काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाफिजले सोमबार विज्ञप्ति जारी गर्दै बीमापोष्ट डटकममा २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले एकतर्फी रूपमा दिएको आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको हो । विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो । नाफिजले सञ्चारमाध्यममा प्रकाशित वा…
Read MoreCategory: समाचार
बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फिर्ताको तयारी
काठमाडौं । भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए । उद्धार कार्यका लागि खटिएको ‘किन इन्डिया’ का प्रतिनिधिहरुले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए । उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका छन् । उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ ।…
Read Moreबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ।
Read Moreआजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६…
Read Moreएमाले सचिवालयको निर्णय: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण
काठमाडौँ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले यस निर्णयबारे आधिकारिक जानकारी दिएका हुन्। “आजको सचिवालय बैठकको एउटै र सबैभन्दा महत्वपूर्ण निर्णय भनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने नै हो,” उपमहासचिव भट्टले भने। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर सक्रिय राजनीतिमा फर्किने इच्छा देखाएकी भण्डारीलाई एमालेले औपचारिक रूपमा पार्टीमा पुनरागमन गराएको हो। यस…
Read Moreसांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए । उनले भनेका थिए,‘ ‘आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं ? यसको हामीले के लेख्दै छौं यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस् बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहेको छ ।’…
Read Moreपर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो । बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो । उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे । उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन…
Read Moreनयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालडीपी अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन् । नेपाल व्यापार शिखर सम्मेलनकाे उद्घाटन समारोह बाेल्दै उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताए । उनले भने, ‘नयाँ सरकारको आगमनसँगै नीति गत स्थिरता र निजी क्षेत्र मैत्री वातावरण आसा पलाएको छ । यसले लगानी कर्ताहरूमा नयाँ उत्साह भनुर्का साथौ उत्साहलाई दुर्गकालीन विश्वासमा बदल्न हामीले नितीतग स्थिकायम गर्न सक्नु पर्दछ ।’ सभामुख अर्यालले वर्तमान आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत…
Read Moreजनगुनासोमा ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी उजुरीमा तत्काल सम्बोधन
काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पु¥याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको छ । २४सै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ…
Read Moreजीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्चमा वृद्धि
काठमाडौं, ०४ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिने कमिसन खर्च उल्लेख्य रूपमा बढेको देखिएको छ। १४ जीवन बीमा कम्पनीहरूको सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल कमिसन खर्च ११ अर्ब ४ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतभन्दा बढी वृद्धि हो। बीमा व्यवसाय विस्तारसँगै अभिकर्तामार्फत नयाँ पोलिसी बिक्री बढ्दा कमिसन खर्च पनि उकालो लागेको देखिन्छ। यस अवधिमा सबैभन्दा धेरै कमिसन खर्च गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बनेको छ। कम्पनीले मात्रै २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी अभिकर्ता…
Read More