तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

फिदिम  पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ 

तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए  घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ 

यात्रुहरुको विवरण आइसकेको छैन्  घट्ना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए 

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टरएम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए 

जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै टोली परिचालन भएको जानकारी दिएको छ 

सम्बन्धित खबर