काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाए पनि त्यसले समस्या समाधान गर्न नसकेको बताइन् । उनले सरकारको उद्देश्य महिलाहरूलाई शोषण र हिंसाबाट जोगाउनु भए पनि प्रतिबन्धका बाबजुद घरेलु कामदारका रूपमा विदेश जाने क्रम नरोकिएको उल्लेख गरिन् । उनका अनुसार नेपाली महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट…
Read MoreCategory: वैदेशिक रोजगार
वैदेशिक रोजगार क्षेत्र सुधारका लागि बैरो संघको सरकारलाई अपिल, नीति परिमार्जन र प्रणालीगत सुधारमा अध्यक्ष गुरुङको जोड
काठमाडौ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित, पारदर्शी र व्यवहारिक बनाउन सरकारसमक्ष विस्तृत नीतिगत सुधारसहित एक व्यापक अपिल सार्वजनिक गरेको छ । संघका अध्यक्ष भुवन सिं गुरुङको नेतृत्वमा प्रस्तुत गरिएको उक्त अपिलमा व्यवसायीको हकहित, श्रमिक सुरक्षासँगै राज्यको राजस्व वृद्धि र समग्र वैदेशिक रोजगार प्रणालीको सुधारलाई समान रूपमा प्राथमिकतामा राखिएको छ । संघले लामो समयदेखि थाती रहेको २०७२/०४/०८ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग भएको ३१ बुँदे सहमति अझै कार्यान्वयनमा नआएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त सहमति पुन छलफल गरी निष्कर्षमा पुर्याउन सरकारसँग आग्रह गरेको छ…
Read Moreवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् । पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १…
Read Moreसडकबाट गरिएको निर्णय संघ र व्यवसायीलाई मान्य हुँदैन : अध्यक्ष गुरुङ
संघ ब्यावसायीक हकहितमा काम गरिरहेकाले भ्रममा नपर्न ब्यावसायीलाई आग्रह काठमाडौं ,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र केही समुहले सडकबाटै नयाँ समिति घोषणा तथा निर्वाचनको हल्ला फैलाएर सिर्जना गर्न खोजिएको विवादलाई संघका अध्यक्ष भुवन सिंह गुरुङ ले “भ्रमपूर्ण, विधानविपरीत र व्यवसायीलाई गुमराहमा पार्ने प्रयास” भएको बताएका छन्। अध्यक्ष गुरुङले संघको वैधानिक संरचना, विधान र बहुमतको आधारलाई बेवास्ता गर्दै गरिएको कुनै पनि निर्णय व्यवसायीलाई स्वीकार्य नहुने स्पष्ट पारे । “सडक र कोठामा बसेर गरिएको निर्णय संघ र व्यवसायीलाई मान्य हुँदैन। विधानभन्दा माथि कोही हुन सक्दैन,” उनले भने, “केही व्यक्तिहरूले नियोजित रूपमा भ्रम सिर्जना…
Read Moreबैरो संघमा पूर्व अध्यक्षको हस्तक्षेपपछि ‘टर्निङ प्वाइन्ट’,१२ बहुमत पदाधिकारीद्वारा ९ पदाधिकारी र २ सल्लाहकारको राजीनामा अस्वीकृत, एकताको जिम्मा पूर्व नेतृत्वलाई
काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको आन्तरिक विवाद अन्ततः पूर्व अध्यक्षहरूको सक्रिय हस्तक्षेपपछि सहमतिमा टुंगिने चरणमा पुगेको छ। आइतबार सम्पन्न पुर्व अध्यक्ष,पदाधिकारी र सल्लाहकार सहितको संयुक्त बैठकले राजीनामा दिएका ९ पदाधिकारीको राजीनामा औपचारिक रूपमा अस्वीकृत गर्दै सबैलाई तत्काल जिम्मेवारीमा फर्किन निर्देशन दिएको छ। अध्यक्ष भुवन सिंह गुरुङसहित कार्यसमितिका १२ बहुमत पदाधिकारीको समर्थनमा लिइएको यस निर्णयलाई संघभित्रको एकता पुनर्स्थापनाको निर्णायक कदमका रूपमा हेरिएको छ। अध्यक्ष तथा बहुमत कार्यसमितिले सम्बन्धित पदाधिकारीहरूलाई औपचारिक पत्र लेखिसकेको छ । उनिहरुलाई “राजीनामा अस्वीकृत भइसकेकाले तत्काल कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न” स्पष्ट निर्देशन दिएका छन ।…
Read More