मलेसियामा श्रम संस्कृति पार्टीको संगठन विस्तार कार्यक्रम १४ डिसेम्बरमा

क्वालालम्पुर – श्रम संस्कृति पार्टी, प्रवास सभा मलेसियाले आगामी १४ डिसेम्बर २०२५ मा वैदेशिक रोजगारमै रहेको नेपाली समुदायलाई लक्षित गरी संगठन विस्तार कार्यक्रम आयोजना गर्ने भएको छ।

“देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो कार्यक्रम पार्टीको प्रवासमै पहिलो ठूलो भेला मानिएको छ।

कार्यक्रम Wisma Ann Koai, K.L. (Nepal MBC रहेको भवन) मा बिहान ११:०० बजे सुरु हुनेछ। पार्टीका अनुसार मलेसियामा रहेका श्रमिकहरूको हक-अधिकार, सुरक्षा, वेतन तथा कागजपत्रसम्बन्धी समस्या, र प्रवासी नेपालीहरूको सामाजिक–राजनीतिक सहभागिताबारे महत्वपूर्ण छलफल हुनेछ।

कार्यक्रममा प्रवासी नेपाली समुदाय, मलेसियामा आफ्नो कर्मभुमि बनायर बस्ने नेपालि दाजुभाई तथा दिदिबहिनी श्रम सस्कृति पाटिमा आस्थावान समर्थक श्रमदाता ज्युहरुको उल्लेखनीय सहभागिता हुने अनुमान छ !

श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटो रहेको छ, जसले “श्रम, इमान र देशप्रेम” को प्रतीक प्रस्तोत गर्छ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन श्रम संस्कृति पार्टी, प्रवास सभा मलेसियाले गरेको छ।
सम्पर्कका लागि पार्टीले +60 18-267 5208 तथा +60 11-3348 3605 नम्बर उपलब्ध गराएको छ।

सम्बन्धित खबर