मताधिकार देशको भविश्यसँग जोडिएको छ, सबै सहभागी हुनुपर्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् ।

आज बिहान काठमाडौं महानगरपालिकाको २१ नम्बर वडाको यटबहालको मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले सबैलाई मताधिकारको प्रयोग गर्न आग्रह गरिन् ।

‘सबैजनालाई आफ्नो मताधिकारको प्रयोग गरिदिनुहुनु होला मताधिकार देशको भविश्यसँग जोडिएको छ । त्यसकारण हामी सबै जनाले मताधिकारको प्रयोग गर्नुपर्छ,’ उनले भनिन् ।

सम्बन्धित खबर