एमाले बाजुराको जनप्रदर्शन कार्यक्रम सम्पन्न,जनसचेतना र दबाव सृजना गर्नुपर्नेमा नेताहरुको जोड

बाजुरा । नेकपा एमाले बाजुराले राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद् पुनस्र्थापनाका माग सहित प्रर्दशन गरेको छ।

शनिबार सदरमुकाम मातडीमा जनप्रदर्शन कार्यक्रम सम्पन्न भव्य रुपमा सम्पन्न भएको हो ।

‘निण¥यक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा सहित सञ्चालन गरिएको कार्यक्रममा देशलाई संविधान र लोकतान्त्रिक मार्गमा फर्काउन आवश्यक जनसचेतना र दबाब सृजना गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए।

राष्ट्रिय एकताको संरक्षण, संविधानको पूर्ण पालना र सर्वोच्चता, प्रतिनिधि सभा पुनस्र्थापनाको गर्नुपर्ने भन्दै एमालेले देशैभरी जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको हो।कार्यक्रममा स्थानीय नेता, कार्यकर्तादेखि जिल्लाभरका जनसमुदायको सहभागिता रहेको थियो।

पछिल्लो राजनीतिक अस्थिरताले देशमा सिर्जना गरेको अनिश्चितता बारे चिन्ता व्यक्त गर्दै संविधानको रक्षा,संसद पुनः स्थापना गरि संबैधानिक सरकार बनाउनुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा संचालन भएको जनप्रदर्शन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापा रहेका थिए ।

त्यस्तै बिशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा, सहदेव बोगटी, केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि उपाध्यक्ष काली बहादुर शाही, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल रहेका थिए ।

नेकपा एमाले जिल्ला कमिटि बाजुरा सचिव काशी विकले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कमिटि उपाअध्यक्ष जनक कुमार रोकायाले गरेका थिए ।¥याली सहित बजार परिक्रमा गरेर लोकतान्त्रीक चोकमा कोणसभामा पणिरत भएको थियो। कार्यक्रममा एमाले नेता कार्यकर्ताको उल्लेख्य सहभागी रहेको थियो।

सम्बन्धित खबर