राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गृहजिल्ला झापामा मतदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मत हालेका हुन् । झापा–३ मा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भइसकेको छ र मतदाताहरूको उपस्थिति बाक्लो देखिएको छ ।

Read More

बिर्तामोडमा कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा स्कुल नजिकको भित्री सडकखण्डमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएकोमा चिकित्सकले…

Read More

झापा ५ का विभिन्न टोलमा पुगेर मतदातसँग भेट्दै ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिँदै गर्दा झापा क्षेत्र नं। ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरिरहेका छन् । ओलीले गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदातासँग भेटघाट गरका हुन् । उम्मेद्वारहरुको घर–घरमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ता पनि उत्साहित देखिएका छन् ।

Read More

एमाले अध्यक्ष ओलीले आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान ११ बजे दमकस्थित होटेल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब ३ सयभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । निर्वाचन लक्षित भेटघाटको क्रममा आजको पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल रहने जनाइएको छ । झापा–५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीका समसामयिक समस्या, जिज्ञासा र सुझावहरू सुन्ने तथा उठेका विषयमा अध्यक्ष ओलीले प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । विद्यार्थीसँगको छलफलपछि अध्यक्ष…

Read More

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

Read More

पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भत्र्सना, दोषीलाई कारबाहीको माग

विराटनगर । चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ । प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्। बिहीबार झापाको कमल गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्ष तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा आचार्यमाथि आक्रमण भएको…

Read More

समुन्नत सङ्खुवासभा निर्माण गर्ने डा.अर्जुन कार्कीको संकल्प

संखुवासभा । संखुवासभामा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका डा. अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । सोमबार उनले खाँदबारी नगरपालिकाअन्तर्गत वडा नम्बर ९ मा घरदैलो गरेका छन् । सो क्रममा उनले जनसमर्थन बढ्दै गएको र चुनावमा विजयी हुने दाबी गरे । यसअघि एमालेले विशाल युवा भेलाको आयोजना गर्दै कार्कीलाई जिताएर समुन्नत सङ्खुवासभा निर्माण गर्ने संकल्प गरेको थियो । कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् । उनले आफू जिते पनि हारे पनि सधैं जनताको साथमै रहने…

Read More

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर

काठमाडौं । काटारीबाट गाईघाट जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ । काटारीबाट गाईघाट जाँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस सोमबार अपरान्ह १२ बजेतिर उदयपुरगढी–७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर दुर्घटना भएको हो । बस सडकबाट करिब ४० फिट तल खसेको छ । घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा उदयपुर उदयपुरगदी गापा ७ बस्ने ७३ वर्षीय सोममाया मगर, उदयपुर कटारी नपा ४ बस्ने ३५ वर्षीय अनिता चौधरी, उदयपुर ताप्ली गापा ५…

Read More

मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई चुनावी चटारो, समुन्नत र सुशासनयुक्त नेपाल निर्माणको प्रतिबद्धता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.मिनेन्द्र रिजालले आफ्नो भिजन प्रस्तुत गरेका छन् । डा. रिजालले जनतालाई सम्मानित जीवन, सपना देख्न सक्ने अवसर, रोजगारी र सम्पत्ति सिर्जना, पेटभरी खाने व्यवस्था जस्ता प्राथमिकताहरू सुनिश्चित गर्ने लक्ष्य राखेका छन् । किसानलाई चिनाउने र प्रोत्साहन दिने नेपाल, बेथिति र हैरानीबाट मुक्त, विधिसम्मत शासनको नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने व्यवस्था, मौलिकतामा गर्व गर्ने, आधुनिक र ओखती–ओत दिने नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी र समुन्नत राष्ट्र उनले आफ्नो भिजनमा समेटेका छन् ।…

Read More

वैदेशिक अवरोधले नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा ढिलाईः गोविन्द थापा

झापा । झापाको कमल, दमक र गौरादह क्षेत्रमा प्रस्तावित नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा भइरहेको ढिलाइबारे पार्कका अध्यक्ष गोविन्द थापाले गम्भीर टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले औद्योगिक पार्क निर्माणमा भएको ढिलाइ नेपालको कारणले नभई ‘वैदेशिक अवरोध’का कारण भएको दाबी गरेका छन् । कूटनीतिक संवेदनशीलताका कारण अहिलेसम्म खुला रूपमा बोल्न नसकेको उल्लेख गर्दै उनले अब बोल्न बाध्य भएको बताएका छन् । थापाले नेपालमा चिनियाँ लगानी आउँदा अन्य कुनै देशलाई आपत्ति हुनुपर्ने कारण नदेखिएको उल्लेख गरेका छन् । उनका अनुसार औद्योगिक पार्कमा सर्वसाधारणलाई आवश्यक वस्तु…

Read More