काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका छन् । मंगलबार शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका हुन् । उनले यसअघि विदेशी देशका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने परम्परा तोड्दै प्रशंसा बटुलेका थिए । भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी छन् ।
Read MoreCategory: समाचार
ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यक : मन्त्री गौतम
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी समितिले गरेको स्थलगत अवलोकन प्रतिवेदनमाथि छलफल गरिएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कतिपय मन्त्रालयको प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताइन् । त्यस्ता विषय सम्बन्धित मन्त्रालय वा निकायमा पठाउने गरिएको उल्लेख गर्दै उनले शाखा तथा महाशाखामा तोकिएको समयभित्र काम सम्पन्न भए नभएको नियमित अनुगमन भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘यस मन्त्रालयमा कतिपय सम्बन्धित मन्त्रालयले गर्न नहुने…
Read Moreएमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो । आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका हुन् । शुक्रबार र शनिबारको बैठकमा महासचिव उपमहासचिव र सचिवहरूले आफ्नो धारणासहित राखेका थिए ।
Read Moreकानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको भूगोल, नागरिकको चेतना स्तर र व्यवहारिक आवश्यकताअनुसार कानुन निर्माण हुनुपर्नेमा जोड दिए । कानुन निर्माण प्रक्रियामा प्रयोगकर्ता वर्गसँग पर्याप्त छलफल नहुने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले ‘कानुन प्रयोग गर्ने नागरिकलाई नै कस्तो कानुन बन्दै छ भन्ने जानकारी नहुने अवस्था रहेको’ बताए । उनले व्यवहारिकताविहीन कानुनले नागरिकलाई जबरजस्ती पालना गर्न बाध्य बनाउने उल्लेख गर्दै सवारी चालक अनुमति पत्र, शिक्षा र…
Read Moreमन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले शनिबार साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको अवस्थाबारे जानकारी लिएका थिए ।
Read Moreयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन…
Read Moreमिडियामा आएको समाचारप्रति पूर्वगृहमन्त्री सुधन गुरुङको आपत्ति, प्रेस काउन्सिलमा उजुरी दर्ता
काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही सञ्चारमाध्यमले भ्रमपूर्ण र तथ्यहीन समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराउनुभएको छ। केही दिनअघि विभिन्न अनलाइन तथा मिडियामा “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै उहाँले कानुनी उपचारको बाटो रोज्नुभएको हो। सांसद गुरुङले उक्त समाचार पूर्णतः कपोकल्पित र आधारहीन रहेको उल्लेख गर्नुभएको छ। आफ्नो पारिवारिक भ्रमणको विषयलाई बदनियतपूर्वक तोडमरोड गरी अनर्गल प्रचार गरिएको उहाँको दाबी छ। “पारिवारिक भ्रमणमा गएको सामान्य घटनालाई जबर्जस्ती भ्रामक रूप दिएर मेरो राजनीतिक र सामाजिक…
Read Moreएसएसबि बिहार पुलिसको संयुक्त अपरेशनः २ थान कटुवा पेस्तोल गोली, गाँजा, र मदिरासहित ३ पक्राउ
रौतहट ८ जेठ । बारा जिल्ला संग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रुपमा सञ्चालन गरेको विशेष अपरेशनमा २ थान कटुवा पेस्तोल गोली, गाँजा, मदिरासहित तीन जनालाई पक्राउ गरिएको छ। एसएसबि मुख्यालय पिपराकोठीका प्रवक्ता बिनित कुमार सिंहले आज शुक्रवार एक सूचना जारी गर्दै हतियार, गोली, मदिरा र गाँजासहित पक्राउ परेका तीनजना भारतीय नागरिक बारे सार्वजनिक गरेका हुन्। भारतीय सीमा सुरक्षा बल एसएसबि ७१ औँ बटालियन मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा बुधवार साँझ ८ः४० बजे ‘सी’ कम्पनी बेलदारवा मठ अन्तर्गत पर्ने लालाछाप्रा ९भारत–नेपाल० चेकपोस्ट क्षेत्रमा…
Read Moreकालंगा हाइड्रोको आईपीओ बिक्री खुला, आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने
काठमाडौं, ०८ जेठ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर ९आईपीओ० निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २८ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो। यसबाट कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबर पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आईपीओ बिक्री छिटोमा जेठ १३ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन नपरेमा जेठ २२ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीले निर्माण तथा सञ्चालन गरेको १५।३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल…
Read Moreअपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्नेमा जोड
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई दया नभइ क्षमता, सहभागिता र पहुँचका आधारमा समाजमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा र राजनीतिक सहभागिता प्रवद्र्धन’ कार्यक्रममा सहभागि भएका दलका नेताहरुले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, राजनीतिक सहभागिता र गाउँसम्म अपाङ्गमैत्री संरचना विस्तार गर्न आवश्यक रहेको बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानसहित सहभागिता गराउन आवश्यक रहेको बताएका छन्। उनले अपाङ्गता भएका व्यक्तिहरू संवेदनशील समुदाय भएकाले उनीहरूलाई प्रोत्साहन, सहभागिता र क्षमता विकासका माध्यमबाट अगाडि बढाउनुपर्ने बताए। उनले…
Read More