निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने भएको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च राख्न निजामती, जंगी, प्रहरी र शिक्षकको तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने बताएका हुन् । साथै, सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनले सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने पनि जानकारी दिए ।…

Read More

बजेट : भन्सार दर सात तहमा सीमित

काठमाडौँ । सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन् । त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ । त्यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे । बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले जानकारी दिए ।

Read More

नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।’ यसैगरी सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेको छ । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने अर्थमन्त्रीले बताए ।

Read More

करको बोझ घटाउँदै बजेट : आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरिरहेका छन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै उद्यम व्यवसायलाई राहत दिने घोषणा गरेका छन् । वाग्लेले मध्यम वर्गको विस्तार र समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले करका दर तथा भन्सार प्रणालीमा पुनरावलोकन गरिएको बताएका हुन् । उनले करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर बनाइएको जानकारी दिए । अब व्यक्तिका लागि आयकर छुटको सीमा १०…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, भन्टा…

Read More

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन…

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन…

Read More

कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने

काठमाडौं, ०८ जेठ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर ९आईपीओ० निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २८ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो। यसबाट कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबर पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आईपीओ बिक्री छिटोमा जेठ १३ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन नपरेमा जेठ २२ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीले निर्माण तथा सञ्चालन गरेको १५।३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल…

Read More

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया: चार जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि संक्षिप्त सूची (शर्टलिस्ट) सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालय मातहतको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समिति मार्फत आज एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो। समितिले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण माग गरेकोमा तोकिएको म्यादभित्र आवेदन दिने ४७ जनामध्येबाट उत्कृष्ट ४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको जनाएको छ। समितिद्वारा सार्वजनिक गरिएको संक्षिप्त सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री…

Read More

१० वाणिज्य बैंकको ‘एसेट क्वालिटी रिभ्यु’ सार्वजनिक, औसत खराब कर्जा ७.६ प्रतिशत

काठमाडौं, ०५ जेठ । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्राविधिक सहयोगमा गरिएको १० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु–एक्यूआर) प्रतिवेदन सार्वजनिक गरेको छ। बाह्य लेखापरीक्षकमार्फत गरिएको उक्त परीक्षणले बैंकहरूको वित्तीय अवस्थाबारे महत्वपूर्ण संकेत देखाएको छ। राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र प्रभु बैंकको वित्तीय अवस्था मूल्यांकन गरिएको हो। परीक्षण २०८१ चैतसम्मको वित्तीय विवरणका आधारमा गरिएको जनाइएको छ। सार्वजनिक प्रतिवेदनअनुसार ती बैंकहरूको औसत निष्क्रिय…

Read More