काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गरेका छन् । टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै ओलीले क्रिकेट एउटा खेल मात्रै नभैइ, नेपालको लागि प्रगतिको पहिचान र स्वाभिमान पनि भएको बताएका छन् । उनले भनेका छन्, ‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया,…
Read MoreCategory: क्रिकेट
प्रचण्डद्वारा इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना व्यक्त गरेका छन् । प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सम्पूर्ण नेपालीलाई गर्व अनुभूति गराएको उल्लेख गरे । उनले हरेक बल, हरेक रन र हरेक विकेटमा सम्पूर्ण नेपाल नेपाली टिमसँगै रहेको भन्दै खेलमा विजयको लागि हार्दिक…
Read Moreविश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् । नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र…
Read Moreआईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ । विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।…
Read Moreआईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट आइतबार देखि सुरु हुँदै छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको पहिलो खेलमा नेपालले विश्व विजेता इंग्ल्यान्डसँग भिड्ने छ। यो खेल नेपालको लागि मात्र प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो। नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ। सबै खेलहरू मुम्बईको वानखडे रंगशालामा हुनेछन् । नेपाली क्रिकेटप्रेमीहरूको आँखामा यो क्षण लामो समयदेखि प्रतिक्षा गरिएको छ। नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेलेको थियो। त्यसपछि दस वर्षसम्म अवसरको प्रतीक्षामा रह्यो। तर २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र…
Read Moreटी-२० विश्वकप वार्म-अपमा नेपालद्धारा यूएई ७ विकेटले पराजित
चेन्नई । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को वार्म-अप खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ। नेपालले १४६ रनको लक्ष्य १८ बल बाँकी राखेर पूरा गर्दै शानदार जित दर्ता गर्यो। पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका प्रमुख ब्याट्सम्यानहरू यस प्रकार रहेका थिए: आर्यांश शर्मा २५ (१७ बल, ३ चौका, १ छक्का) सोहाइब खान अविजित ३८ (२७ बल, ३ चौका, १ छक्का) हर्षित कौशिक ३५ (२४ बल, ३ चौका, २ छक्का) नेपालका बलरमध्ये सन्दीप लामिछाने ४ ओभरमा…
Read Moreटी-२० विश्वकप वार्म-अपमा यूएईद्धारा नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत
चेन्नई । आईसीसी पुरुष टी-२० विश्वकप वार्म-अप खेल अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। चेन्नईको एम.ए. चिदम्बरम स्टेडियममा जारी डे/नाइट अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो। यूएईका लागि सोहाइब खानले अविजित ३८ रनको योगदान दिए भने हर्षित कौशिकले २४ बलमा ३५ रन जोड्दै आक्रामक ब्याटिङ गरे। आर्यांश शर्माले २५ रन बनाए पनि ठूलो इनिङ खेल्न सकेनन्। नेपालका बलरमध्ये करण केसी र सन्दीप लामिछाने प्रभावशाली देखिए। करण केसीले…
Read Moreटि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक (फोटो फिचर)
टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक भएको छ । सोमबार एक विशेष समारोहको बीच ट्रफी सार्वजनिक गरिएको हो । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुरको लागि आज नेपाल आइपुगेको हो ।
Read Moreटि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौं । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ । ११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन्…
Read Moreअफगानिस्तान प्रिमियर लिग पुनः सञ्चालन हुने, सन् २०२६ अक्टोबरमा पहिलो संस्करणको तयारी
काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्ड (ACB) ले नयाँ फ्रेन्चाइज–आधारित टी–२० प्रतियोगिता अफगानिस्तान प्रिमियर लिग (APL) को घोषणा गरेको छ। पाँच टोली सहभागी हुने प्रतियोगिता सन् २०२६ को अक्टोबरतिर संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गर्ने योजना बनाइएको ACB ले जनाएको छ। ACB ले यसअघि पनि सन् २०१८ मा अफगानिस्तान प्रिमियर लिग सुरु गरेको थियो। त्यस संस्करणमा पाँच टोली सहभागी थिए भने क्रिस गेल, ब्रेन्डन म्याकुलम, शाहिद अफ्रिदीजस्ता विश्व चर्चित खेलाडीहरूले सहभागिता जनाएका थिए। तर भुक्तानीसम्बन्धी समस्या र लिगको विश्वसनीयतामाथि प्रश्न उठेपछि उक्त प्रतियोगिता एकै सिजनमै बन्द भएको थियो। नयाँ स्वरूपमा पुनः…
Read More