अन्डर–१९ एसिया कप फाइनलमा पाकिस्तानको दबदबा, भारत १९१ रनले पराजित

काठमाडौं। दुबईमा सम्पन्न अन्डर–१९ एसिया कप फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई एकतर्फी रूपमा पराजित गर्दै उपाधि जितेको छ। ओपनर समीर मिन्हासको ऐतिहासिक शतकको मद्दतमा पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत २६.२ ओभरमै १५६ रनमा समेटियो र पाकिस्तानले १९१ रनको फराकिलो जित दर्ता गर्‍यो। पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि समीर मिन्हासले ११३ बलमा १७२ रनको विस्फोटक इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १७ चौका र ९ छक्का प्रहार गर्दै १५२.२१ को स्ट्राइक रेट कायम गरे। यो स्कोर पाकिस्तानका लागि यूथ एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन मात्र होइन, अन्डर–१९ फाइनलमा…

Read More

कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा

काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स रहेका छन् । पत्रकार सम्मेलनमा आयोजकले टोली मालिकहरूको पनि परिचय गराएको छ । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अनुराग प्रमानिक…

Read More

घरेलु अनुभव बोकेका पाँच खेलाडीसहित न्युजिल्यान्डको यू–१९ विश्वकप टोली घोषणा, टम जोन्स कप्तान

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२६ का लागि न्युजिल्यान्डले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी टम जोन्सलाई सुम्पिएको छ, जो दोस्रो पटक यू–१९ विश्वकप खेल्न लागेका हुन्। कप्तान जोन्सले हालै ओटागोबाट आफ्नो फर्स्ट क्लास डेब्युमा शतक प्रहार गर्दै चर्चा कमाएका थिए। उनीसहित घरेलु क्रिकेटको अनुभव भएका पाँच खेलाडी न्युजिल्यान्ड यू–१९ टोलीमा समावेश छन्। घरेलु क्रिकेट खेलेका अन्य खेलाडीमा नर्दन डिस्ट्रिक्ट्सका ब्याटर स्नेहित रेड्डी र विकेटकिपर आर्यन मान, ओटागोका तीव्र गतिका बलर मेसन क्लार्क तथा अकल्याण्डका बलिङ अलराउन्डर जस्करण सन्धु रहेका छन्। रेड्डी र क्लार्क यसअघि सम्पन्न…

Read More

सूर्यकुमार यादवको कप्तानीमा भारतको टी२० विश्वकप टोली घोषणा, शुभमन गिल बाहिर

काठमाडौं । फेब्रुअरी ७ तारिखदेखि सुरु हुने आईसीसी टी२० विश्वकप २०२६ का लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले टिम इन्डियाको घोषणा गरेको छ। चयनकर्ताले सूर्यकुमार यादवलाई टोलीको कप्तानको जिम्मेवारी सुम्पेका छन् भने उपकप्तानको भूमिकामा अक्षर पटेल रहनेछन्। घोषित टोलीमा सबैभन्दा चासोको विषय शुभमन गिलको अनुपस्थिति बनेको छ। यसअघि उपकप्तान रहेका गिललाई यसपटक न उपकप्तानको जिम्मेवारी दिइएको छ, न त टोलीमै स्थान मिलेको छ। उनको स्थानमा अक्षर पटेललाई उपकप्तान बनाइएको हो। टी२० विश्वकप २०२६ का लागि घोषित टोलीमा ईशान किशन र रिंकू सिंहको पुनरागमन भएको छ। पछिल्लो समय निरन्तर राम्रो…

Read More

केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

काठमाडौं । विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । “म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। । साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन्…

Read More

एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट’ घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आईटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । बुटवलका २१ वर्षीय स्पीनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका हुन् । उनले…

Read More

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा

काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।

Read More

लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि फाइनलमा निराश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा आक्रामक ब्याटिङ गर्दै आउट भए । डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए । निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित…

Read More

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए । बलिङमा…

Read More

एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ । ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

Read More