रुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने कुसुमदेवी थापाले (नेपाली कांग्रेस) ले ४१७ मत ल्याएकी छन् । सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय अन्तरसहित अग्रता बनाएका छन् भने मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

रूपन्देही–२ मा रास्वपा अगाडि

काठमाडौं । रुपन्देही–२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ । रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा एमालेका बिष्णु पौडेलले पौडेलले ८४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मत सहित तेस्रो स्थानमा छन् । रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।

Read More

रुकुमपूर्वमा मतगणना सुरु

रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी सर्वदलीय बैठकपछि सिल खोलेर गणना थालिएको हो । यस निर्वाचन क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड उम्मेदवार भएकाले यहाँको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।

Read More

यस पटक सबै समस्याको हल नहोला तर अराजकता र अस्थिरतालाई जनताले अस्वीकार गर्नेछन् : शंकर पोखरेल

दाङ । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसै पटकको निर्वाचनबाट मुलुकको सबै समस्या हल नहुने बताएका छन् । तर निर्वाचनले लोकतन्त्रलाई एउटा सही बाटो तय गर्नेमा आफू विश्वस्त रहेको बताए । विहीबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै राजनीतिक अस्थिरता मुलुकको समृद्धि र विकासको बाधक भन्ने अनुभूति जनतामा पर्नु जरुरी रहेको पनि उल्लेख गरे । उनले अगाडि भने,‘यतिबेला पपुलिज्म र एनार्किज्म नेपालको राजनीतिक निकासको चुनौतीका रुपमा देखा परेको छ । यस पटकको निर्वाचनबाट सबै…

Read More

रुपन्देहीमा रास्वपा उम्मेदवारमाथि आक्रमण, रास्वपाको घोर भत्र्सना

काठमाडौं । देशभर उत्साहका साथ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहँदा रुपन्देही क्षेत्र नं. २ मा भने राजनीतिक तनाव बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलसहितका नेता–कार्यकर्तामाथि आक्रमण भएको हो । उम्मेदवार खरेलसहितका नेता–कार्यकर्तामाथि भएको आक्रमणको पार्टीले घोर भत्र्सना गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा रुपन्देहीको होटल नमोबुद्धमा रास्वपाको निर्वाचन परिचालन समितिको बैठक बसिरहेको अवस्थामा आक्रमण भएको रास्वपाले विज्ञप्ती मार्फत बताएको छ । रास्वपा रुपन्देही जिल्ला समितिका अनुसार नेकपा (एमाले) का जिल्ला उप–सचिव बाबुराम पन्थी र युवा संघका अध्यक्ष कृष्ण कुमालसहितको टोलीले उम्मेदवार खरेल, पूर्व मेयर चित्रबहादुर कार्की…

Read More

विनोद चौधरीका पक्षमा खुले नवलपरासीका केही जेनजी युवा

नवलपरासी । नवलपरासी (पश्चिम) क्षेत्र नंम्बर १ का आम जेनजी पुस्ताका युवाहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने जनाएका छन् । विभिन्न स्थानका युवाहरुले सार्वजनिक रुपमा आफ्नो धारणा व्यक्त गर्दै चौधरीलाई पुनः निर्वाचित गराउन आग्रह गरेका हुन्। यस क्षेत्रका युवाहरले विनोद चौधरीको समर्थनमा र्याली आयोजना गरी चौधरीको पक्षमा भोट दिन सम्पूर्ण पश्चिम नवलपरासीवासीलाई अपील समेत गरेका छन्। स्थानीय युवा विद्या चौधरीले यस क्षेत्रमा युवामैत्री कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताइन्। उनका अनुसार सिजी फाउन्डेसनमार्फत सञ्चालन गरिएका विभिन्न सिपमूलक तालिमका कारण क्षेत्रका सयौं…

Read More

चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार किरण किशोर घिमिरेले आफू निर्वाचित भएपश्चात् नेपाल सरकारबाट प्राप्त हुने तलब–भत्ता निम्न वर्ग तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्। बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा–छोरीलाई शिक्षासम्म पु¥याउने आफ्नो प्रतिबद्धता दोहोर्याए। “राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो,” उनले भने, “म निर्वाचित भएमा पाउने तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लगानी गर्नेछु।” उनले शिक्षालाई सामाजिक रूपान्तरणको…

Read More

विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

रौतहट । विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ । ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र करुणाको शिक्षालाई पुनर्जीवित गर्नु हो । यो यात्रा थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सञ्चालन हुनेछ । ऐतिहासिक यात्रामा थाइल्याण्डका २२ जना भिक्षुहरूसहित लाओस्, भारत र नेपालका गरी कूल २८ जना भिक्षु…

Read More

स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन

जानकी (बाँके) । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालको अनुगमन गरेकी छन् । सोमबार अस्पतालको अनुगमन गर्दै मन्त्री गौतमले अस्पतालमा बेड संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले अस्पतालमा सेवा विस्तार आवश्यक भए पनि वर्तमान आर्थिक अवस्थाका कारण नयाँ भौतिक संरचना निर्माणमा चुनौती रहेको उल्लेख गरिन्। मन्त्री गौतमले भनिन्, ‘अस्पतालहरूमा बेड बढाउनुपर्ने कुरामा कुनै दुविधा छैन । तर अहिलेको आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिन र स्रोत व्यवस्थापन गर्न कठिनाइ छ । तथापि, यस विषयलाई म प्राथमिकतामा राख्नेछु ।’…

Read More

सपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट ‘आनन्द’

गोरखबहादुर बिष्ट ‘आनन्द’ नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाएका बिष्ट चार दशक लामो समयदेखि कांग्रेसमा आवद्ध छन् । उनले कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य रहनुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति भएर काम गरिसकेका छन्। डोटीमा जन्मिएका बिष्ट अध्ययनको सिलसिलामा कैलाली पुगेका थिए। उनीपछि अध्ययनकै लागि भारत, काठमाडौं हुँदै अमेरिका पुगे। तर, जहाँ पुगेपनि बिष्टले मातृभूमि नेपाल र जन्मभूमि सुदूरपश्चिप्रतिको ममता कहिले मारेनन्। उनले भूकम्प, कोरोना महामारी, बाढी–पहिरो जस्ता विभिन्न असहज अवस्थामा थुप्रै सहयोग गरेका छन्। जन्मभूमि डोटीमा एम्बुलेन्स प्रदान गरेका छन्। विभिन्न विद्यालयमा सहयोग गर्नुका…

Read More