नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न, अध्यक्षमा बिरास पुन मगर चयन

मलेसिया — नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महासचिव तिपेन्द्र बुढा मगरका अनुसार अधिवेशन उत्साहपूर्ण सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो। मगर भाषा, लिपि, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सभ्य र गरिमामय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा सभाअध्यक्षका रूपमा संघकी अध्यक्ष पुष्मिता ठाडा मगर रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा मलेसियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत मुदिता बज्राचार्य सहभागी हुनुभएको थियो।

त्यसैगरी विशेष अतिथिद्वयमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पदमराज लिम्बू तथा गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बूको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथि कलाकार रेश्मा पुन मगर र नितु पुन मगरसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नव–निर्वाचित कार्यसमिति

अधिवेशनबाट नवौं कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नव–निर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन्:

  • अध्यक्ष – बिरास पुन मगर

  • वरिष्ठ उपाध्यक्ष – दिलिप सोमै मगर

  • उपाध्यक्ष – वीर बहादुर सारु मगर

  • उपाध्यक्ष – ऋषि राना मगर

  • महिला उपाध्यक्ष – अनिता आले मगर

  • कोषाध्यक्ष – लिला मगर

  • सांस्कृतिक प्रमुख – बाबुराम थापा मगर

  • महासचिव – तिपेन्द्र बुढा मगर

  • सचिव – केश रोका मगर

सदस्यहरू:
दिपक लुङ्गेली मगर, कृष्ण श्रीस मगर, कृतिमान बुढा मगर, बबिता राना मगर, कुशल थापा मगर, समर थापा मगर, अमृत पिठाकोटे मगर, कमल सोमै मगर, गोकुल तुम्सिङ मगर, मोहन बहादुर राना मगर, दिपक मगर, खुम झाक्री मगर, रमेश खासु मगर, गोपाल खासु मगर, जीवन घर्ती मगर, दानेश घर्ती मगर, धुर्ब पुन मगर, दिपक पुन मगर, रोशन पुन मगर र रोहन थापा मगर।

नवनिर्वाचित अध्यक्ष बिरास पुन मगरले मगर समुदायको भाषा, कला, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विदेशमा रहेका मगर समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिलाई थप सुदृढ बनाइने बताउनुभयो।

सम्बन्धित खबर