लगातार गिरावटपछि सुनको मूल्यमा बढ्यो

काठमाडौं, ०४ जेठ । पछिल्ला दुई दिनमा तीव्र रूपमा घटेको सुनको भाउ आज भने फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको हो। यसअघि शुक्रबार सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घटेको थियो भने आइतबार थप ४ हजार ५ सय रुपैयाँले ओरालो लागेको थियो। लगातारको गिरावटपछि आज बजारमा केही सुधार देखिएको व्यवसायीहरूले बताएका छन्। हिजोसम्म प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पुनः महँगिएको हो। सुनको मूल्य बढे पनि चाँदीको…

Read More

नाडेप लघुवित्तले लाभांश नदिने

काठमाडौं, ०४ जेठ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समिति बैठकले वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै यस वर्ष लाभांश प्रस्ताव नगर्ने निष्कर्ष निकालेको हो। कम्पनीका अनुसार आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको मुनाफालाई भविष्यको वित्तीय सुदृढीकरण तथा संस्थागत स्थायित्वका लागि जगेडा राखिनेछ। सञ्चालक समितिको निर्णयअनुसार आर्थिक विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिनेछ। केन्द्रीय बैंकबाट आवश्यक संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसलाई समावेश गरी आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश…

Read More

गर्मीसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

काठमाडौं, ०४ जेठ । नेपालमा गर्मी मौसम सुरु भएसँगै अण्डाको उत्पादन घट्न थालेपछि बजारमा मूल्य वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। अब ठूलो अण्डाको मूल्य प्रतिकरेट ५१५ रुपैयाँ र मध्यम अण्डाको ४८५ रुपैयाँ कायम गरिएको छ। उपभोक्ताले भने प्रतिगोटा करिब २५ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि ठूलो अण्डाको मूल्य ४८५ रुपैयाँ र मध्यम अण्डाको ४३५ रुपैयाँ थियो। सङ्घका अनुसार पछिल्लो समय अत्यधिक गर्मीका कारण कुखुराले कम अण्डा दिन थालेका छन्। साथै, बिदाको समयमा आन्तरिक पर्यटन बढ्दा होटल तथा…

Read More

हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरीमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक…

Read More

एलपी ग्यास अनुदान हटाउने तयारी, बिजुली प्रयोगमा जोड

काठमाडौं, ०४ जेठ । सरकारले आगामी आर्थिक वर्षहरूमा खाना पकाउने एलपी ग्यासमाथिको निर्भरता घटाउँदै विद्युतीय चुल्होको प्रयोगलाई व्यापक बनाउने रणनीति अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्म एलपी ग्यासमा दिइँदै आएको अनुदान हटाई विद्युतीय चुल्होमा सहुलियत उपलब्ध गराउने लक्ष्य राखिएको छ। नेपालमा हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात हुँदै आएको छ। चालु आर्थिक वर्षको नौ महिनामै ४१ अर्ब ६५ करोड रुपैयाँ बराबरको ग्यास विदेशबाट भित्रिएको तथ्यांकले देखाउँछ। नेपाल आयल निगमका अनुसार हाल…

Read More

कार्बन व्यापारमा नेपाल पछि पर्दा महालेखापरीक्षकको चासो

काठमाडौं, ०४ जेठ । नेपालले वातावरण संरक्षण र कार्बन उत्सर्जन घटाउन उल्लेखनीय प्रयास गरे पनि त्यसबाट प्राप्त हुन सक्ने आर्थिक लाभ उपयोग गर्न नसकेको विषयमा महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ। वातावरण संरक्षण ऐन, २०७६ ले नेपाललाई अन्तर्राष्ट्रिय कार्बन व्यापारमा सहभागी हुने कानुनी आधार दिएको छ। ऐनअनुसार विदेशी सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै कार्बन बिक्री गर्न सकिने व्यवस्था छ। तर, कार्बन व्यापारका लागि आवश्यक ‘गोल्ड स्ट्याण्डर्ड’मा आयोजना दर्ता गर्ने प्रक्रिया प्रभावकारी रूपमा अघि नबढ्दा नेपालले अपेक्षित आम्दानी लिन सकेको छैन। नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको मुलुक…

Read More

आईपीओ बजारमा जलविद्युत् कम्पनीको दबदबा

काठमाडौं, ०४ जेठ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डका अनुसार यी कम्पनीहरूले कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न पाउने भएका छन्, जसको कुल मूल्य करिब नौ अर्ब ११ करोड रुपैयाँ बराबर रहेको छ। अनुमति प्राप्त कम्पनीमध्ये जलविद्युत् क्षेत्रकै वर्चस्व देखिएको छ। २४ कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनासम्बन्धी रहेका छन्। हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पनि १०३ जलविद्युत् कम्पनी सूचीकृत भई कारोबार भइरहेका छन्, जसले बजारमा यस क्षेत्रको…

Read More

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । यस्तै, बैठकमा आ।व। २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र…

Read More