निर्दोष जीवनले ‘प्रेमको सुगन्ध’ ल्याउने

काठमाडौं । लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’ आउने भएको छ । गजल मञ्च चितवनको प्रकाशनमा २०० वटा मुक्तक समेटिएको कृति आउन लागेको हो । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनको ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । त्यो बाहेक ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् । गजल मञ्च चितवनले लेखक जीवनलाई नयाँ कृतिको सफलताका लागि शुभकामना तथा बधाई दिएका छन् । साथै प्रकाशनको जिम्मेवारी दिएकोमा धन्यवाद पनि दिएका…

Read More

इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ । महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ । त्यस्तै, २०८१…

Read More

संघर्षबाट खारिएका ‘विशुद्ध संगीतकार’ दीपक शर्माको कथा

काठमाडौं । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आएका संगीतकार हुन् दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित छन् । उनले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिएका छन्, जसमा दुई–तीन सय गीतका शब्द पनि उनी आफैंले लेखेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘अहिले म पूर्ण रूपमा संगीत सिर्जनामा नै व्यस्त छु । गीत पनि लेखेको छु तर म आफूलाई गीतकार होइन, विशुद्ध संगीतकार भन्न रुचाउँछु ।’ म्याग्दीमा जन्मेका शर्माको बाल्यकालमा मनोरञ्जनको एक मात्र माध्यम रेडियो…

Read More

साहित्य समाजमा रामलाल

धनगढी । सुदूरपश्चिमको अग्रणी साहित्यिक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत निर्वाचित भएका छन्। साहित्य समाजको सभाहलमा शनिबार आयोजित ११औं अधिवेशन तथा साधारण सभाले मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार जोशीलाई अध्यक्षमा चयन गरेको हो। जोशी नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ। सदस्यमा टोपेन्द्र शाह ‘रसिक’, रुपा स्वाँर, यशोदा भण्डारी, तीथराज भण्डारी ‘गडसेरी’, गणेशबहादुर नेपाली, पुस्करराज पन्त, शान्ति जोशी, मानबहादुर साउँद, चित्रराज भट्ट, बाबुराम आचार्य, प्रेम विवस चन्द, पुष्पराज जोशी ‘पुकार’, दुर्गा कुमारी बम मल्ल, यज्ञराज जोशी र नवराज ओझालाई चयन गरिएको हो। नेपाली…

Read More

रूपक अलांकारको `शान्त शर्बरी´ लोकार्पित

काठमाडौं, २२ भदौं ।  छन्द कविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् । शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ राजधानी काठमाडौँमा लोकार्पण गरियो ।   कवि भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे । ‘शान्त शर्वरी’ कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् ।   कविता माथि टिप्पणी गर्दै सिग्देलले अलङ्कारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए ।   प्रा. डा. भागवत ढकालले कवि अलङ्कारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलङ्कारिक ढङ्गमा…

Read More