राजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो

काठमाडौं  जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् 

गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ 

राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए 

भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं  सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो  उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ  घरमा आमा पनि विरामी हुनुहुन्छकमाइ गर्ने म एक्लो हुँ  अब भाई र आमालाई उपचार एवम पालनपोषणमा समस्या पर्न थालेको छ, नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने 

राजेशका अनुसार भाईको अवस्था सामान्य छ तर खुट्टा चलाउन गार्हो भइरहेको छडाक्टरहरुले अब उपचार संभव नभएको बताउनुभएको उनले जानकारी दिए  राजेश आक्रोशित हुँदै भन्छन्,‘गोली हान्न आदेश दिनेलाई कारवाही हुनुपर्छ  जीवन गुमाएका परिवार र घाइते भएर आजीवन अशक्त भएकाहरुलाई सरकारले जागिर दिनुपर्छ ।’

वडादशैंका लागि भनेर घरमा खसी किनेर ल्याएको भएपनि दशैं मनाउन नपाएको बताए 

सम्बन्धित खबर