डलर उकालो लाग्दा अन्य विदेशी मुद्राको दर पनि अद्यावधिक

काठमाडौं, ०५ जेठ । नेपाली बजारमा आज अमेरिकी डलरको विनिमयदर फेरि बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। सोमबारको तुलनामा डलरको मूल्यमा सामान्य वृद्धि देखिएको हो। अघिल्लो दिन खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा थियो।

डलरसँगै अन्य प्रमुख विदेशी मुद्राको दर पनि अद्यावधिक गरिएको छ। युरोपियन युरोको खरिददर १७८ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा पुगेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ। त्यस्तै स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको विनिमयदरमा पनि सामान्य उतारचढाव देखिएको राष्ट्र बैंकले जनाएको छ।

एशियाली मुद्रातर्फ जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल तथा युएई दिरामको मूल्यसमेत संशोधन गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा विनिमयदर परिमार्जन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने स्पष्ट पारेको छ।

सम्बन्धित खबर