रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध

रामेछाप । गए राति रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी ड्राइभर सनमा ठुलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् । गत वर्ष आएको बाढीले राजमार्गमा ठुलो क्षति पु¥याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । तर, गए राति आएको बाढीले ती ड्राइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक…

Read More

तीनधारामा रथ तयार, सुरु हुँदै ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा

काठमाडौं । चैते दशैंको अवसरमा ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्राका लागि तयारी करिब पूरा भएको छ । काठमाडौंको तीनधारा पाठशाला क्षेत्रमा जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । रथ निर्माणमा संलग्न रकमी नाइके कारीगर पूर्णमान महर्जनका अनुसार यो जात्रा परम्परागत रूपमा अष्टमीदेखि सुरु भई नवमी र दशमीसम्म तीन दिन विशेष रूपमा मनाइन्छ । उनका अनुसार चैते दशैं अन्तर्गत रामनवमीको अघिल्लो दिनदेखि जात्रा प्रारम्भ हुने चलन रहेको छ । ‘मैले ४६ वर्ष भयो । ०३७ सालदेखी निरन्तरण गरिरहेको छु । किनभने हाम्रो पुर्खौंदेखि गरिरहेको भगवानको सेवा, यो संस्कृति बचाउनको…

Read More

सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारी

हेटौंडा । मकवानपुरगढी गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने सामरी खोलामा तोकिएको मापदण्ड विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । स्थानीयवासीले लामो समयदेखि एक्स्काभेटर प्रयोग गरी भइरहेको तीव्र उत्खननले खोलाको स्वरूप बिग्रँदै गएको, पानी धमिलो भएको तथा वातावरणीय असर देखिन थालेको भन्दै गुनासो गर्दै आएका थिए । सोही आधारमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा खोलाको विभिन्न भाग निरीक्षण…

Read More

रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, तीन गम्भीरसहित ६ जना घाइते

रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ । अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ…

Read More

मकवानपुरमा १९१८ जना निर्वाचन प्रहरीलाई बिदाइ

हेटौँडा । मकवानपुर जिल्लामा निर्वाचन सुरक्षामा खटिएका १९१८ जना निर्वाचन प्रहरीलाई एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई प्रमाणपत्र तथा टिका प्रदान गर्दै सम्मानसहित बिदाइ गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले निर्वाचनको अवधिभर सुरक्षामा खटिएर जिम्मेवारी पूरा गरेका प्रहरीलाई धन्यवाद दिँदै भविष्यमा…

Read More

रामेछापमा रास्वपाका डा.कृष्णहरि बुढाथोकी निर्वाचित

रामेछाप । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । निर्वाचनमा नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत पाएका छन् । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत ल्याएका छन् ।

Read More

मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती ११ हजार ९३३ मतसहित अगाडि छन् । ९१,२४१ मतगणना भएको उप्रेती ११ हजार ९३३ मत प्राप्त गरेका हुन् । एमाले उम्मेदवार महेशकुमार बर्तौलाले ५ हजार ७८६ मत पाएका छन् तेस्रोमा नेपाल कांग्रेस उम्मेदवार बुद्ध लामाले ५ हजार ६४३ मत पाएका छन् भने चौथोमा रहेका नेकपाका उम्मेदवार लवशेर विष्टले ५ हजार ०२९ मत ल्याएका छन् ।

Read More

भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा

भक्तपुर । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । रास्वपाको उम्मेदवार राजीव खत्री ३४ हजार ७०२ मतसहित अग्रस्थानमा छन् । यसैगरी नेकपा एमालेका महेश बस्नेतले ८ हजार ३५१ मत प्राप्त गरेका छन् भने कांग्रसका कबीर रानाले ७ हजार ३२१ मत गरेका हुन् ।

Read More

सिन्धुली–१ मा एमालेका प्रदीप कटुवाल अगाडि

रामेछाप । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रदीप कटुवाल अग्रस्थानमा रहेका छन् । तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका तथा दुधौली नगरपालिकाका वडा नं. १, २ र ३ सम्मको मतगणना सकिँदासम्म कटुवालले १० हजार ७०८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बरालले १० हजार ८ मत प्राप्त गरेका छन् । यसैगरी रास्वपाका धनेन्द्र कार्कीले ८ हजार २२७ मत प्राप्त गरेका छन् भने नेकपाका डेकेन्द्रप्रसाद सुवेदीले २ हजार ७७६ मत प्राप्त गरेका छन् । हालसम्मको मत परिणामअनुसार…

Read More

रामेछापमा नेकपाका श्रेष्ठको अग्रता, कांग्रेस दोस्रो स्थानमा

रामेछाप । रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । हालसम्म १० हजार ४१८ मत गन्दा श्रेष्ठले २ हजार ५०५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्का २ हजार १०८ मत ल्याइ दोस्रो स्थानमा छन् भने १ हजार ८८७मत ल्याइ रास्वपाका डा कृष्णहरि बुढाथोकी तेस्रो स्थानमा छन् । उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले १ हजार ६३९ मत पाएका छन् । एमालेका माधव ढुंगेलले १ हजार २१३ मत ल्याएका छन् । कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका रामेछापमा ९० हजार ७१० मत खसेको छ ।

Read More