्रिया चर्चित पत्रकार ऋषि धमला माइतीघर मण्डलामा विभिन्न माग राख्दै आन्दोलनरत तथा धर्नामा बसेका पीडित समूहहरूको गुनासो सुनेका छन् ।
सोमबार माइतीघर पुगेर उनले देशका विभिन्न स्थानबाट आएका पीडितहरूले आफूहरूले लामो समयदेखि न्याय नपाएको, सम्बन्धित निकायले बेवास्ता गरेको तथा राज्यबाट उचित सुनुवाइ नभएको गुनासो गरेका थिए ।
