बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा पछिल्लो समय भौतिक संरचनाको निर्माण तिब्र हुन थालेपछि यहाँको खेतियोग्य जमिन मासिँदै गएको छ। सदरमुकामको चारैतिर नयाँ भौतिक संरचनाको निर्माण कार्य धमाधम बढेसंगै यहाँको खेतियोग्य जमिन मासिदै गएको हो । पहिले यहाँ वरपर सिंगो खेतीयोग्य जमिन खाली देखिने गरेकोमा अहिले चारैतिर भवनहरु भरिभराउ छन् । पहिले र अहिलेको सदरमुकामको अवस्थामा आकास पातलको फरक छ । खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि खेती गर्ने खेतहरु पनि बिस्तारै मासिँदै गएका हुन् । खेतीयोग्य जमिन मासिन थालेपछि कृषि खेतीमा असर परेको हो। उत्पादन राम्रो हुने खेतीयोग्य जमिनमा…
Read MoreCategory: सुदुरपश्चिम
बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह
बाजुरा । बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् । अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्। उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए । उनका…
Read Moreबाजुरामा देउडा परम्परा : संस्कृति, पहिचान र समृद्धिको जीवित धरोहर
बाजुरा । बाजुरामा देउडा गीत, नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्थानीय पहिचान र सांस्कृतिक अस्तित्वको जिवन्त अभिव्यक्ति बनेर जगेर्ना हुँदै आएको छ । स्थानीय भाषा समुदायमा सृजना भएका देउडा गीतले समयक्रममा अत्यधिक लोकप्रियता कमाउँदै यस क्षेत्रभन्दा बाहिर समेत गहिरो प्रभाव छाडेको छ । दशैँ, तिहार, भुवापर्व, गौरा पर्व, मेला, पुतला, रत्यौलीदेखि विवाह उत्सवसम्म लगभग सबै सांस्कृतिक तथा धार्मिक अवसरमा देउडा प्रस्तुति अनिवार्यझैँ मानिन्छ । एकल रूपमा गाइने देउडा अहिले समूहमा ‘डेढ कदम’ मेलाउँदै गोलो घेरामा प्रस्तुत गरिने अनोठो शैलीका कारण अझ प्रभावकारी बन्दै गएको छ । देउडा शब्दको उत्पत्तिबारे…
Read Moreपहिरो नियन्त्रण र विद्यालयको लागी बजेट व्यवस्थापन हुन्छः मुख्यमन्त्री शाह
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै पहिरो नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहने आश्वासन दिएका छन् । भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री शाहले आज पहिरोको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन् । साथै पहिरो नजिकै उच्च जोखममा रहेको लक्ष्मी माध्यामिक विद्यालयको लागी बजेट व्यवस्थापन गरिने बताएका हुन् । पहिरोबाट प्रभावित स्थानीयवासीलाई राहत र सुरक्षित व्यवस्थापनको आश्वासन समेत दिएका छन् । जिल्लीको पहिरोमा पुगेर मुख्यमन्त्री शाहले भने, ‘अर्को बर्ष तपाईंहरू दुःख पाउनुहुन्न,पहिरो नियन्त्रण र विद्यालयमा बजेटको व्यवस्थापन हुन्छ ।’ उनले…
Read Moreएमाले बाजुराको जनप्रदर्शन कार्यक्रम सम्पन्न,जनसचेतना र दबाव सृजना गर्नुपर्नेमा नेताहरुको जोड
बाजुरा । नेकपा एमाले बाजुराले राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद् पुनस्र्थापनाका माग सहित प्रर्दशन गरेको छ। शनिबार सदरमुकाम मातडीमा जनप्रदर्शन कार्यक्रम सम्पन्न भव्य रुपमा सम्पन्न भएको हो । ‘निण¥यक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा सहित सञ्चालन गरिएको कार्यक्रममा देशलाई संविधान र लोकतान्त्रिक मार्गमा फर्काउन आवश्यक जनसचेतना र दबाब सृजना गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए। राष्ट्रिय एकताको संरक्षण, संविधानको पूर्ण पालना र सर्वोच्चता, प्रतिनिधि सभा पुनस्र्थापनाको गर्नुपर्ने भन्दै एमालेले देशैभरी जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको हो।कार्यक्रममा स्थानीय नेता, कार्यकर्तादेखि जिल्लाभरका जनसमुदायको सहभागिता रहेको थियो।…
Read Moreबाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरुलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो । करिब २७ करोड लागतमा बृहत कोल्टी खानेपानी योजना निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताए । उनका अनुसार, नगरपालिकाको समन्वयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित रकमबाट खानेपानी निर्माण गरिने बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना डढेल्धुरा र प्रतिक्षा निर्माण व्यवसायीबीच निर्माण कार्यको सम्झौता भई खानेपानी निर्माणका लागी शिलान्यास समेत गरिएको छ । पहिलो…
Read Moreबाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो । यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर काठमाडौं, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढेपनि उत्पादन भने घट्दै गएको छ । पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिसहरु आयातित बस्तुहरुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो । मानिसहरु विलासि जीवन जिउँने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो…
Read Moreबाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते
बाजुरा । बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् । रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ । त्यस्तै…
Read Moreभुक्तानी अबराेध र अनुदान कटौतीले कञ्चनपुरका उखु किसान मारमा
काठमाडौं, १८ साउन । उखु अनुदानमा दिँदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसानले आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले चालू आर्थिक वर्षदेखि अनुदान कटौती गरे पछि उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले अहिले प्रतिक्विन्टल ७० रुपैयाँ पनि कटौती गरेको उनीहरूको आरोप छ । गत आर्थिक वर्ष ०८१/८२ मा एक अर्ब ६० करोड रुपैयाँसमेत भुक्तानी नगरेको र ०८२/८३ को बजेटमार्फत अनुदानै कटौती गरिएको समेत जनाइएको छ । आर्थिक वर्ष ०७१/७२ मा नेपाल सरकार, चिनी उद्योग र किसानबिच उखुको मूल्य निर्धारण…
Read Moreआजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुने
काठमाडौं, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेशका पहाडी भू-भाग एक-दुई…
Read More