कार्यवाहक सभापति खड्काको उपस्थीतीमा सुर्खेतमा देउवा समुहको शक्ति प्रदर्शन

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पुर्णबहादुर खड्का तीन दिन देखि सुर्खेतमा छन् । नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका छन् । पार्टीको बृहत् एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ । खड्काले शनिबार देउवा समूहको भेलालाई सम्बोधन गर्नेछन् । १४ औँ महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कर्णाली प्रदेश कार्य समितिले भेलाको आयोजना गरेको छ । यद्दपी यो भेलाको संयोजन गर्न कर्णालीका पुर्व मुख्यमन्त्री जीवन शाहीले जिम्मेवारी पाएका छन् । पार्टीको बृहत एकताका लागि भनिएको भेलामा पार्टीका सबै स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा…

Read More

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ

काठमाडौं । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–२ का २२ वर्ष अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्ष करिब चिन्टु कुमार सिंह र धनुषाधाम नगरपालिका–३ का करिब २१ वर्ष राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा…

Read More

वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । वीरगन्ज महानगरपालिका वडा नं. ३ मा झुटा विवरण पेस गरी अर्काकी छोरीलाई नागरिकता तथा पासपोर्ट बनाएको उजुरीका आधारमा नगर प्रमुख सिंहलगायत व्यक्तिविरुद्ध पर्सा जिल्ला अदालतको मुद्दा नं ८२–सी–१–१०८३ मा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार…

Read More

सर्लाहीमा इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका – ५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए। स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। घाइते तथा पुरिएकाहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। उपचारका क्रममा गौडेता नगरपालिका – ७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका…

Read More

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । उनले बीमा सेवा विपत्तिको समयमा सबैभन्दा पहिले सम्झिने विश्वासिलो र भरपर्दो माध्यम बन्नुपर्ने उल्लेख गरे । ‘बीमा विपत्तिको साथी हो । अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र भरोसा गर्ने क्षेत्र बन्नुपर्छ,’उनले भने । मुख्यमन्त्री कँडेलले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि बीमा सेवाको पहुँच…

Read More

सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना र संस्थागततर्फ ११६ जनालाई तालिम प्रदान गरिएको छ । यी विधामा क्रमशः १२८ जना, १४० जना, १७२ जना र १२०…

Read More

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कैलाली। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-११ कान्तिपुर दक्षिण टोल बस्ने १९ वर्षीय मदन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। मदनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

जग्गा विवादमा स्थानीयलाई रूखमा बाँधिएको आरोप, वडाध्यक्ष विवादमा

सिरहा । औरही नगरपालिका–३ मा सडक विस्तारको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । स्थानीय वीरेन्द्र साहलाई रूखमा बाँधिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको हो । घटनामा वडाध्यक्ष जीवछ यादवमाथि अमानवीय व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सो क्रममा वीरेन्द्र साहको जग्गा प्रयोग गरिएको भएपनि सडक नियमित सञ्चालनमा आएको थिएन । सोमबार वडाध्यक्षसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेपछि विवाद चर्किएको बताइएको छ । वीरेन्द्र साहले आफ्नो मात्रै जग्गा लक्षित गरेर सडक बनाइएको भन्दै…

Read More

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको सडक स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटर सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका हुन् । उनले भने, ‘हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटरको सडक स्तरउन्नतिको लागि यसै सदनमार्फत विशेष ध्यानाकर्षण गराउन चाहन्छु । चुनावी प्रचारप्रसारका क्रममा देखेका ती कलिला भाइबहिनीको आँखामा छाएको अन्योल, युवाजमातमा छाएको परिवर्तनको हुटहुटी र सम्पूर्ण जनमानसमा देखिएको उत्साह तथा नयाँ पार्टीप्रतिको आशालाई शिरोधार्य गर्ने प्रतिबद्धता यसै सदनमार्फत गराउन चाहन्छु ।’ उनले परिवर्तनका लागि जीवन आहुती…

Read More

एम्बुलेन्समा करीब साढे चार सय किलो गाँजा फेला, चालक फरार

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ४४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजाको तौल ४४० किलोग्राम रहेको छ । गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स…

Read More