काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गरेका छन्। मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएलगत्तै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएर उनले सर्वोच्च अदालतमा कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश डा. शर्माले आफ्नो कार्यकालको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण गर्नु रहेको स्पष्ट पारे। उनले भने, ‘शपथ ग्रहण गरी गौरवपूर्ण जिम्मेदारी वहन गर्ने अवसर प्राप्त गरेको छु। यो जिम्मेदारीलाई मैले केवल पदको रूपमा मात्र होइन, संविधान, विधिको शासन, न्यायिक…
Read MoreCategory: समाचार
सुकुमबासीलाई पुनर्स्थापना खर्च एकमुष्ट २५ हजार रुपैयाँ प्रदान गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा प्रदान गर्नुका साथै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम रु. १५ हजार प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु. २ हजार प्रति महिनाको दरले तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। मन्त्रिपरिषद् बैठकको निर्णयः १. नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड…
Read Moreमेरो योग्यतामा प्रश्न उठाउने ठाउँ छैन, सर्वोच्चमा कुनै गुटबन्दी पनि छैन : प्रस्तावित प्रधानन्यायाधीश शर्मा
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतभित्र कुनै पनि प्रकारको गुटबन्दी नरहेको दाबी गर्दै आफ्नो योग्यता र क्षमतामाथि प्रश्न उठाउने ठाउँ नरहेको स्पष्ट पारेका छन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफ्नो सिफारिस पूर्ण रूपमा योग्यता र क्षमताको आधारमा भएको बताए। सुनुवाइका क्रममा न्यायालयभित्र गुटबन्दी रहेको चर्चालाई पूर्ण रूपमा अस्वीकार गर्दै डा. शर्माले भने, “सर्वोच्च अदालतभित्र कुनै पनि प्रकारको गुटबन्दी छैन, बार र बेन्चबीच पनि कुनै द्वन्द्व छैन। बार र अदालत प्रशासनबीच भने केही असमझदारी भए जस्तो मात्र देखिएको हो।” आफूमाथि लागेको ‘नेपोबेबी’…
Read Moreधितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया: चार जनाको संक्षिप्त सूची सार्वजनिक
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि संक्षिप्त सूची (शर्टलिस्ट) सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालय मातहतको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समिति मार्फत आज एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो। समितिले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण माग गरेकोमा तोकिएको म्यादभित्र आवेदन दिने ४७ जनामध्येबाट उत्कृष्ट ४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको जनाएको छ। समितिद्वारा सार्वजनिक गरिएको संक्षिप्त सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री…
Read Moreमानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक
काठमाडौं । महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा हटाउने कार्यका लागि विभिन्न धर्मका धार्मिक अगुवा मार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् । महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले सोमबार ललितपुरमा गरेको कार्यक्रममा वक्ताहरूले यो कुरा बताएका हुन् । हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा अन्त्य गर्ने र महिलाको मानसिक स्वास्थ्यको क्षेत्रमा काम केन्द्रित गर्न लागेको निरनका उपाध्यक्ष एवं ओसोधाराका प्राचार्य डा. नम्रता पाण्डेले बताएकी छन् । अन्तर धार्मिक गतिविधिहरू मार्फत विभिन्न कार्यक्रम गरेर समाजमा चलेका…
Read Moreमेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पुन: पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
रौतहट ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन । महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा सभा तथा कार्यक्रम गर्न स्वीकृति दिइसकेको पत्र…
Read More१० वाणिज्य बैंकको ‘एसेट क्वालिटी रिभ्यु’ सार्वजनिक, औसत खराब कर्जा ७.६ प्रतिशत
काठमाडौं, ०५ जेठ । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्राविधिक सहयोगमा गरिएको १० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु–एक्यूआर) प्रतिवेदन सार्वजनिक गरेको छ। बाह्य लेखापरीक्षकमार्फत गरिएको उक्त परीक्षणले बैंकहरूको वित्तीय अवस्थाबारे महत्वपूर्ण संकेत देखाएको छ। राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र प्रभु बैंकको वित्तीय अवस्था मूल्यांकन गरिएको हो। परीक्षण २०८१ चैतसम्मको वित्तीय विवरणका आधारमा गरिएको जनाइएको छ। सार्वजनिक प्रतिवेदनअनुसार ती बैंकहरूको औसत निष्क्रिय…
Read Moreडलर उकालो लाग्दा अन्य विदेशी मुद्राको दर पनि अद्यावधिक
काठमाडौं, ०५ जेठ । नेपाली बजारमा आज अमेरिकी डलरको विनिमयदर फेरि बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। सोमबारको तुलनामा डलरको मूल्यमा सामान्य वृद्धि देखिएको हो। अघिल्लो दिन खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा थियो। डलरसँगै अन्य प्रमुख विदेशी मुद्राको दर पनि अद्यावधिक गरिएको छ। युरोपियन युरोको खरिददर १७८ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा पुगेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५…
Read More‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उनले जनप्रतिनिधिहरूले उठाएका जनताका आवाजलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा सुनिश्चित गरिनुपर्ने बताए । उनले भने, ‘संसदमा जनप्रतिनिधिले उठाएका जनताका भावनालाई सम्बोधन गर्नका लागि, सरकारलाई जवाफदेही बनाउनका लागि हामीले उठाएका आवाजका लागि गफ गर्ने थलो बनाउन हुँदैन् । प्रधानमन्त्री वा मन्त्रीलाई जवाफदेही एवम उत्तरदायी बनाउन नियमावलीले…
Read Moreविकास, आर्थिक समितिमा विभिन्न मन्त्रालयसँग बजेट तर्जुमा सम्बन्धमा छलफल
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले आगामी योजनाबारे जानकारी गराएका हुन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ गरी तीन कार्यक्षेत्रमा केन्द्रित भएर कार्यक्रम अघि बढाइरहेको बताइन् । उनले जल तथा मौसम विज्ञान विभाग अब कृषि तथा वन मन्त्रालयअन्तर्गत गइसकेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट तथा योजना प्रस्ताव गरिएको स्पष्ट पारिन् । उनले…
Read More