काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनले ३ हजार ३०७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । त्यस्तै, अन्य केही क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । ललितपुर(१, कपिलवस्तु ३, दैलेख १, प्युठान १, सुर्खेत १, रसुवा १, लमजुङ १, जाजरकोट १, सिन्धुपाल्चोक २ पाल्पा – २ पाँचथर १ मा…
Read MoreCategory: गण्डकी
सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ उमेश ढुङ्गाना निलम्बित
काठमाडौं । सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । विशेष अदालत काठमाडौंमा ढुङ्गानासहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा ढुङ्गाना गत पुस १७ गतेदेखि कार्यरत छन् । उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगले जनाएको छ । यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी…
Read Moreकृषिमा देखिएका समस्याको समाधान नीतिगत सुधारमार्फत मात्रै सम्भव : भरतराज ढकाल
पोखरा । नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेद्वार भरतराज ढकालले कृषि क्षेत्रमै व्यापक रोजगारी सिर्जना सम्भव रहेको बताउँदै त्यसका लागि संसदमार्फत नीतिगत सुधार अनिवार्य रहेको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका ढकालले स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कुल जनसंख्याको झण्डै ७० प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि मूल्य श्रृङखला स्थापित हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा राखे । ‘कृषि नै रोजगारीको आधार हो । हामीले उत्पादनलाई बजारसँग, किसानलाई उद्योगसँग र वित्तीय संस्थालाई कृषि उद्यमसँग जोड्न सके लाखौंको संख्यामा…
Read Moreबर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
नवलपरासी । नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् । एक वर्षअघि सुरु भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ । अवलोकनका क्रममा चौधरीले परियोजनाको महत्व औंल्याउँदै सम्बन्धित निर्माण पक्षलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । चिसापानी अस्पताल परिसरमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको…
Read Moreकोरोना र भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान
काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ । पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएको यस क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन्। यो संख्या हालसम्मकै उच्च हो। सबैभन्दा कम पर्यटक सन् २०२१ मा मात्र १६…
Read Moreनरेठाँटी स्वास्थ्यचौकी सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल
बागलुङ । बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल भएको छ । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अङ्क प्राप्त गर्न सफल भएको हो । गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो । यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको छ ।
Read Moreमुस्ताङमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ स्थित चिमाङ गाउँमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार गरिएको छ । अन्दाजी आठदेखि नौ महिनाको उमेरको भालुको बच्चा शुक्रबार बिहान करिब ६ बजे स्थानीय संजोग थकालीको घर पछाडि रहेको स्याउ भण्डारण कक्षमा पसेर स्याउ खाइरहेको अवस्थामा फेला परेको हो । घटनाबारे स्थानीय दिलकुमारी थकालीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) जोमसोमलाई जानकारी गराएकी थिइन् । सूचनापछि इलाका संरक्षण कार्यालय जोमसोम, मुस्ताङका कार्यालय प्रमुख राजेश गुप्ताको नेतृत्वमा पुगेको प्राविधिक टोलीले करिब एक घण्टा ३० मिनेटको प्रयासपछि भालुको बच्चालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरेको हो ।…
Read More‘सफल बैंकर’को इतिहास बोकेका भरतराज ढकाललाई स्याङ्जा १ परीक्षा
स्याङ्जा । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलका क्रियाशील नेतादेखि पत्रकार, कलाकार, बैंकर तथा उद्यमीदेखि सामाजिक अभियन्ता समेत चुनावी दौडमा निस्किएका छ । जेनजी आन्दोलनपछि बदलिएको मनोभावनालाई प्रतिनिधित्व गर्ने दाबी गर्दै उम्मेदवारहरु चुनावी दौडधुपमा छन् । बैंक तथा वित्तिय क्षेत्रमा लामो समय विताएका भरतराज ढकाललाई पनि चुनावी दौडधुपले व्यस्त गराएको छ । स्याङ्जा जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर मतदाता भेटिरहेका छन् । ‘दैनिक कार्यतालिका बनाएरै भेटघाटमा व्यस्त छु, फरक अनुभव पनि गरिरहेको छु ।…
Read More२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
जनकपुर । २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ । जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ । महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ । यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन रहेको…
Read Moreआजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा…
Read More