सुर्खेत । आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ । भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् । आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् । ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए । ‘बेपत्ता आमा र छोरीको…
Read MoreCategory: कर्णाली
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् । उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’ सिसिटिभी फुटेजमा…
Read Moreइनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन
सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘इनिशालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाको अनुसन्धान थालेको छ…
Read Moreइनिशाको शव ६ दिनदेखि शवगृहमा : अनुसन्धानमा सिआइवी
सुर्खेत । बलात्कारपछि हत्या गरिएकी इनिशा बिकको शव आफन्तले बुझ्न नमान्दा ६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा छ । सुर्खेतको उषा बालवाटीका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकाले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शब नबुझ्ने अडान राखेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाउने तयारीमा रहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि…
Read Moreरुकुम पश्चिममा पछि परे जनार्दन
सुर्खेत । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा रुकुम पश्चिममा सुरुवाती अग्रता लिँदै आएका प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा पछाडि परेका छन् । जनार्दनलाई उछिन्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता कायम गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा उम्मेदवार शर्माले ७ हजार २७२ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी प्रलोपा उम्मेदवार जनार्दन शर्माले ५ हजार १६० मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले भने ४ हजार ८४२ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार मानबहादुर शाहीले १ हजार २५१ मत प्राप्त गरेका छन् ।…
Read Moreजुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
मुगु । राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायम रहेको छ । कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी र चन्दननाथ– १ र २ नम्बर वडा गरी २४ हजार ७७७ मत गणना गर्दा उम्मेदवारी शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनका प्रतिद्धोन्दी नेकपा नरेश भण्डारीले ६ हजार ५२५ मत प्राप्त गरेका छन् । उम्मेदवार शाही ३ हजार ६१२ मतले भण्डारी भन्दा अगाडि छन् । काग्रेसका उम्मेदवार दिपबहादुर शाही ३ हजार ९६२ मत र एमालेका उम्मेदवार शान्तिलाल महतले २ हजार ७३१ म्त प्राप्त गरेका छन् । रास्वापा उम्मेदवार…
Read Moreजाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत
सुर्खेत । जाजरकोटको पछिल्लो मत परिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत ‘शक्तिहीन’ देखिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले नेपाली कांग्रेसका खडक बिसीलाई पछ्याइरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बस्नेतसँग बिसीले मतान्तर बढाउँदै लगेका छन् । सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् । जाजरकोटका ६ वटा पालिकाको पुरै र छेडागाड नगरपालिकाको आधा मत गणना हुँदा बिसीले १३ हजार ७१४ मत ल्याएर अग्रता कायम…
Read Moreजुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् । एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् । यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले…
Read Moreजुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी
जुम्ला । जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ । हलो चुनाव चिन्ह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन् । उनले पछिल्लो अपडेट अनुसार ३ हजार ९६२ मतगणना गर्दा शाहीले २ हजार १०२, नेकपाका उम्मेदवार नरेश भण्डारी (तारा)ले ९७२, एमालेका उम्मेदवार शान्तिलाल महतले २१२, कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन् । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले तीन मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले…
Read Moreसुर्खेत १ मा नेपाली काँग्रेस अगाडि एमाले पछ्याउँदै
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई एमालेले पछ्याईरहेको छ । नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन् । रास्वपाका टेकबहादुर सिंहले सात सय १३ मत ल्याएका छन् ।
Read More