बाँकेमा आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने

काठमाडौं । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ २५ देखि फागुन ४ गतेसम्म लगाइने सो खोप राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा २६ गतेदेखि मात्रै लगाउन सुरु गरिने छ । जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने भएको हो । राप्तीसोनारी गाउँपालिकामा ७२०, कोहलपुर नगरपालिकामा एक हजार ७०६, बैजनाथ गाउँपालिकामा ८८०, एक हजार १९, जानकी गाँउपालिकामा ६७२, नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ४२४, डुडुवा गाउँपालिकामा…

Read More

माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

बाँके । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ । परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो । थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको…

Read More

खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयो : अध्यक्ष वली

दाङ । राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन गरेको बताएका छन् । हालै दाङको प्रगतिनगर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले उपभोक्ता समितिहरू खारेजी तथा विघटन गरी स्थानीय तहलाई दिइएको अधिकारप्रति विरोध समेत जनाए । संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष ओली प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले…

Read More

बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिए

रौतहट । बारामा भएको मतदाता नामावली संकलनमा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन । सरकारले आउदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता संकलनको कार्य गरेको थियो । असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्य मङ्सिर ५ गते अर्थात शुक्रवारबाट सकिएको हो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीका अनुसार २४ हजार ६ सय ६४ जना नयाँ मतदातामा थपिएका छन  । जस मध्ये पुरुष ६ हजार २ सय ८ र महिला ४ हजार ७ सय ५४ जना गरि कुल १० हजार ९…

Read More

बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना

बर्दिया । देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । आगामी बैशाख देखि प्रांगारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको छ । बाँसगढी नगरपालिका वडा नं ४ मदाहा नजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधिन रहेको छ । नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरि जम्मा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको हो । २०८१ फागुन देखि निर्माण सुरु गरिएकोमा आगामी चैत महिना सम्म निर्माण सम्पन्न हुने छ । आगामी बैशाख देखि…

Read More

रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’ संचालनमा

बुटवल । विगत डेढ दशक लामो समयदेखि रुपन्देहीलाई आधार बनाएर व्यवसायीक यात्रामा रहेको मनमित ग्रुपले रुपन्देहीमा आत्याधुनिक ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याएको छ । रुपन्देहीका प्रमुख दुई व्यापारिक शहर भैरहवा र बुटवललाई केन्द्रमा पारेर आज शुक्रबारबाट ओमसतिया–२ पडसरीमा ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याईएको हो । आधुनिक प्रविधिको प्रयोग गर्दै ट्याक्टर सम्बन्धी सम्पूर्ण समस्याहरुको समाधानका लागि मर्मत सम्भारका गर्न ग्यारेज स्थापना गरिएको मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहले जानकारी दिए । ७ कट्ठा क्षेत्रफलमा फैलएको यस ग्यारेजले सेवाग्राहीका लागि व्यवस्थीत विश्राम कक्ष समेत बनाएको छ । यस ग्यारेजले रुपन्देहीसहित पाल्पा, नवलपरासी तथा कपिलवस्तुसम्म अन…

Read More

बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

बर्दिया । मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भईरहेको छ । बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले गत २० गते यता दैनिक मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको बताए । निर्वाचन आयोगले टेलिकममा ब्याकटोनबाट सन्देश प्रशासरण गरेपछि मतदाता नामावलीमा…

Read More

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, रूपन्देहीद्वारा आर्थिक वर्ष २०८२-८३ को वार्षिक कार्यक्रम सार्वजनिक

भैरहवा, १८ साउन — नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (पिआइयु), रूपन्देहीले आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमको सार्वजनिकरण गरेको छ। कार्यक्रम कार्यान्वयन एकाइ, रूपन्देहीले कृषि यान्त्रिकीकरण, प्रविधि प्रवद्र्धन, सिँचाइ सुविधा विस्तार, व्यवसायिक कृषि प्रणाली र कृषक क्षमता अभिवृद्धिमा जोड दिँदै कार्यक्रम अघि बढाउने जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापाईँले हालसम्मको कार्यान्वयनले अपेक्षित सफलता नपाएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाउनुभयो। उहाँले योजना निर्माण र कार्यान्वयनमा जनताको आवश्यकता पहिचान गर्न नसकेको उल्लेख…

Read More

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुने

काठमाडौं, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।   दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेशका पहाडी भू-भाग एक-दुई…

Read More