काठमाडौं । कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् । मंगलबार भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए । उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’ उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमा दुइसय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका…
Read MoreCategory: क्रिकेट
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो ।
Read Moreदोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य…
Read Moreनेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा
काठमाडौँ।भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यस जितसँगै नेपालले चार खेलबाट ६ अंक हासिल गरेको छ। नेपालले यसअघि अष्ट्रेलिया र श्रीलङ्कालाई पराजित गरिसकेको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएको थियो। अमेरिकाले दिएको १८ रनको सामान्य लक्ष्य नेपालले चार बलमै पूरा गर्यो। नेपालका लागि दिलसरा धमलाले अविजित १२ रनको योगदान दिँदै टोलीलाई सहज जित दिलाइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९.४ ओभरमा सबै विकेट गुमाउँदै १७ रन…
Read Moreगृहमन्त्री अर्यालद्वारा एनपीएल-२ का सुरक्षा तयारीबारे ब्रिफिङ
काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थासम्बन्धी अन्तिम तयारीबारे विस्तृत ब्रिफिङ लिएका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेल र काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग भेट गर्दै गृहमन्त्री अर्यालले लिग अवधिभर सुरक्षा व्यवस्था चुस्त–दुरुस्त राख्न आवश्यक निर्देशन दिए। गृहमन्त्रीको सचिवालयका अनुसार यसपालि पहिलो पटक रात्रिकालीन खेल हुने भएकाले सुरक्षा पक्षमा अझ उच्च सतर्कता अपनाउन मन्त्री अर्यालले सुरक्षा निकायलाई निर्देशन दिएका छन्। “रात्रिकालीन खेलका कारण सुरक्षा व्यवस्था झनै मजबुत हुन जरुरी छ। कुनै पनि अवाञ्छित घटना हुन नदिन आवश्यक सबै तयारी पूरा…
Read Moreकर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे
काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीमा अनुबन्ध भएका स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन् । शनिबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे लगायत प्रतिनिधिहरुले स्वागत गरेका थिए । यसअघि शुक्रबार राति अफगानिस्तान पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए । भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन् । अब, अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आवद्ध हुन बाँकी छन् । २९ वर्षीय वाटले पहिलो पटक एनपिएल खेल्न लागेका हुन् । उनले स्कटल्यान्डको लागि टी–२० आईमा…
Read Moreएनपीएललाई व्यवस्थित गर्न लागेका छौं, आर्थिक मुल्यांकन पछि गरौंला : पारस खड्का
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई आर्थिक हिसाबले भन्दापनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन् । शनिबार नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठुलो आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाइ व्यवस्थित गर्नमा जोड दिनुपर्ने धारणा राखेका हुन् । खड्काले आठ वटा टिमहरुको लगानी अनुसार आर्थिक संरचना बनिसकेकाले अब खेललाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘आर्थिक संरचनालाई पूर्णता दिनेक्रममा आठवटा टीमहरुको लगानी छ । गतसाल पनि क्यानले सय करोड, एक अर्वको ट्रान्जेक्सन भएको अनुमान…
Read Moreनेपाली महिला क्रिकेटकी उपकप्तान पूजा महतो ‘फेस अफ जनकपुर बोल्ट्स’ नियुक्त
काठमाडौँ, कात्तिक २४ गते – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा नियुक्त गरेको छ। जनकपुर बोल्ट्सले दोस्रो पटक निरन्तरता दिँदै पूजालाई आफ्नो टोलीको प्रतिनिधि अनुहारका रूपमा चयन गरेको हो। नियुक्ति कार्यक्रममा पूजाले जनकपुर बोल्ट्सप्रति धन्यवाद व्यक्त गर्दै टोलीलाई आगामी सिजनमा पुनः च्याम्पियन बन्न शुभकामना व्यक्त गरिन्। कार्यक्रमका क्रममा जनकपुर बोल्ट्सले एनपीएलका लागि नयाँ जर्सी पनि सार्वजनिक गर्यो। जर्सीको अनावरण नेपाली महिला टोलीकी उपकप्तान पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल ल्युब…
Read Moreआइसिसी टी–२० विश्वकप छनोट तयारीका लागि नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा
काठमाडौँ, कात्तिक २४ गते – आइसिसी महिला टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले नोभेम्बर १३ देखि १९ तारिखसम्म भारतमा ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ। नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट संघ तथा १५ र १९ मा बंगालसँग खेल्नेछ। यी सबै खेलहरू उत्तराखण्डको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुने बताइएको छ। क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कप्तान…
Read Moreअन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियालाई हरायो
काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना…
Read More