काठमाडौं । तेहरानको १४ बुँदे शान्ति प्रस्तावमा अमेरिकाले पठाएको प्रतिक्रिया हाल समीक्षाको क्रममा रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जनाएका छन् । उनले आगामी वार्ताहरू केवल युद्ध अन्त्य गर्ने विषयमा मात्र केन्द्रित रहने कुरामा जोड दिए । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता बाघेईले युरेनियम संवर्धन वा आणविक सामग्रीका बारेमा भइरहेका अड्कलबाजीहरूलाई खारेज गर्दै यस्ता विषयहरू अहिले छलफलको कार्यसूचीमा नरहेको स्पष्ट पारेका हुन् । ‘अहिलेको चरणमा हामी युद्धको पूर्ण अन्त्य बाहेक अन्य कुनै पनि कुरामा छलफल गरिरहेका छैनौं,’ बाघेईले भने । ‘भविष्यमा हामी कुन दिशा लिनेछौं भन्ने कुरा समय…
Read MoreCategory: अन्तर्राष्ट्रिय
हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी
काठमाडौं । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख अजिजीले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको प्रोजेक्ट फ्रिडम योजनाप्रति आपत्ति जनाउँदै हर्मुज जलमार्ग र फारसको खाडीको व्यवस्थापन अमेरिकाले गर्न नसक्ने बताएका छन् । ‘अमेरिकाले नयाँ समुद्री व्यवस्थामा हस्तक्षेप गरे त्यसलाई युद्धविराम उल्लंघन मानिनेछ,’ उनले उल्लेख गरेका छन् । यसअघि ट्रम्पले प्रोजेक्ट फ्रिडम अन्तर्गत खाडी क्षेत्रमा बढ्दो तनावका बीच हर्मुज जलमार्गमा रोकिएका अन्तर्राष्ट्रिय…
Read Moreबंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न
ढाका । बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सेमिनारको उद्घाटन सत्रमाका महानिर्देशक फरक बासिफले स्वागत मन्तव्य राख्दै फोटो पत्रकारिताले लोकतान्त्रिक अभ्यासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । त्यसपछि बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटो पत्रकारहरूको जिम्मेवारी अझ बढ्ने उल्लेख गरे । कार्यक्रम अन्तर्गत आयोजित…
Read Moreवासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ । प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सावर्जनिक गरेका हुन् । एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रम स्थल भित्र छिर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए । घटनाको समयमा हलभित्र रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षा टोलीले तत्काल सुरक्षित स्थानमा पु¥याएको थियो । सो मुठभेडका क्रममा एक सुरक्षा…
Read Moreराष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ । वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तुरुन्तै सुरक्षित स्थानमा पु¥याएका थिए । समारोह स्थलमा रहेका सञ्चारकर्मीका अनुसार सुरुमा भाँडाकुँडा फुटेको जस्तो ठूलो आवाज सुनिएको थियो, तर लगत्तै भागदौड मच्चिएपछि स्थिति गम्भीर भएको थाहा भयो । सुरक्षा एजेन्टहरूले लामा बन्दुकसहित स्टेज नियन्त्रणमा लिएका थिए भने क्याबिनेट सदस्यहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घटनापछि…
Read Moreकिम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण
काठमाडौं । उत्तर कोरियाले ‘क्लस्टर वारहेड’ (झुप्पा बम) जडित उन्नत रणनीतिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गरेको छ । उक्त सैन्य अभ्यासको सर्वोच्च नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम (केसीएनए) लाई उद्धृत गर्दै क्योडो न्यूजले जनाएअनुसार, आइतबार गरिएको परीक्षणमा पाँचवटा ‘हवासोङ्फो–११ जमिनबाट जमिनमा प्रहार गर्ने रणनीतिक ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिएको थियो । ती मिसाइलहरूले १३६ किलोमिटर टाढा रहेको निर्धारित लक्ष्यमा सटिक प्रहार गरेका थिए । उत्तर कोरियाको यो सैन्य गतिविधिलाई छिमेकी मुलुकहरूले नजिकबाट नियालेका छन् । प्योङयाङले यी मिसाइलहरू जमिनबाट प्रहार…
Read Moreइन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल
काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो । पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ । जर्मन एशोसिएशन अफ द अटोमोटिभ इन्डस्ट्रीका अनुसार, फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य आक्रमणपछि जर्मनीमा पेट्रोलको मूल्य झण्डै २० प्रतिशत र डिजेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको…
Read Moreरामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने
एजेन्सी । रामायणको एउटा दुर्लभ ३०० वर्ष पुरानो पाण्डुलिपि अन्तर्राष्ट्रिय राम कथा संग्रहालयमा सार्वजनिक प्रदर्शनको लागि दान गरिने भएको छ । जसले भारत अयोध्या शहरको सांस्कृतिक र आध्यात्मिक सम्पदामा थप महत्व दर्शाउने अपेक्षा गरिएको छ । संग्रहालयसँग सम्बन्धित अधिकारीहरूका अनुसार, पाण्डुलिपिले विशाल ऐतिहासिक र धार्मिक मूल्य बोकेको छ । जसले प्रारम्भिक शास्त्रीय परम्परा र संरक्षण अभ्यासहरूमा अन्तर्दृष्टि प्रदान गर्दछ । उक्त दानले धार्मिक पर्यटन र धार्मिक अध्येताहरुका लागि एक प्रमुख केन्द्रको रूपमा अयोध्यालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। भगवान रामको जीवन र शिक्षासँग सम्बन्धित कलाकृतिहरू र कथाहरू प्रदर्शन गर्नका…
Read Moreपुराना सुनका गहनाहरू पुनर्निर्माणमा युवा आकर्षण : मासिक २१ सय डलरसम्म आम्दानी
एजेन्सी । युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् । सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्। सुनको मूल्य उच्च रहँदा पुरानो सुनलाई पगाल्नु र यसलाई गहनाको मौलिक टुक्रामा परिणत गर्नु धेरै मानिसहरूको लागि किफायती विकल्प बनेको छ। सुनको काममा व्यस्त ली जियायी भन्छन्,‘मलाई सुनको पुनर्निर्माण पेशा साँच्चै मन पर्छ। जब म ग्राहकलाई सुन्दर ढंगले बनाइएको टुक्रा दिन्छु र उनीहरूको आँखामा प्रशंसा देख्छु, म त्यो क्षणको आनन्द लिन्छु। मलाई विश्वास…
Read Moreभारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
काठमाडौं । भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच पश्चिम एशियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हुने हर्मुज नाका बन्द भएपछि त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ । दिल्लीमा १९ केजी तौल क्षमताका व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुबाट बढेर २,०७८ भारु पुगेको छ । त्यस्तै, ५ केजी एफटीएल सिलिन्डरको मूल्य ५१ रुपयेले बढेर ५४९ भारु कायम गरिएको छ । कोलकातामा १९ केजी व्यावसायिक सिलिन्डरको मूल्य २१८ रुपयेले बढेको छ । यद्यपि,…
Read More